22/09/2026
आदरणीय अभिभावकज्यूहरू,
हाम्रो विद्यालयका सम्पूर्ण सूचना, गृहकार्य, दैनिक गतिविधि तथा अन्य आवश्यक जानकारी अब विद्यालयको मोबाइल एप मार्फत उपलब्ध गराइनेछ।
त्यसैले विद्यालयसँग सम्बन्धित कुनै पनि जानकारी छुट्न नदिन सम्पूर्ण अभिभावकज्यूहरूले अनिवार्य रूपमा विद्यालयको मोबाइल एप डाउनलोड, इन्स्टल तथा प्रयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।
School App मा Login गर्ने तरिका:
1) तलकाे QR स्क्यान गरि मोबाइलमा School App डाउनलोड गरी खोल्नुहोस्।
2) एप खोल्दा School, Teacher र Student गरी तीनवटा विकल्प देखिन्छन्। अभिभावकज्यूहरूले Student विकल्पमा क्लिक गर्नुहोस्।
3) त्यसपछि मोबाइल नम्बर राख्ने ठाउँमा विद्यालयमा दर्ता गरिएको उही मोबाइल नम्बर प्रविष्ट गर्नुहोस्।
4) Send OTP मा क्लिक गर्नुहोस्। त्यसपछि उक्त मोबाइल नम्बरमा OTP कोड प्राप्त हुनेछ।
5) प्राप्त भएको OTP कोड प्रविष्ट गरेपछि तपाईंको School App खुल्नेछ।
एप खुलिसकेपछि त्यसभित्र विद्यार्थीको हाजिरी, गृहकार्य (Homework), विद्यालयका सूचना, परीक्षा नतिजा, शुल्क सम्बन्धी विवरण तथा अन्य विद्यालयीय जानकारी हेर्न सक्नुहुन्छ।
यदि Login गर्न कुनै समस्या आएमा विद्यालय प्रशासनसँग सम्पर्क गर्नुहुन अनुरोध छ।
धन्यवाद।
-अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुल परिवार