24/09/2026
आदरणीय अभिभावकज्यूहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थी नानीबाबुहरू
नमस्कार।
देशभर भारी वर्षा तथा प्रतिकूल मौसम रहने पूर्वानुमान तथा यसबाट बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोध लगायतका जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट जारी सार्वजनिक सूचना तथा बिर्तामोड नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा एवम् बिर्तामोड प्याब्सनबाट प्राप्त निर्देशनअनुसार विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले मिति २०८३ साल असोज ९ गते शुक्रबार विद्यालयमा एक दिन बिदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
यस अवधिमा सम्भवत असोज ११ गतेसम्म, सम्पूर्ण विद्यार्थीहरूलाई घरमै सुरक्षित रहन तथा अभिभावकज्यूहरूलाई आफ्ना नानीबाबुहरूलाई नदी, खोला, पोखरी, डुबान क्षेत्र तथा अन्य जोखिमयुक्त स्थानमा जान नदिनुहुन र प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमप्रति विशेष सतर्कता अपनाई सुरक्षामा आवश्यक ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
अनुप शर्मा
प्रिन्सिपल