29/06/2026
आज असार १५ (२३औँ राष्ट्रिय धान दिवस) को अवसरमा श्री महिला साना किसान कृषि सहकारी संस्था लि., खैरहनी–१०, कठार, चितवन तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (धान जोन), चितवनद्वारा आयोजित रोपाइँ महोत्सव तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रममा नेपाल नमुना माध्यमिक विद्यालय, रत्ननगरका बाली विज्ञान संकायका विद्यार्थीहरूको सहभागिता गराइयो।
“जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले सफल कृषकहरूको अनुभव, आधुनिक कृषि प्रविधि तथा धान खेतीका नवीन अभ्यासबारे प्रत्यक्ष जानकारी हासिल गर्ने अवसर प्राप्त गरे।