Little Star English School

Little Star English School

Share

This page is created to provide all essential information about school to our students and guardians.

27/04/2026

आदरणीय अभिभावकज्यू , शिक्षक शिक्षिक तथा विद्यार्थी वर्ग,
विषय: नयाँ भर्ना, विद्यार्थी अभिमुखीकरण तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी सूचना।

उपरोक्त विषयमा यस विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूमा बिदापश्चात् विद्यालय पुनः सञ्चालन हुने बारे जानकारी गराउन यो औपचारिक पत्र प्रेषित गरिएको छ।

यस सूचना मार्फत देहाय बमोजिमका निर्णयहरू कार्यान्वयन हुने जानकारी गराइन्छ:

1. बिदापश्चात् भोलि मिति २०८३ साल वैशाख १५ गते, मंगलबार देखि विद्यालय नियमित रूपमा सञ्चालन हुनेछ।

2. शैक्षिक सत्र २०८३ का लागि रिक्त रहेका सिटहरूमा नयाँ भर्ना खुला गरिएको छ।

3. नयाँ तथा पुराना विद्यार्थीहरूसंग विद्यालयको नियम, अनुशासन, पठनपाठन शैली र यस वर्षको शैक्षिक योजना बारे छलफल हुनेछ।

4. पढाइसँगै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलापहरूलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिनेछ।

5. यातायात सुविधा: विद्यालयका बसहरू साविककै रुट र समय अनुसार सञ्चालन हुनेछन्।

नयाँ शैक्षिक सत्रको सुरुवात र विद्यालय आगमनको यस सुखद घडीमा हामी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दछौं। थप केही जिज्ञासा भएमा विद्यालय प्रशासनमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ।

प्रिन्सिपल

19/04/2026

आदरणीय अभिभावकज्यू,
नमस्कार।

यस विद्यालयको शैक्षिक सत्र २०८३ का सम्पूर्ण शैक्षिक गतिविधिहरूसम्बन्धी जानकारी लिन इच्छुक अभिभावकज्यूहरूलाई सूचित गरिन्छ कि भोलि मिति २०८३ साल वैशाख ७ गते, सोमबारदेखि बिहान १०:३० बजेदेखि दिउँसो १:०० बजेसम्म विद्यालयको प्रशासनिक शाखामा सम्पर्क गरी आवश्यक जानकारी लिन सक्नुहुनेछ।

धन्यवाद।
विद्यालय प्रशासन

14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रो विद्यालय परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक शिक्षिकाज्यूहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ किरण ल्याओस् भन्ने कामना गर्दछौं। विद्यार्थीहरूलाई अध्ययनमा अझ मेहनती, अनुशासित र सफल बन्न प्रेरणा मिलोस् र अभिभावक तथा शिक्षकज्यूहरूको साथ र सहयोग अझ सुदृढ बनोस्। आउँदो दिनहरूमा हामी सबै मिलेर गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्य निर्माणतर्फ अघि बढौं। नयाँ वर्षको हार्दिक शुभकामना!

Photos from Little Star English School's post 13/04/2026

Annual result 2082
Prize distribution
Part 2

Photos from Little Star English School's post 13/04/2026

Annual result 2082
Prize distribution
2082-12-29

11/04/2026

आदरणिय अभिभावक ज्यू
नमस्कार
भोलि मिति २०८२-१२-२९ गते यस शैक्षिक सत्रको नतिजा प्रकाशन बिहान १० बजी देखि २ बजी सम्म रहने सम्पूर्णमा यसै सूचना मार्फत जानकारी गर्दछौँ।

Photos from Little Star English School's post 07/04/2026

कक्षा ८ को नतिजा (वि.सं. २०८२)
आयोजक: बुद्धशान्ति गाउँपालिका

यस बुद्धशान्ति गाउँपालिका द्वारा सञ्चालित कक्षा ८ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।
सम्पूर्ण विद्यार्थीहरूले GPA ३ भन्दा माथि प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।
यो उत्कृष्ट उपलब्धि तपाईंहरूको मिहिनेत, अनुशासन र निरन्तर प्रयासको परिणाम हो। यस्तो उल्लेखनीय सफलता हासिल गराउनुमा शिक्षकज्यूहरू, अभिभावक तथा विद्यालय परिवारको महत्वपूर्ण योगदान रहेको छ।

05/04/2026
03/04/2026

आदरणिय अभिभावक ज्यू
नमस्कार
आजबाट कक्षा नर्सरी देखि कक्षा ७ सम्मको सम्पूर्ण परिक्षा सम्पन्न भएको छ।
उक्त परिक्षाको परिक्षाफल यही चैत्र २९ गते प्रकाशन गराइने भएकोहुदा सम्पूर्ण अभिभावक ज्यू स्वयम् उपस्थित भई नतिजा विवरण बुझिलिनु हुन अनुरोध छ।

Photos from Little Star English School's post 01/04/2026

२०८२ सालको एस ई ई परिक्षामा सहभागि विद्यारथीहरू सँग फेरी भेटौँला कार्यक्रम।

31/03/2026

आदारणीय अभिभावक ज्यू,
नमस्कार
बिषय: जानकारी सम्बन्धमा ।
आज मिति २०८२-१२-१७ गते बाट कक्षा नर्सरीको परिक्षा सम्पन्न भएको छ। विद्यालयको बार्षिक क्यालेनडर अनुसार यस परिक्षाको परिक्षाफ़ल यहि चैत २९ गते आइतबार दिनको ११ बजे प्रकाशन गरिनेहुदा सम्पूर्ण अभिभावक ज्यू स्वयं उपस्थित भई परिक्षाफ़ल बुझीलिनुहुन अनुरोध छ |

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Buddhashanti-2, Jayapur
Jhapa District