15/07/2026
हार्दिक धन्यवाद सहयोगी मनप्रति🙏🙏
श्री नमुना आधारभूत विद्यालय, बुद्धशान्ति–१, झापामा सिसी क्यामेरा जडानका लागि रु. ४,००० ( चार हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरी विद्यालयको सुरक्षा तथा शैक्षिक वातावरणलाई थप सुदृढ बनाउन अमूल्य योगदान पुर्याउनुहुने बुद्धशान्ति–१, दामा निवासी, हाल कतारमा रहनुभएका श्री अनिता खनाल ढुङ्गाना प्रति विद्यालय परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।
शिक्षाप्रतिको तपाईंको माया, उदारता र सामाजिक उत्तरदायित्वले विद्यालय परिवारलाई थप उत्साहित बनाएको छ। तपाईंको सहयोग प्रेरणादायी छ। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भाव कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।
विद्यालय परिवार
श्री नमुना आधारभूत विद्यालय
बुद्धशान्ति -१ झापा
08/07/2026
एकले थुकी सुकी,सयले थुकी नदी "
विद्यालयलाई फेरि सहयोग प्राप्त 🙏🙏🙏🙏
बुद्धशान्ति झापा निवासी सहयोगी मनका धनी शिक्षा प्रेमी आदरणीय ब्यक्तित्वहरूबाट श्री नमुना आधारभूत विद्यालय बुद्धशान्ति -१ झापामा विद्यालयमा प्लाष्टिकका कुर्सीको अभाव महसुस गरी विद्यालयलाई कुर्सी तथा नगद हस्तान्तरण गर्नु भएको छ, यो पुन्य कार्य प्रति वहाँहरूलाई विद्यालय परिवार हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछौ । वहाँहरूको सपरिवारमा सुख, शान्ती , समृद्धि साथै निरोगिताको कामना ब्यक्त गर्दछौँ ।
दाताहरूको नाम
श्री गोमा ल्वागुन बु.शा.३ पुर्व सदस्य रू ३०००।-
श्री लेखा कट्टेल बु.शा.१ पुर्व शिक्षक २ थान कुर्सी
श्री खड्ग तिम्सिना बु.शा.१ शिक्षाप्रेमी २ थान कुर्सी
श्री गंगा आचार्य बु.शा. १ शिक्षाप्रेमी १ थान कुर्सी
श्री शरद मगर बु.शा. १ शिक्षाप्रेमी १ थान कुर्सी
हाम्रो विद्यालय मनकारी दाताहरूकै सहयोग, हौसला र मायाकै कारण अघि बढिरहेको अवस्था रहेको छ तसर्थ जुन ठाउँबाट जो कोही पनि सहयोग गर्न ईच्छुक हुनुन्छ भने सम्पर्क गरीदिनु हुन अनुरोध गर्दछौँ,धन्यवाद ।
विद्यालय परिवार
श्री नमुना आधारभूत विद्यालय बुद्धशान्ति-१ झापा
15/06/2025
🇳🇵🇳🇵🙏🙏 विद्यालयमा भित्तेलेखनका लागि साैजन्य गर्नुहुने व्यक्तित्वहरु प्रति स-धन्यवाद सहित हामी आभार प्रकट गर्दछौ । 🙏🙏🇳🇵🇳🇵
सहयोगी मनहरू सामुदायिक विद्यालयप्रति समर्पित, श्री नमुना आ.वि.बुद्धशान्ति -१ झापाको सर्वाङ्गिण विकास एवं शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यालयलाई माया गर्नुहुने आदरणीय ब्यक्तित्वहरूको सहयोगले विद्यालयको शैक्षिक उन्नयनमा कोसे ढुंगा सावित भएको छ । सहयोगी मनहरूप्रति हार्दिक नमन गर्न चाहन्छौं ।
हामी अझै सहयोगप्रति अपेक्षाकृत भएका छौँ।
साैजन्य कर्ताहरू
वडाध्यक्ष बुद्धशान्ति-१ : श्री अनिल वाग्ले रू.२५००।-
श्री नमुना आ.वि.-(हालको )वि.व्य.स. रू.५०००।-
शि.अ.सं.अध्यक्ष:श्री होमनाथ घिमिरे रू.२५००।-
अभिभावक: श्री नारायण प्र. खतिवडा रू.२५००।-
अभिभावक : श्री ईन्द्र प्र.घिमिरे रू.२५००।-
पुर्व विद्यार्थी : श्री अनिल घिमिरे रू.२५००।-
पुर्व विद्यार्थी : श्री गजुहाङ योङहाङ् रू.२५००।-
वानटच प्रिन्ट सोलुसन(विवेक खुलाल)रू.३०००।-
एभरेष्ट साबुन उद्योग बु.शा.-१ रू.२५००।-
प्रधानाध्यापक गायत्रादेबी ढुङ्गेल रू. २५००।-
शिव आर्ट बुधबारे चोक : रू.२५००।-
विद्यालय विकास तथा शैक्षिक गुणस्तर अभिबृद्धि हेतु अझै सहयोगको ढोका खुल्ला रहेकोले हामी अपेक्षाकृत रहेका छौँ।