13/06/2024
खेलमय अभिभावकत्व भनेको के होला ?
खेलमय अभिभावकत्व त्यो अवस्था हो जहाँ आफ्ना बालबालिकासँग अन्तरक्रिया गर्न र उनीहरूको विकासमा योगदान दिन आमाबुबाहरू र हेरचाहकर्ताहरू रमाइलो र कल्पनाशील खेल प्रयोग गर्न सक्षम हुन्छन् । यसमा बालबालिकालाई खेल र कथावाचन मार्फत क्रियाकलाप गराउने साथै मुख्य जीवन उपयोगी सिपहरू प्रदान गर्ने कुराहरू समेटिन्छन् ।
खेलमय अन्तरक्रियाले बालबालिकाको मात्र नभई आमाबुबा र हेरचाहकर्ताहरूको समेत निरोगीता र सकारात्मक मानसिक स्वास्थ्यमा योगदान पुर्याउँदछ । आफ्ना आमाबुबासँग नियमित रुपमा खेल्ने बालबालिकामा चिन्ता, अवसाद, आक्रमकता र अनिद्राको समस्या हुने सम्भवना कम हुन्छ ।
सकरात्मक अभिभावकत्त्वमा खेलको भूमिका बारेमा थप जानकारीका लागिः https://www.unicef.org/nepal/ne/play
21/12/2023
20/10/2023
08/05/2023
25/04/2023
23/04/2023
19/04/2023
11/04/2023
30/04/2022
23/03/2022