13/06/2026
हार्दिक धन्यवाद।।
===========
@गौरादह उधोग वाणिज्य संघ ।
गौरादह उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन साथै गौरादह सामुदायिक सभाहलको उद्घाटन समारोहमा २०८२ सालको SEE परीक्षामा गौरादह नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयहरुबाट 4 GPA प्राप्त गर्ने ६ जना विद्यार्थीलाई कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीको उपस्थितिमा सम्मान एवं जनही रु ५०००/- का दरले प्रोत्साहन समेत गरेकोमा सम्पूर्ण विद्यार्थीलाइ बधाई साथै गौरादह उद्योग बाणिज्य संघ परिवार प्रती हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
4 GPA प्राप्त गर्ने ६ जना मध्ये यस हाम्रो विद्यालयका ३ जना विद्यार्थीहरुले प्राप्त गर्न सफल भएका छन ।
१, भुमिका दंगाल
२, अनिस भण्डारी
३, श्रुति नेपाल ( आज कार्यक्रममा अनुपस्थित)
12/06/2026
मेलमिलाप सम्बन्धी समुदाय/ विद्यालयमा जाउँ कार्यक्रम ।
कार्यक्रम आयोजक: मेलमिलाप परिषद
२९ जेठ २०८३
#जनतामाध्यमिकविद्यालयगौरादह
12/06/2026
🌹🌹हार्दिक बधाई🌹🌹
=================
यस जनता माद्यामिक विद्यालय गौरादह-१ झापाको विद्यालय ब्यवस्थापन समिति अध्यक्षमा गौरादह -३ निवासी शिवप्रसाद दाहाल सर्वसम्मत चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।
09/06/2026
🌹🌹हार्दिक बधाई एवं शुभकामना🌹🌹
==========================
यस जनता माध्यमिक बिद्यालयको गत जेष्ठ २२ गते सम्पन्न अभिभावक भेलाबाट बिद्यालय ब्यवस्थापन समिति गठनका सन्दर्भमा छलफल हुदा नियम अनुसार २ जना महिला सहित ४ जना सदस्यका लागी इच्छुक अभिभावकज्युहरु बिच सहमतिका लागि छलफल हुदा उक्त दिन समय अभावको कारण छलफल स्थगित भएकोमा आज पुन छलफल हुदा निम्न अभिभावक ज्युहरुलाइ सर्वसम्मत बिद्यालय ब्यवस्थापन समितिमा चयन गर्ने निर्णय भयो ।
१, शिवप्रसाद दाहाल
२, कृष्णप्रसाद अधिकारी
३, मिना राई
४, लक्ष्मी आचार्य
आफुले पनि इच्छा जाहेर गरि सर्वसम्मतको प्रयत्न गर्नुहुने ,सहजीकरणका लागि पहल एवं भुमिका निर्भाह गर्नुहुने आदरणीय ब्याक्तित्वहरु साथै अभिभावक भेलामा उपस्थित हुनुहुने सम्पूर्ण अभिभावकहरु प्रती हार्दिक धन्यवाद एवं अभार व्यक्त गर्दछौ ।
09/06/2026
शैक्षिकसत्र २०८२ कक्षा ११ को वार्शिक परीक्षाको नतिजा निम्न अनुसार रहेको छ ।
https://drive.google.com/file/d/1hC67iH-Ynd4FM1eBwuF1z4hSGVSPadT0/view?usp=drivesdk
08/06/2026
SEE पुरक परीक्षाको लागि झापा जिल्लामा रहेका परीक्षा केन्द्रहरु
05/06/2026
आज विश्व वातावरण दिवसको अवसरमा श्री जनता मा.वि का प्र.अ, शिक्षक तथा जनता माविका स्काउटका विद्यार्थीहरु
विद्यालयमा वृक्षारोपण गर्दै।
#जनतामाध्यमिकविद्यालयगौरादह
05/06/2026
आज विश्व वातावरण दिवसको अवसरमा गौरादह जेसीजकाे आयोजनामा आज हाम्रो विद्यालय श्री जनता मा वि मा फलफूलका बिरुवा रोप्ने कार्यक्रम सप्पन्न भएको छ ।
गौरादह जेसीजले विगतमा रोपण गरेको बिरुवाहरूले विद्यालयमा सुन्दरता एबम् सितलता प्रदान गरिरहेको अवस्थामा यस पटक भने विद्यार्थीलाई फल र छहरी प्रदान हुने अपेक्षाका साथ विभिन्न फलफूलका बिरुवाहरू वृक्षारोपण गरिएकोमा विद्यालयका तर्फबाट हार्दिक अभार व्यक्त गर्दछौं ।
#जनतामाध्यमिकविद्यालयगौरादह
05/06/2026
हार्दिक आभार गौरादह जेसीज परिवारलाई ।