श्री शुक्र माध्यमिक विद्यालय चुरे -५ , खानीडाँडा कैलाली

श्री शुक्र माध्यमिक विद्यालय चुरे -५ , खानीडाँडा कैलाली

Share

This is a page of Shree shukra secondary government school of Nepal. Which is located at khanidand

05/08/2026

यस विद्यालयको अत्यन्तै सुशील ,असाध्यै परिश्रमी होनहार पूर्व विद्यार्थी श्री अविरल जाग्री जीद्वारा लिखित कृति प्रकाशन हुने भएकोले सबैमा जानकारी गरिन्छ । यससँग सम्बन्धित कोसेलीको बारेमा अपडेट गरि नै रहनेछ ।

05/08/2026

विद्यालयमा अत्यन्त जरुरी काम भए 9865926273 र 9814635178 का फोनमार्फत कार्य सम्पादन गर्नु गराउनु हुन अनुरोध छ ।

02/08/2026

भावपूर्ण हार्दिक श्रद्धाञ्जली

Photos from श्री शुक्र माध्यमिक विद्यालय चुरे -५ , खानीडाँडा कैलाली's post 29/07/2026
Photos from श्री शुक्र माध्यमिक विद्यालय चुरे -५ , खानीडाँडा कैलाली's post 15/07/2026

आज मिति २०८३ असार ३१ गतेका दिन वि.व्य.स./ शि.अ.स. पदाधिकारीज्यूहरु,अभिभावक , सहकर्मी शिक्षक/ कर्मचारीहरु अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा श्री भैरव मा. वि. अलाडबाट माध्यमिक तहका शिक्षक श्री गोपाल दत्त भट्टज्यू र श्री सिद्ध आधारभूत विद्यालय गोगनपानीबाट प्राथमिक तहका श्री रामदत्त पन्तज्यू दरवन्दीसहित सरुवा भइ आउनु भएकोमा र यस वर्ष २०८३मा कक्षा ११ मा भर्ना हुनु भएका आगन्तुक विद्यार्थीहरुलाई संयुक्तरुपमा विद्यालयकोतर्फबाट हार्दिक स्वागत र सम्मान गरियो साथै सबैबाट विद्यालयको समग्र उन्नयनको अपेक्षासमेत गरिन्छ ।

Photos from श्री शुक्र माध्यमिक विद्यालय चुरे -५ , खानीडाँडा कैलाली's post 15/07/2026

मिति २०८३ असार ३० गतेका दिन एउटा विशेष समय जुराएर यस विद्यालयको निवर्तमान वि. व्य . स. अध्यक्ष श्री बालकृष्ण सापकोटा ज्यू र बजार व्यवस्थापन समिति सचिव श्री लाल लामिछानेद्वारा यस विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारी र विद्यार्थीहरुलाई स्थानीय क्षेत्रमै फलेका आँप खुलाउनु भएको र गत वर्ष १ कक्षादेखि ९ कक्षासम्ममा सर्वोत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थीहरुलाई झोला प्रदान गर्नु भएकोले यहाँहरुलाई विद्यालय परिवारको तर्फबाट हार्दिक सम्मानका साथ यस्ता मनकारी कार्यको अपेक्षा गर्दै धेरै धेरै धन्यवाद प्रदान गरिन्छ ।

08/07/2026
Photos from श्री शुक्र माध्यमिक विद्यालय चुरे -५ , खानीडाँडा कैलाली's post 07/07/2026

सर्व प्रथम २०८३ साल बैशाख महिनामा सञ्चालित कक्षा १२ ( SLC) परीक्षामा मेजर अंग्रेज़ी विषय लिएर ३.५६ GPA ल्याउनु भएको रोशन लामिछानेलाई विद्यालयको तर्फबाट उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक बधाई छ र प्रारम्भिक जानकारी अनुसार तपसिलका विद्यार्थी भाइबहिनीहरु २०८३ साल असार १ गतेबाट सञ्चालित SEE को ग्रेड सुधार परीक्षाबाट ग्रेड सुधार गरि माथिल्लो कक्षामा प्रवेश गर्न पाउनु भएकोमा विद्यालयको तर्फबाट हार्दिक बधाई र उज्ज्वल भविस्यको कामना छ र सुधार गर्न नसक्नु भएकाले अझै मिहिनेत गर्नु हुन आग्रह गरिन्छ । तपसिल ( ग्रेड सुधार गर्नु भएका ) (१)भावना धामी (२) बिमला बोहरा (३) बिनिता धामी(४) देबु थापा (५) दीक्षा खडायत (६) दुर्गा बोहरा (७) दिनेश धामी (८) दिपिका धामी (९)ईस्वरा जाग्री (१०)जानकी बोहरा (११) मनिषा रानामगर (१२) मुकेश मडै (१३) पबित्रा धामी (१४) पुष्कर बोहरा (१५)रोशन महरा (१६) पदम सारुमगर

Photos from श्री शुक्र माध्यमिक विद्यालय चुरे -५ , खानीडाँडा कैलाली's post 15/06/2026

चुरे गा.पा. घरखेडामा भएको पालिका अध्यक्ष कप भलिबल प्रतियोगितामा सहभागी सबै वडाका सम्पूर्ण खेलाडी र यो प्रतियोगिता सञ्चालन गरि सभ्य र भव्य रुपमा समापन गराउने आयोजकप्रति हार्दिक बधाईका साथ धन्यवाद दिन चाहन्छु । हाम्रो वडा ५ बाट समावेश भएका दुबै टिमका हाम्रो विद्यालयका निवर्तमान र वर्तमानमा अध्ययन गर्ने सम्पूर्ण खेलाडीहरुले आफ्नो उच्च प्रतिभा देखाई खेल खेलेको र महिला टिम पालिकाको सर्वोत्कृष्ट भइ प्रथम स्थान हासिल गरेकोले खेलाडी नानीहरुलाई र विद्यालयमा असल खेलाडी उत्पादन गराउन मद्दत गर्ने सम्पूर्णजन,वडा र वडाबासी तथा सहयोगी मनप्रति हार्दिक कृतज्ञताका साथ सबैलाई बधाई र उच्च सफलताको कामना व्यक्त गर्दछु । शुक मा.वि .प्र.अ.

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


खानिडाँडा , कैलाली
Kailali