Dhulabari Secondary School

Dhulabari Secondary School My page is regarding the education feed..

24/09/2026

आदरणीय अभिभावक ज्युहरु:

वर्षाको उच्च जोखिमको पूर्वानुमान देखेर निर्देशन बमोजिम आज र भोलि विद्यालय बन्द रहने छ । अब सोमबार मात्र विद्यालय खुल्ने छ ।

वर्षाको जोखिम स्कुलमा मात्र होइन, घरमा पनि रहने भएकाले यो समयमा नानीबाबुहरुलाई आफ्नो रेखदेखमा राख्नुहुन सम्पूर्ण अभिभावक वर्गमा अनुरोध छ ।

घर वरिपरिका साना खाल्डा, कुलेसो र खोल्सा पनि यस्तो बेला दुर्घटना घटाउन सक्ने हुन्छन ।

धेरै दुर्घटनाहरु असंसोधनिय हुने भएकाले समयमै सचेतना अपनाउनु बुद्धिमानी हुन्छ ।

शिक्षा मन्त्रालयको आधिकारीक पत्र तथा मेचीनगर नगरपालीका, नगर शिक्षा अधिकारीबाट  ''अहिले फोन कल र भरे आधिकारीक पत्र आउने, ...
24/09/2026

शिक्षा मन्त्रालयको आधिकारीक पत्र तथा मेचीनगर नगरपालीका, नगर शिक्षा अधिकारीबाट ''अहिले फोन कल र भरे आधिकारीक पत्र आउने, आज र भोलि विद्यालय बन्द गर्नु हुन'' भन्ने आसयको निर्देशन आएको हुदा उक्त निर्देशन बमोजिम आज र भोलि विद्यालय बन्द रहने कुरा जानकारी गराइन्छ ।

18/09/2026

धुलाबारी माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयहरुको सूचीमा पर्न सफल भइ आज सम्मानित भएको छ !

​राष्ट्रिय शिक्षा दिवस २०८३ तथा संविधान दिवस २०८३ को पावन अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ, झापाद्वारा आयोजित विशेष सम्मान कार्यक्रममा यस धुलाबारी माध्यमिक विद्यालय उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयका रूपमा सम्मानित भएको छ।

​झापा जिल्लाभरिका १३५ वटा SEE मा सहभागी सामुदायिक माध्यमिक विद्यालयहरूमध्ये ४.० जीपीएसहित (4.0 GPA) उत्कृष्ट नतिजा हासिल गर्न सफल ९ वटा विद्यालयहरूको सूचीमा धुलाबारी माध्यमिक विद्यालय पनि पर्न सफल भएको छ।

​आज भद्रपुरमा आयोजित विशेष समारोहका बिच विद्यालयलाई यो उत्कृष्ट उपलब्धिप्रति सम्मान प्रदान गरिएको हो।

​यस ऐतिहासिक र गौरवमय सफलताका लागि लगनशील विद्यार्थीहरू, मार्गदर्शन गर्नुहुने सम्पूर्ण शिक्षक-शिक्षिकाज्यूहरू, अभिभावकज्यूहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, आमा समूह तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति धुलाबारी माध्यमिक विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दै बधाई ज्ञापन गर्दछ!

17/09/2026

कक्षा ११ को विषय दर्ता अर्थात रजिष्ट्रेसन फर्म खुलिसकेको र यथा सक्य चाडो यहि असोज १५ गते सम्ममा फर्म भरिसक्न सूचित गरिन्छ ।

विद्यालयले भरिएका सबै फर्महरु अनलाइनमा इन्ट्रीगर्नु पर्ने र त्यसमा भएको विवरण सबै विद्यार्थीले पुन भेरिफाइ समेत गर्नुपर्ने र आसन्न दशै-तिहार तुरुन्तै आउने भएकाले परीक्षा बोर्डले दिएको समय सीमा भन्दा अगाडि नै विद्यालयले फर्म भराउनु पर्ने हुन्छ ।

कारण बस फर्म छुटन गएमा अध्ययनलाई निरन्तरता दिन सकिने छैन ।

16/09/2026

अन्तर कक्षा [कक्षा ११ र १२] हाजिरीजवाफ प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिदै।
​
प्रथम: कक्षा ११ 'Newton' (Science)
स्वीकृति अधिकारी, स्मरण अधिकारी र अग्रिम प्रसाई
​
द्वितीय: कक्षा १२ Management (Section B)
रिजन भट्टराई, सफलराज दाहाल र सजल लिम्बेल
​
तृतीय: कक्षा १२ 'Dalton' (Science)
निकेश भण्डारी, सिद्धार्थ गौतम र पार्वती लुइँटेल

​ज्ञान, बौद्धिकता र पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विजयी तथा सहभागिहुन भएका सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दछौँ!

