सानी नानी आन्भी ओलीको नृत्य 💃💁♀️
६६औं बार्षिकोत्सव समारोह
Shree Kavi Shiromani Secondary School
The school was established in 2016 B.S.
14/03/2026
श्री कविशिरोमणि मा.वि बार्षिकोत्सव समारोह -२०८२
12/03/2026
यस बिद्यालयकी एक इमानदार , मेहनती र असल शिक्षिका सरिता तिमिल्सिना लाई जन्मदिनको असिम शुभकामना व्यक्त गर्दछौं |
वहाँ र वहाँको श्रीमान आदरणीय योगराज खनाल ( जो यस बिद्यालयका पुर्व बिद्यार्थी पनि हुनुहुन्छ ), द्वारा SEE परीक्षा दिन लागिरहेका बिद्यार्थीलाई परीक्षा सफलतामा मद्दत मिलोस भन्ने उद्देश्य ले जमेट्री , क्याल्कुलेटर र Question Bank गरी जम्मा रु ३६,००० बराबरको शैक्षिक सामग्री बिद्यालयलाई प्रदान गर्नुभएको छ |
यसका लागि बिद्यालय परिवार वहाँहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्दछ |
आसन्न निर्वाचन ,फागु पुर्णिमा तथा नारी दिवस सबैको संयुक्त कारणले गर्दा यहि मिति २०८२/११/१८ गते देखि २०८२/११/२४ आइतवार सम्म विद्यालय बन्द रहने र २५ गते सोमबार बाट सञ्चालन हुने कुरा सम्बन्धित सबैमा अनुरोध छ ।
साँस्कृतिक र जातीय चिनारीको प्रदर्शनी | बार्षिकोत्सव २०८२
Students performing Kisan Nrittya
हालसम्म बिभिन्न बिधामा बिद्याबारिधी ( PHD) हासिल गरिसक्नुभएका श्री कविशिरोमणि मा.बि. का पुर्व विद्यार्थीहरुको बिबरण :
१) डाक्टर केदार नेपाल - बिषय: गणित (सन् २०१४)
२)डाक्टर जीवन पौडेल - बिषय : मानवशास्त्र ( सन् २०१६)
३)डाक्टर डिल्लीराम भण्डारी - बिषय: मानव स्रोत व्यबस्थापन ( सन् २०१९)
४)डाक्टर अनिल पाठक - बिषय: बिजिनेस इन्फरमेटिक्स ( सन् २०१९)
५)डाक्टर रमेश कार्की - बिषय: रसायन बिज्ञान ( सन् २०२३)
६)डाक्टर टीका भण्डारी - बिषय : राजनीतिशाष्त्र र सङ्गीत ( सन् २०२५)
७)डाक्टर हरीप्रसाद कट्टेल - बिषय: माइक्रोबायोलोजी (सन् २०२५)
हिजो मिति २०८२ फागुन ११ गते बिद्यालयको ६६ औं बार्षिकोत्सव सम्पन्न भए पश्चात आज फागुन १२ गते मङ्गलबार बिद्यालयमा बिदा गरिएको सुचना गर्दछौं |
23/02/2026
विद्यालयमा हिजो फागुन १० गते आइतबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर वडा नं ९ को आर्थिक सहयोगमा भएको वक्तृत्वकलामा वडा नं ९ र १० का १० वटा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी सहभागी थिए ।
‘सूचनाको प्रविधि: अवसर र चुनौति’ विषयक वक्तृत्वकलामा धुलाबारी माविकी छात्रा प्रिन्सा गौतम प्रथम, हिमालयन इङ्लिस एकाडेमीकी छात्रा पुजा पराजुली दोस्रो, कविशिरोमणि माविकी सरस्वती श्रेष्ठ तेस्रो र आदर्श विद्या मन्दिरकी दिव्यांका खत्री सान्तवना भइन् ।
विजेता भएसँगै उनीहरुले क्रमशः पाँच, चार, तीन र एकहजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अग्रज पत्रकार मोहन काजी र सागर सिवाकोटीको निर्णायक मण्डलले नतिजा निकालेको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष संगीता थापाको अध्यक्षता तथा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य धनकुमार श्रेष्ठ, धुलाबारी माविमा सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाई, विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष चन्द्रमणि पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष चुडामणि रेग्मी, पूर्व सहायक प्रअ लोहितप्रसाद चापागाई लगायतको आतिथ्यता रहेको थियो ।
शिक्षक अमृता पाठकले सञ्चालन गरेको कार्यक्रममा स्वागत विद्यालयका सहायक प्रधानाध्यापक तुलसा दंगाल भण्डारीले गर्नुभएको थियो | कार्यक्रममा २०० भन्दा बढीको उपस्थिति रहेको थियो |
९ नं वार्ड बाट पाउने छात्रबृत्तिको लागि भोलि बिद्यार्थी आउँदा निम्न कागज लिएर आउन सुचित गरिन्छ |
1) बिद्यार्थीको जन्मदर्ता वा नागरिकता
2) अभिभावक ( बुवा वा आमा ) को नागरिकता
3) अन्यत्रबाट आएको भए बसाईसराइको कागज
बिद्यार्थीहरुलाई सुचना :
भोलि फागुन १० गते आइतवार हाम्रो अस्ति भएको 'बार्षिकोत्सव बिशेष' खेलकुदको पुरस्कार , मेडल र शिल्डहरु बितरण गरिने कार्यक्रम रहेको हुँदा सम्पुर्ण बिद्यार्थी लाई अनिबार्य उपस्थितिको लागि सुचित गर्दछौं |
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Mechinagar Municipality/09, Khuttidangi, Jhapa
Jhapa District
57207
Opening Hours
| Monday | 09:30 - 17:00 |
| Tuesday | 09:30 - 17:00 |
| Wednesday | 09:30 - 17:00 |
| Thursday | 09:30 - 17:00 |
| Friday | 09:30 - 14:00 |
| Sunday | 09:30 - 17:00 |