Green Society Public School

Green Society Public School GSPS is forward-thinking educational institution that provides holistic, child-centered learning from PG to Grade 10. Established in 2066 B.S.

The school believes in nurturing academic excellence, creativity, critical thinking, and environmental responsibility. Green Society Public School is a forward-thinking educational institution offering holistic, child-centered learning from Play Group to Grade 10. in the heart of Sauraha, Chitwan, the school is committed to nurturing academic excellence, creativity, critical thinking, and environm

ental responsibility. With a caring environment and innovative teaching practices, the school ensures every child feels valued and empowered to reach their full potential. Programs like Book-Free Fridays introduce dynamic learning experiences beyond textbooks, including Students’ Quality Circle (SQC) sessions, shadow making, clay modeling, meditation, and mindfulness activities. The school places strong emphasis on the arts, providing enriching experiences in music, dance, and creative expression. Dedicated mentors and special guests frequently guide and inspire students. Green Society Public School is equally devoted to environmental education. From bird-watching events to field visits to Beeshazar Taal, students gain hands-on exposure to biodiversity and ecological conservation. At Green Society, education goes beyond academics — it’s about preparing responsible, aware, and innovative citizens for the future.

📚 SATURDAY MOCK TEST | PREPARATION MEETS PERFORMANCE 📝 | Classes 8, 9 and 10Our students are actively participating in t...
05/09/2026

📚 SATURDAY MOCK TEST | PREPARATION MEETS PERFORMANCE 📝 | Classes 8, 9 and 10

Our students are actively participating in the Saturday Mock Test, embracing every opportunity to challenge themselves, assess their learning and improve their performance.

आज अतिरिक्त कक्षा पश्चात् कक्षा ८, ९, १० तथा डे-होस्टलका विद्यार्थीहरूका लागि Departure Assemblyमा स्कूलको प्रधानाध्यापक...
04/09/2026

आज अतिरिक्त कक्षा पश्चात् कक्षा ८, ९, १० तथा डे-होस्टलका विद्यार्थीहरूका लागि Departure Assemblyमा स्कूलको प्रधानाध्यापक श्री गोपीलाल श्रेष्ठ सरले विद्यार्थीहरूलाई आगामी परीक्षाको महत्त्व, व्यक्तिगत सरसफाइ, अनुशासन र निरन्तर मेहनतका विषयमा महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्नुभयो।
परीक्षा नजिकिँदै गर्दा एकाग्र भएर अध्ययनमा लाग्न र आफ्नो स्वास्थ्यप्रति पनि विशेष सचेत रहन जोड दिनुभयो।

हिजो कक्षा नर्सरी, एलकेजी र युकेजीका साना-साना विद्यार्थीहरूलाई कृष्ण मन्दिरको धार्मिक तथा शैक्षिक भ्रमण गराइयो।प्रारम्भ...
04/09/2026

हिजो कक्षा नर्सरी, एलकेजी र युकेजीका साना-साना विद्यार्थीहरूलाई कृष्ण मन्दिरको धार्मिक तथा शैक्षिक भ्रमण गराइयो।
प्रारम्भिक बाल विकास संयोजक बिन्दु चौधरीज्यूको नेतृत्वमा सम्पन्न यस भ्रमणमा सम्पूर्ण विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो। भ्रमणको मुख्य आकर्षणका रूपमा हाम्रा प्यारा बालबालिकाहरू राधा र कृष्णको आकर्षक भेषभूषामा सजिएर मन्दिर पुगेका थिए।
भ्रमणका क्रममा बालबालिकाहरूलाई मन्दिर दर्शन गराउनुका साथै हाम्रो धर्म, संस्कृति र कृष्णजन्माष्टमी पर्वको महत्त्वबारे व्यवहारिक जानकारी दिइएको थियो। बालबालिकाहरूलाई किताबी ज्ञानका साथै सांस्कृतिक मूल्य-मान्यतासँग जोड्न यस कार्यक्रमले विशेष भूमिका खेलेको छ।
कार्यक्रमलाई भव्य र अनुशासित रूपमा सम्पन्न गराउन नेतृत्व गर्नुहुने संयोजक बिन्दु चौधरीज्यू, सम्पूर्ण शिक्षक-शिक्षिका तथा सहकार्य गर्नुहुने आदरणीय अभिभावकज्यूहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

हिजो हाम्रा नानीबाबुहरू राधा–कृष्णको मनमोहक वेशभूषामा सजिँदै, विभिन्न सिर्जनात्मक तथा कक्षागत गतिविधि गरेका थिए। सहजीकरण...
04/09/2026

हिजो हाम्रा नानीबाबुहरू राधा–कृष्णको मनमोहक वेशभूषामा सजिँदै, विभिन्न सिर्जनात्मक तथा कक्षागत गतिविधि गरेका थिए।
सहजीकरण: प्रारम्भिक बाल विकास शिक्षकहरू
केहि फोटोहरुः

श्रीकृष्णको दिव्य कृपाले हरेक हृदयमा प्रेम, शान्ति र आनन्द छाओस्।पावन पर्व श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामन...
04/09/2026

श्रीकृष्णको दिव्य कृपाले हरेक हृदयमा प्रेम, शान्ति र आनन्द छाओस्।
पावन पर्व श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!