12/09/2026

६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा मिति २०८३ भदौ २६ गते शुक्रबारका दिन विद्यालयमा विभिन्न सहक्रियाकलाप तथा प्रतियोगिताहरू उत्साहजनक र भव्य रूपमा सम्पन्न भएका छन्।

​विद्यालयमा क्रियाशील बाल क्लबहरू तथा विद्यार्थी समूहहरूकै सक्रिय संयोजन र व्यवस्थापनमा निम्न प्रतियोगिताहरू सम्पन्न भएका छन्:
अन्तर क्लब हाजिरीजवाफ प्रतियोगिता (कक्षा ९ र १०)
संयोजन तथा व्यवस्थापन:
Learners' Literary Club,
Maths Club र Science Club

वक्तृत्वकला प्रतियोगिता (कक्षा ६, ७ र ८)
शीर्षक: "बाल अधिकार" (नेपाली तथा अङ्ग्रेजी माध्यम)
संयोजन तथा व्यवस्थापन:
Eco Friendly Club,
FAN Club र Dhulabari SCOUT Troop

चित्रकला प्रतियोगिता (कक्षा ४ र ५)
संयोजन तथा व्यवस्थापन:
विद्यालय Captain समूह
Junior Red Cross Circle

कक्षागत आन्तरिक विविध प्रतियोगिता (कक्षा ECD देखि ३)
सहजीकरण: Chess Club

आ-आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता विद्यार्थीहरूका साथै प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाउने सम्पूर्ण प्यारा विद्यार्थीहरूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा आगामी प्राज्ञिक एवम् सहक्रियाकलापको यात्रामा सफलताको शुभकामना व्यक्त गर्दछौँ!

कार्यक्रमलाई भव्य, रचनात्मक र अनुशासित ढङ्गले सम्पन्न गराउनका लागि अहोरात्र खटिनुहुने सम्पूर्ण संयोजक बाल क्लबहरू, शिक्षकज्यूहरू, सहजीकरण गर्ने विद्यार्थी समूहहरू तथा सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ!

11/09/2026

आज शिक्षा विकास तथा समन्वय एकाइ, झापामा आयोजित जिल्लास्तरीय विद्यालय तथा क्याम्पसस्तरीय "नेपालको संविधान र सङ्घीयता कार्यान्वयन" शिर्षकको वक्तृत्वकला प्रतियोगितामा धुलाबारी माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्र सुदीप आचार्य प्रथम स्थान हासिल गरि रु ७०००|- र प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएको छ।

​जिल्लाभरिका प्रतियोगीहरूलाई पछि पार्दै प्रथम हुनुभएका छात्र सुदीपले अब कोशी प्रदेशस्तरमा झापा जिल्लाको प्रतिनिधित्व गर्दै आगामी असोज ३ गते विराटनगरमा हुने प्रादेशिक प्रतिस्पर्धामा सहभागिता जनाउनुहुनेछ।

​उत्कृष्ट प्रस्तुतिमार्फत विद्यालय र जिल्लाकै गरिमा बढाउनुहुने प्रतिभाशाली छात्र सुदीपलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै प्रदेशस्तरीय प्रतिस्पर्धामा भव्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछौँ!

11/09/2026

यहि २०८३/०५/२९ गते सोमबार सङ्घिय सरकारको र ३० गते मङ्गलबार कोशी प्रदेश सरकारको निर्णय बमोजिम महिला कर्मचारी र महिला विद्यार्थीहरुको लागि क्रमश: तीज र पञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

उक्त दुई दिन पठन पाठन स्थगित रहने तर विद्यालय प्रशासन भने खुला रहने कुरा समेत अनुरोध छ ।

06/09/2026

भोलि २२ गते सोमबार राष्ट्रिय शोक घोषणा भएको हो, बिदा होइन । त्यसैले विद्यालय आफ्नो नियमित सेड्युलमा सञ्चालन हुने कुरा जानकारी गराइन्छ ।

Address

Dhulabari, Mechinagar/10
Jhapa District
57204

Opening Hours

Monday 06:30 - 16:00
Tuesday 06:30 - 16:00
Wednesday 06:30 - 16:00
Thursday 06:30 - 16:00
Friday 06:30 - 16:00
Sunday 06:30 - 16:00

Telephone

+97723564371

Website

Alerts

Be the first to know and let us send you an email when Dhulabari Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category