24/09/2026
मिति: २०८३/०६/०८ गते, बिहीबार
समय: बिहान ७:१५ बजे
सम्पूर्ण संस्थापक तथा प्रिन्सिपलज्यूहरूमा अनुरोध।
मौसम पूर्वानुमान शाखाले आजदेखि चट्याङसहित भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेको तथा सोहीअनुसार शिक्षा मन्त्रालयबाट परिपत्र जारी भएको छ। साथै, नगर शिक्षा शाखाबाट समेत उक्त निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न अनुरोध/निर्देशन प्राप्त भएको हुँदा विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज २०८३/०६/०८ गते र भोलि २०८३/०६/०९ गते विद्यालय बिदा गर्न/गराउन अनुरोध गर्दछौँ।
सम्बन्धित सबै विद्यालयहरूले विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई समयमै जानकारी गराई आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ।
मेचीनगर प्याब्सन