Let’s Read, Reflect, and Celebrate the School Story in One Digital Newsletter.
03/09/2026

Let’s Read, Reflect, and Celebrate the School Story in One Digital Newsletter.

We wish our inspiring teacher - Ms. Anita Rijal, a very Happy Birthday! Wishing you continued success, good health and m...
03/09/2026

We wish our inspiring teacher - Ms. Anita Rijal, a very Happy Birthday!
Wishing you continued success, good health and many more years of inspiring young minds.

We wish our inspiring IT teacher - Ms. Ritu Bhattarai, a very Happy Birthday! Wishing you continued success, good health...
02/09/2026

We wish our inspiring IT teacher - Ms. Ritu Bhattarai, a very Happy Birthday!
Wishing you continued success, good health and many more years of inspiring young minds.

‘Learning by Doing’ विषयक दुई दिवसीय ECD कार्यशाला सम्पन्नमिति २०८३ भदौ १३ र १४ गते ग्रीन सोसाइटी पब्लिक स्कुल, रत्ननगर–...
01/09/2026

‘Learning by Doing’ विषयक दुई दिवसीय ECD कार्यशाला सम्पन्न

मिति २०८३ भदौ १३ र १४ गते ग्रीन सोसाइटी पब्लिक स्कुल, रत्ननगर–७ सौराहा , चितवन र नवलपुर, गैँडाकोटस्थित स्मल हार्ट एकेडेमीको संयुक्त आयोजनामा “Two-Day Workshop on ‘Learning by Doing: Practical-Based Approaches for Early Childhood Development ’” विषयक दुई दिवसीय कार्यशाला सम्पन्न भएको छ।
कार्यशालामा दुवै विद्यालयका गरी २० जना ECD शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। प्रारम्भिक बालविकास तथा शिक्षण–सिकाइ प्रक्रियालाई थप व्यावहारिक, सिर्जनात्मक र बालकेन्द्रित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यशालामा सहभागी शिक्षकहरूले थिममा आधारित प्रयोगात्मक कक्षा सञ्चालन, चित्रद्वारा कथा भन्ने (Story Telling Through Pictures) तथा विभिन्न शैक्षिक सामग्री निर्माण लगायतका गतिविधिहरू प्रयोगात्मक रूपमा सिकेका थिए।
कार्यशालाको सहजीकरण काठमाडौंकी प्रशिक्षक सारिका श्रेष्ठज्यूले गर्नुभएको थियो। प्रशिक्षणका क्रममा सहभागी शिक्षकहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी ‘Learning by Doing’ अर्थात् गर्दै सिक्ने र सिकाउँदै सिक्ने विधि मार्फत विभिन्न गतिविधिमा प्रत्यक्ष रूपमा संलग्न गराइएको थियो।
कार्यशालाको समापन समारोहमा ग्रीन सोसाइटी पब्लिक स्कुलका प्राचार्य श्री गोपीलाल श्रेष्ठ र प्रशिक्षक सारिका श्रेष्ठले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै प्राचार्य गोपीलाल श्रेष्ठले यस्ता व्यावहारिक तथा सीपमूलक प्रशिक्षण कार्यक्रमले शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि गर्नुका साथै कक्षाकोठाको सिकाइलाई अझ प्रभावकारी, सिर्जनात्मक र बालमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई नियमित कक्षाकोठाको अभ्यासमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, स्मल हार्ट एकेडेमीका प्राचार्य श्री निर्मल पाण्डेले प्रशिक्षणबाट सिकेका ज्ञान, सीप र प्रविधिलाई कक्षाकोठामा व्यवहारतः प्रयोग गर्न सके मात्र यस्ता कार्यक्रमको वास्तविक उपलब्धि हासिल हुने बताउनुभयो। उहाँले शिक्षकको निरन्तर सिकाइ र अभ्यासले बालबालिकाको सिकाइ अनुभवलाई अझ समृद्ध बनाउने धारणा व्यक्त गर्नुभयो।
समापन कार्यक्रममा Lumbini ICT Campus का प्रमुख श्री प्रताप कोइरालाको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा प्रशिक्षक सारिका श्रेष्ठलाई प्राचार्य गोपीलाल श्रेष्ठले खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो।

यस विद्यालयको कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूले 'DNA Model' तथा 'Infrared Thermometer' निर्माण गरी आफ्ना विज्ञान ...
01/09/2026

यस विद्यालयको कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूले 'DNA Model' तथा 'Infrared Thermometer' निर्माण गरी आफ्ना विज्ञान परियोजना कार्य सफलतापूर्वक सम्पन्न तथा प्रस्तुत गरेका छन्।

यी परियोजनामार्फत विद्यार्थीहरूले कक्षाकोठामा सिकेका वैज्ञानिक अवधारणालाई व्यवहारिक प्रयोगसँग जोड्दै आफ्नो सिर्जनशीलता, जिज्ञासा, वैज्ञानिक सोच तथा समस्या समाधान गर्ने क्षमता प्रदर्शन गरेका छन्।

विज्ञान शिक्षक: सुजन शर्मा

Address

Ratnanagar-07, Sauraha, Chitwan
Jhawani

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97756580206

Alerts

Be the first to know and let us send you an email when Green Society Public School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category