झापा - ५ मा विकल्प दिनेछौँ ।
Gen-Z Continuum
The Gen-Z revolution in Nepal is not over, it is a continuum.
जेन–जी जनआन्दोलनको मर्मलाई जन–जनसम्म पुर्याउने उद्देश्यले आयोजीत यस जनजागरण सभामा स्थानीयदेखि राष्ट्रियस्तरसम्म क्रियाशील युवा शक्ति र जेन–जी अगुवाहरूको सशक्त उपस्थिति सहित हामी आज तपाईँहरू सामु उभिनेछौं।
यो केवल एउटा सभा होइन।यो अन्याय, निराशा र मौनताको विरुद्ध उठेको चेतनाको आवाज हो। परिवर्तन चाहने, सत्यको पक्षमा उभिन चाहने र भविष्य आफ्नै हातले लेख्न चाहने सम्पूर्ण नागरिकहरूलाई यस ऐतिहासिक जनजागरण सभामा हामी खुलेर स्वागत गर्दछौँ।
आउनुहोस्, विभाजन होइन एकताको बाटो रोजौँ।
आउनुहोस्, डर होइन साहसलाई अघि सारौँ।
आउनुहोस्, एक ठाउँमा उभिएर स्पष्ट, निर्भीक र निर्णायक परिवर्तनको सन्देश यहीँबाट सुरू गरौँ।
13/12/2025
जेन-जी विद्रोहको सन्देश जनस्तरसम्म पुर्याउनका लागि आयोजना गरिएको यस जनजागरण सभामा स्थानीय तथा राष्ट्रियस्तरमा सक्रिय युवा तथा जेन-जी अगुवाका साथमा हामी तपाईँहरू सामु उपस्थित हुँदैछौँ ।
तपाईँहरू सम्पूर्ण परिवर्तन पक्षधर नागरिकहरूलाई यस जनजागरण सभामा स्वागत गर्न हामी तयार छौँ । आउनुहोस् एक ठाउँमा उभिएर परिवर्तनको स्पष्ट सन्देश हामीबाट सुरू गरौँ ।
12/12/2025
जेन-जी विद्रोह र यसपछिको घटनाक्रम अनुरूप यस विद्रोहलाई सफल अवतरण गर्न काम गर्दै आउनुभएका जेन-जी अगुवा एवम् अधिवक्ता यतिष ओझालाई यस जनजागरण सभामा हार्दिक स्वागत गर्दछौँ।
12/12/2025
जेन-जी विद्रोह र यस विद्रोहले प्राप्त गरेका परिवर्तनलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका जेन-जी अभियन्ता, द काउन्सिल अफ जेन-जी नेपाल, प्रदेश १ संयोजक उपार्जुन चाम्लिङलाई यस जनजागरण सभामा हार्दिक स्वागत गर्दछौँ।
12/12/2025
जेन-जी विद्रोह र त्यस पश्चात उत्पन्न परिस्थितिका बाबजुद यसको म्यान्डेटलाई संस्थागत गर्नका लागि अनवरत रूपमा काम गर्दै आउनुभएकी जेन-जी अभियन्ता, नेपाल जेन-जी फ्रन्टकी संयोजक Rakshya Bam लाई यस जन जागरण सभामा हार्दिक स्वागत गर्दछौँ।
12/12/2025
!! सार्वजनिक जनअपिल !!
देशको पछिल्लो राजनीतिक घटनाक्रम र त्यसबाट सिर्जित आसन्न प्रतिनिधिसभा चुनावको परिप्रेक्षमा, जेन-जी विद्रोहको मर्मलाई सही रूपमा जनस्तरसम्म पुर्याउने उद्देश्यका साथ यहि मङ्सिर २८ गते आइतबारका दिन झापाको दमकमा जेन-जी फ्रन्ट (झापा) को आयोजना तथा अग्रगामी झापा–५ समूहको सहकार्यमा जनजागरण सभा गर्ने तय भएको छ।
यस कार्यक्रममा स्थानिय तथा राष्ट्रिय स्तरमा सक्रिय यूवा तथा जेन-जी अभियान्ताहरूको सक्रिय सहभागिता रहने छ। र, यस सभालाई भव्य रूपमा सफल पार्नाका लागी झापा जिल्ला निर्वाचन क्षेत्र न. ५ का परिवर्तन पक्षधर सम्पूर्ण नागरिकहरूलाई निम्न मिति, स्थान र समयमा उपस्थित भई परिवर्तनको पक्षमा उभिनका लागी हार्दिक अपिल गर्दछौँ।
मिती: २०८२ मङ्सिर २८ गते, आईतबार
स्थान: गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक
समय: दिउँसो २ बजेदेखि
31/10/2025
झापा निर्वाचन क्षेत्र नम्बर - ५ बाट संयुक्त नागरिक वक्तव्य
वर्षौंको भ्रष्टाचार र बेथितिबाट आक्रान्त नेपाली नागरिकबाट बारम्बार आफ्नो निराशा, आक्रोश र विरोध विभिन्न स्वरुपमा व्यक्त भइरह्यो । तर, शासनमा रहेका दल र तिनका नेतृत्व तथा प्रतिनिधिले नागरिकका आवाज र चासोलाई निरन्तर नजरअन्दाज गरिरहे ।
