10/06/2026
आदरणीय अभिभावक ज्यू
यसैसाथ संलग्न सूचनाको आधारमा आज मिति २०८३/०२/२७ गते बुधबारदेखि विद्यालयको टिफिन समय १२:१० देखि १२:४० सम्म ३० मिनेट मात्र हुने जानकारी गराउँदछौं। साथै आज बाट पुरानो गेट पास काम नलाग्ने हुनाले विद्यालयको छेउछाउ रहने तथा ३० मिनेट भित्र घर गएर आउन सक्ने विद्यार्थीहरुको अभिभावकहरुले नानी बाबुहरुको हाल सालै खिचेको पासपोर्ट साइजको फोटो लिएर नयाँ गेट पास बनाउनु हुन अनुरोध छ।
नोट: उक्त गेट पास मात्र घर गएर खाना खाएर आउनको लागि हो।
08/06/2026
Classwize colouring competition (LKG-3) and drawing competition (4 and 5)
23/05/2026
आदरणीय अभिभावकज्यू नमस्कार।
यस विद्यालयमा अध्ययनरत कक्षा ४ देखि ९ सम्मका इच्छुक विद्यार्थीहरूको लागि मात्र नृत्य तथा संगीतको कक्षा भोलि मिति २०७३ साल जेठ १० गते आइतबारदेखि सञ्चालन गरिने भएकोले तल दिइएको तालिका अनुसारको समयमा आफ्ना नानीबाबुहरूलाई विद्यालयमा ल्याइदिनु हुन साथै कक्षा समाप्त भएपछि लैजानुहुन पनि हार्दिक अनुरोध गर्दछौं।
नृत्य शिक्षकको सम्पर्क नम्बर: 981-7976623
संगीत शिक्षकको सम्पर्क नम्बर: 9815025519
17/05/2026
आदरणीय अभिभावकज्यू नमस्कार।
भोलि मिति २०८३ साल जेठ ४ गते सोमबार बिहान ७ बजेदेखि यस विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूको कोचिङ कक्षा प्रारम्भ हुने भएकोले समयमै आफ्ना नानीबाबुहरुलाई कोचिङ कक्षामा पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद।