Mohana Montessori Academy Ma.vi

Mohana Montessori Academy Ma.vi

Share

साविक मालाखेती गाउँ विकास समिति वडा नं २, मालाखेती बजारमा वि सं २०४६ सरस्वती पूजाका दिन स्थापित स्कूल

07/08/2026

Friday Programme of junier wings

02/08/2026

शहरका ठूला होटल मा लिइएको तालिम विद्यालय को कक्षा कोठा सम्म पुगोस्। तालिम प्राप्त शिक्षक वाट स्कूलले सकारात्मक परिवर्तन को आभाष प्राप्त गर्नेछ भन्नेमा विश्वस्त छौ।

01/08/2026
01/08/2026

SQC मा आवद्द विद्यार्थी हरुलाइ अत्यन्त जरुरी ………………………. सूचना…………………………

मिति २०८३ साउन १७ गते विहान ७:३० बजे SQC को अभिमुखिकरण कार्यक्रम (orentation programme) विद्यालय परिसरमा संचालन हुने हुदा आवद्द सम्पूर्ण विद्यार्थीहरुलाइ अनिवार्य उपस्थित हुन सूचित गरिन्छ ॥
प्रधानाध्यापक

30/07/2026

अभिभावकको समस्या लाइ मध्यनजर गरि रिजल्ट को दिन विहान ८ बजे बान्द्रेखाल देखि रेगुलेटर,गौडी हुदै पटकानी,घाटगद्दी हुदै स्कूल सम्म बस आउने छ।

17/07/2026

आज बिन्दु भण्डारी मिस लाइ बिदाइ गर्न उभिँदा मनमा दुईवटा कुरा आएका थिए। एउटा–मिस जान लाग्नुभएकोमा दुःख लागेको थियो भने अर्को–अब डान्स पिरियड मा शान्ती मिस एक्लै हुनुहुने भयो!

मिस हाम्रो विद्यालयमा झन्डै तीन महिना बस्नुभयो। समय त छोटो थियो, तर उपस्थितिले भने लामो छाप छोडिदियो। कतिपय सम्बन्ध वर्षौँमा बन्दैनन्, तर कतिपय तीन महिनामै परिवारजस्तै बनिदिन्छन्। मिस त्यसैको उदाहरण हुनुहुन्छ।

हामी शिक्षकहरूको एउटा बानी हुन्छ—कक्षामा विद्यार्थीलाई धेरै होमवर्क दिन्छौँ, तर आफैँलाई भने कहिल्यै “बिदाइको अभ्यास” दिँदैनौँ। त्यसैले आज अलि भावुक पनि छौँ र अलि हाँस्ने बहाना पनि खोजिरहेका छौँ।

मिस ,निकै शान्त स्वभावकी हुनुहुन्थ्यो। स्टाफरुममा कहिल्यै कसैसँग ठूलो आवाजमा बहस गर्नुभएन। त्यसैले हामीलाई कहिलेकाहीँ लाग्थ्यो—“मिस ले मनमनै सबैलाई नम्बर दिइरहनुभएको त होइन?” यदि त्यसो हो भने, कृपया हामीलाई पास गरिदिनुहोला!

तीन महिनामा तपाईंले विद्यार्थीहरूको माया जित्नुभयो, सहकर्मीहरूको सम्मान जित्नुभयो, अनि विद्यालयको वातावरणमा आफ्नो मिठो छाप छोड्नुभयो। अब तपाईं जानुहुँदा विद्यालयको घण्टी उस्तै बज्ला, कक्षा उस्तै चल्ला, नाच पनि उस्तै नाचिएला तर स्टाफरुममा “केही न केही त छुटेजस्तो” भने अवश्य लाग्नेछ।

एउटा सानो अनुरोध छ—हामीलाई बिर्सिन पाइँदैन। फेसबुकमा नयाँ फोटो मात्र हालेर पुराना सहकर्मीहरूलाई “Seen” मा नछोड्नुहोला। बेलाबेला सम्झेर एउटा “नमस्ते” पठाइदिनुभयो भने हामीलाई पनि लाग्नेछ—“ल,मिस ले अझै सम्झिनुभएको रहेछ।”

अन्त्यमा, तपाईंको आगामी यात्रा अझ सफल, सुखद र उपलब्धिमूलक बनोस्। जहाँ जानुहुन्छ, त्यहाँ पनि तपाईंको सरलता, मेहनत र मुस्कानले सबैको मन जितोस्। हाम्रो विद्यालयको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दै, बिदाइभन्दा पनि फेरि कुनै दिन भेट हुने आशासहित शुभकामना टक्र्याउछौं॥

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Malakheti
Kailali

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00