राज्यका सम्पूर्ण निकायको चरम दलीयकरण र राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र समेत अपहरण गरेर एक किसिमको राज्य कब्जाको स्थिति पुरानो नेतृत्वले सिर्जना गर्यो । राज्यका कतिपय निकाय, बौद्धिक, नागरिक समाज लगायतले बारम्बार सचेत गराउँदा समेत त्यसलाई खारेज गरेर सत्तासीनहरू आफ्नै धुनमा रमाइरहे । उल्टै नागरिकको अपमान र उपेक्षामा उत्रिए । हुँदा हुँदा नागरिकले आफ्नो आवाज राख्न उपयोग गरिरहेका सामाजिक सञ्जाल नियमन गर्ने अपारदर्शी र निरङ्कुश बहाना बनाएर बन्द गर्ने हदसम्म तत्कालिन राज्य उत्रियो ।
राज्यको बेथितिबाट आक्रान्त जेन-जी नवयुवा भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको बन्देज खुलाउनुपर्ने आफ्ना सरल दुई माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रँदा आधुनिक नेपाली इतिहासकै सबैभन्दा ठूलो नागरिक हत्यामा तत्कालीन राज्य उत्रियो । त्यसमा आफ्नो जिम्मेवारी स्वीकार्नु वा आत्मालोचना गर्नुको साटो अझ कठोर बन्ने सन्देश प्रवाह गर्न थाल्यो ।
त्यसबाट उत्पन्न भएको परिस्थिति जगजाहेर नै छ । युवाहरुले स्पष्ट रूपमा भ्रष्टाचार नियन्त्रण र सुसाशनका लागि निर्मम संरचनात्मक सुधार र परिवर्तनको म्यान्डेट दिएका राजनीतिक दलहरू पुरानै ढर्रा, शैली र नेतृत्व सहित लाज पचाएर जनताको घर दैलोमा झुल्किन थालिसकेका छन् । उनीहरूले दशकौँदेखि संस्थागत गरेको बेथितिबाट उत्पन्न परिस्थितिको न स्वीकारोक्ति न आत्मालोचना नै गरेका छन् । न त त्यसको जिम्मेवारी लिने छाँटकाँट छ ।
वर्षौँ सम्मको बेथिति, भ्रष्टाचार, दण्डहीनता र कुशासनबाट आक्रान्त नेपाली समाजलाई किशोर तथा नवयुवाले आफ्नो बलिदानीबाट एउटा युगीन जिम्मेवारी सुम्पिएका छन् । यसलाई अत्यन्त संवेदनशील र गम्भीरताका साथ लिएर नेपाली समाजको वर्षौँको अपेक्षा पूरा गर्नु अग्रगामी परिवर्तनका पक्षधर आम नागरिक, युवा, वैकल्पिक राजनीतिक शक्ति तथा दलभित्रकै पनि परिवर्तनका सचेत पक्षधरको जिम्मेवारी हो ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाता र नागरिकसँग यसको अझै बढी जिम्मेवारी छ । हामी झापा क्षेत्र नम्बर ५ का सम्पूर्ण मतदाता र नागरिकलाई किशोर र नवयुवाको बलिदानीबाट प्राप्त देशलाई भ्रष्टाचार र कुशासनबाट मुक्त गराउने जिम्मेवारीलाई गम्भीरताका साथ आत्मसात् गरेर सम्पूर्ण परिवर्तन पक्षधर, युवा, नागरिक र वैकल्पिक शक्ति पक्षधरलाई गोलबद्ध भई इतिहासले दिएको युगीन जिम्मेवारी पूरा गर्नुहुन हार्दिक अपील गर्दछौँ ।
मिति: २०८२ कार्तिक १४
संयोजन: Gen-Z Continuum
Prakash was shot during GenZ Movement. Now, he has something important to say to the government. Listen to him till the end.
11/10/2025
परिवर्तनको म्यान्डेट जनताको हातमा सुम्पिने यस ऐतिहासिक घडीमा हामी सम्पूर्ण राजनीतिक दल, राजनीतिक शक्ति, नागरिक समाज, जेन-जी साथीहरू, युवा पुस्ता एवम् सम्पूर्ण नेपाली नागरिकहरूमा आह्वान गर्दछौँ – निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकालाई स्वीकार गर्दै त्यसै अनुसार आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउनुहोस् ।
निर्वाचनको विकल्प छैन ! Rakshya Bam
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Damak
Jhapa District
57217