जेठ 21 र 22 गते गर्मीको कारण पुनः विद्यालय बन्द गरिएको छ।
कालिका आधारभूत विध्यालय,कालीझोडा,झापा।
The school was established on 2039 BS to provide primary level education at community .Now it is running up to class 8.The school needs help from us to ..
मेचिनगर नगरपालिका शिक्षा शाखाको निर्णय अनुसार भोलि ४ गते देखि ६ गते शुक्रबार सम्म जाडो बिदा थप गरिएको र आइतबार ल्होसार बिदा भएको हुँदा ९ गते सोमबार देखि नियमित रुपमा विद्यालय सञ्चालन हुने कुरा सबै सरोकारवालाहरुमा जानकारी गर्दछु।
प्र.अ.-बालक बन्धु रिजाल,
कालिका आधारभूत विध्यालय,कालीझोडा,झापा।
श्री कालिका आ.वि.मेचिनगर १२ कालिझोडामा कक्षा सुरुआत अघिको प्रार्थनाको क्षण....
19/12/2022
श्री कालिका आ.वि. मेनपा १२ मा आजको अभिभावक भेलाले चार सदस्य वि.व्य.स. र नौ सदस्य शि.अ.संघ गठन गर्न सफल भएको छ। अब बाँकी दुई वि.व्य.स. सदस्य मनोनयन गरि अनि मात्र वि.व्य.स. को अध्यक्ष बनाइने कुरा सरोकारवाला सबैमा अनुरोध गर्दछौं।
"kaalijhoda बासी को जानकारिको लागि"
भोलि बिहान १० बजे देखि मेचिनगर-१२ वडा सदश्य श्री लिला सुब्बा राजवंशी को घरमा सामाजिक सुरक्षा भत्ता को लागि ग्लोबल बैंक का कर्मचारी हरु आए र बैंक खाता खोल्ने जान्करी भयेको हुनाले सामजिक सुरक्षा भत्ता लिन्दै आउनु भयेका सबैले photo र नागरिक्ता को प्रमाण पत्र साथ म लियि उपस्थित भैदिन सबै kaalijhoda बासी हरु लाइ जानकारी का साथ अनुरोध गरिन्छ ।
बिद्यालय ढिलो आउन पाए हुन्थ्यो।
कक्षामा ढिलो जान पाए हुन्थ्यो ।
र बिद्यालय बिदा हुनु भन्दा अगि नै घर जान पाए हुन्थ्यो र तलब चाहिँ २-३ महिना अगाडि नै लिन पाए हुन्थ्यो भन्ने सोछ भएका शिक्षक र बिद्यालयमा कहिले बजेट आउँछ भन्ने अभिभावक, कुर्सी मात्र ओगटेर बस्ने प्र अ, आर्थिक स्रोत जुटाउन नसक्ने ब्यवस्थापन समिति भयो भने यो सबै पक्षले परिवर्तित रुप लिनु पर्छ। आ आफ्नो जिम्मेवारी बुझेमा सरकारी बिद्यालयमा नेपालको अबस्था बिस्वमा मान्यतायोग्य हुन्छ। यदि जिम्मेवारी नबुज्ने हो भने कुनै पक्षको पनि काम छैन। त्यसैले जिम्मेवारी बुझ्न नितान्त आवश्यक देखिन्छ।
03/01/2018
हिजो मिति २०७४-०९-१८ गतेका दिन हाम्रो श्री कालिका आधारभुत बिद्यालय मे न पा १२ मा वडा अध्यक्ष नरेन्द्र धिमालको पहलमा मे न न पा-१२ वडा कार्यालयको आयोजनामा प्रमुख अतिथि मेयर बिमल आचार्य , बिशेष अतिथि उपमेयर मिना उप्रेती, कार्यकारी निर्देशक र वडा अध्यक्ष नरेन्द्र धिमालको उपस्थितिमा जाडोमा बिद्यार्थीलाई न्यानो स्वेटर बितरणको कार्यक्रम मा स्वेटर बितरण गर्दै अतिथिहरु...भर्खरमात्रै बिधालयले अभिभावक प्राप्त गरेको महशुष गर्दै....
भोलि मिति २०७४-०९-१८ गतेका दिन हाम्रो श्री कालिका आधारभुत बिद्यालय मे न पा १२ मा वडा अध्यक्ष नरेन्द्र धिमालको आयोजनामा मेयर बिमल आचार्य , उपमेयर मिना उप्रेती, कार्यकारी निर्देशक र वडा अध्यक्ष नरेन्द्र धिमालको उपस्थितिमा स्विटर नपाउने बिद्यार्थीलाई स्विटर बितरणको कार्यक्रम बिहान ९:३० बजे आयोजना गरिएको हुदा सम्पुर्ण अभिभावकहरुलाइ उपस्थितिका निम्ति आमन्त्रण गर्दछौ।
श्री कालिका आधारभुत बिद्यालय परिवार, मे न पा १२ ।
नेपाल सरकारले मेरो बिचारमा, सरकारले दोहोरो शिक्षा नितिको अन्त्य गर्नुपर्छ। सबै सरकारी बिद्यालयलाइ सबै प्रकारको शिक्षा दिने बिधालयको रुपमा निर्माण गर्नुपर्छ। अनि मात्र सम्पुर्ण जनता र गरिब दुखि असहायले साहारा पाउन सक्छन तर जनताको रगत चुसेर गैरसरकारी स्कुलहरुले कहिल्यै पनि शिक्षाको बिकास गर्न सक्दैनन। यो विषय मा सरकारले गम्भीर ध्यान पुर्याउनु नितान्त आवश्यक छ।
27/12/2017
" दाता महानुभाब लाई सलाम छ"
हाम्रो बिद्यालय श्री कालिका आधारभुत बिद्यालय मे न पा १२ मा यो भन्दा अगाडि तारापुन्ज सहकारिले ५० वटा स्विटर बितरण गरेको र आज वडा अध्यक्ष नरेन्द्र धिमाल , ब्यवस्थापक (तारापुन्ज सहकारी ,चाराली)मोहन अधिकारी , बि ब्य स अध्यक्ष , सि अ संघ अध्यक्ष र अभिभावकको उपस्थितिमा स्थानिय अभिभावक, समाजसेवी श्री मरासिनिले पुनः ५० वटा स्विटर बितरण गर्नुभयो। उहाहरु दुबै संस्था र ब्यक्तिलाई हार्दिक आभार प्रकट गर्दछौ र सोही कार्यक्रममा आज वडा अध्यक्ष नरेन्द्र धिमाल बाट अन्य स्विटर प्राप्त नगर्ने सम्पुर्ण विद्यार्थीलाई स्विटर उपलब्ध गराउने भनी प्रतिबद्धता ब्यक्त गर्नु भएकोमा बिध्यालय परिवार हार्दिक धन्यवाद दिन चाहन्छ।
बिध्यालय ब्यवस्थापन समिती तथा बिध्यालय परिवार
कालिका आधारभुत बिद्यालय मे न पा १२
कालिझोडा, झापा ।
19/12/2017
तारापुन्ज सहकारी संस्था चारआलि ले हिजो हिजो हाम्रो कालिका आधारभूत बिद्यालय का ५० जना बिध्यार्थिहरु लाई जाडोमा न्यानो स्वेटर प्रदान गर्दाका तस्बिर हरु।धन्यबाद छ सन्स्था र सन्स्था का सबै पधाधिकारी हरुलाई बिद्यालय परिवार का तर्फबाट
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Dhaijan/6
Jhapa District
00977023