Shree Mahendra Jyoti Secondary School

Shree Mahendra Jyoti Secondary School

Share

विद्या धनम् सर्व धनम् प्रधानम् ।

Photos from Shree Mahendra Jyoti Secondary School's post 29/01/2026

विद्यालय विदा रहने सम्बन्धी सूचना!

मिति २०८२/१०/१६ गते शुक्रबार सहिद दिवसको अवसरमा सार्वजनिक विदा तथा मिति २०८२/१०/१८ गते आइतबार सन्थाल जातिहरूको महान पर्व सोहरायको अवसरमा स्थानीय विदा (मिति २०८२/१०/१२ गते बिर्तामोड नगरपालिकाबाट प्रकाशित सूचना अनुसार) भएकाले उक्त दुई दिन विद्यालय विदा हुने व्यहोरा सम्बन्धित सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक एवम् विद्यार्थीवर्गमा यसै सूचना मार्फत सूचित गरिन्छ ।

साथै २०८२/१०/१९ गते सोमबारबाट पूर्ववत रूपमा विद्यालय सञ्चालन हुने जानकारी गराईन्छ ।

सहिद दिवसको अवसरमा सम्पूर्ण ज्ञात तथा अज्ञात सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

सन्थाल जातिहरूको महान पर्व सोहरायको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

- विद्यालय प्रशासन

25/01/2026

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) को समय तालिका ।

22/01/2026

हार्दिक निमन्त्रणा!

वसन्त पञ्चमी तथा सरस्वती पूजा-२०८२ को पावन अवसरमा भोलि मिति २०८२ साल माघ ०९ गते, शुक्रबार विहान ठीक ०७:०० बजे विद्यालयमा आयोजना गरिएको सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रममा सम्पूर्ण विद्यार्थी, पूर्व-विद्यार्थी, अभिभावक, शिक्षक/कर्मचारी, पूर्व शिक्षक/कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी तथा पूर्व पदाधिकारी, दाता परिवार तथा शुभेच्छुकवर्गमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।

महेन्द्र ज्योति माध्यमिक विद्यालय परिवार
बिर्तामोड-१०, सैनिक बजार, झापा

20/01/2026

सरस्वती पूजाको पावन अवसरमा अक्षरारम्भ सहित कक्षा बालविकासमा निःशुल्क भर्ना!

19/01/2026

हिउँदे बिदा सकिएसँगै भोलि मिति २०८२/१०/०६ गते, मंगलबारबाट विद्यालय नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक एवम् शिक्षक तथा कर्मचारी वर्गमा यसै सूचना मार्फत सूचित गरिन्छ ।
- विद्यालय प्रशासन

03/01/2026

कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र आंशिक/ग्रेडवृद्धि तर्फका परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम २०८२ साल पुस २५ गतेसम्म भर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजात:
नियमित विद्यार्थीहरुका लागि:
१. पासपोर्ट साइज फोटो – २ प्रति
२. कक्षा ११ को ग्रेडसिटको प्रतिलिपि – १ प्रति
३. रजिष्ट्रेशन स्लिपको प्रतिलिपि - १ प्रति
४. आवश्यक आवेदन दस्तुर

आंशिक/ग्रेडवृद्धि विद्यार्थीहरुका लागि:
१. पासपोर्ट साइज फोटो – २ प्रति
२. कक्षा १२ को NG आएको ग्रेडसिटको प्रतिलिपि – १ प्रति
३. रजिष्ट्रेशन स्लिपको प्रतिलिपि - १ प्रति
४. आवश्यक आवेदन दस्तुर
- विद्यालय प्रशासन

01/01/2026

अत्याधिक जाडो बढेकोले बिर्तामोड नगरपालिका नगर प्रमुख स्तरीय निर्णय अनुसार मिति २०८२/०९/१६ गतेदेखि १८ गते शुक्रबारसम्म पठनपाठन विदा दिइएकोमा मौसम अनुकुल भएका कारण आज मिति २०८२/०९/१७ गतेदेखि विद्यालयको पठन-पाठन कार्य साविक समयमा सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक एवंम् कर्मचारीहरुमा यसै सूचना मार्फत सूचित गरिन्छ ।
- प्रधानाध्यापक

Photos from Shree Mahendra Jyoti Secondary School's post 31/12/2025

बिर्तामोड नगरपालिकाको सोह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा तपसिल अनुसारका पदकहरु ल्याएर नगरमै द्वितीय स्थान हाँसिल गर्न सफल महेन्द्र ज्योति माध्यमिक विद्यालय, बिर्तामोड-१०, सैनिकबजार ।

विद्यालयलाई नगर द्वितीय बनाउन दिन रात खटिनुहुने खेलाडी भाइ बहिनीहरू, खेलकुद प्रशिक्षक, शिक्षक तथा कर्मचारी साथीहरूलाई धेरै धेरै धन्यवाद!

तपसिल
🥇 स्वर्ण पदक (Gold Medal) - ७ (सात)
🥈 रजत पदक (Silver Medal) - ५ (पाँच)
🥉 कास्य पदक (Bronze Medal) - ४ (चार)

🥇एथलेटिक्स विधामा नगर प्रथम

30/12/2025

आदरणीय अभिभावकज्यूहरु, विद्यार्थी नानीबाबुहरू र शिक्षक तथा कर्मचारीज्यूहरु,

अत्याधिक जाडो बढेकोले बिर्तामोड नगरपालिका नगर प्रमुख स्तरीय निर्णय अनुसार मिति २०८२/०९/१६ गतेदेखि १८ गते शुक्रबारसम्म ३ दिन हिउँदे/बर्षे विदाबाट कट्टा हुने गरी विद्यालयको सम्पूर्ण पठन-पाठनका कार्य विदा हुने जानकारी गराइन्छ ।

पौष १८ गते बाट गर्ने भनिएको दोश्रो त्रैमासिक परीक्षाको संशोधित तालिका विद्यालय लागेको दिन (२०८२ साल पौष २० गते आईतबार) प्रकाशन गरिने छ ।

विदा सकिए लगत्तै परीक्षा हुने भएकाले यो विदाको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर नगइ पढाइमा ध्यान दिनुहुन सम्पूर्ण विद्यार्थीहरुलाई सूचित गरिन्छ ।
- प्रधानाध्यापक

03/11/2025

शोक विदा सम्बन्धी सूचना!

बिर्तामोड नगरपालिकाको मिति २०८२/०७/१७ गतेको सूचना अनुसार श्री देवी माध्यमिक विद्यालय, बिर्तामोड-५ मा कार्यरत शिक्षक श्री सरिता पोख्रेल आचार्यको मिति २०८२/०७/१६ गते असामयिक निधनको दु:खद् खबरले विद्यालय परिवार स्तब्ध एवंम् मर्माहत भएको छ । स्व. शिक्षक सरिता पोख्रेल आचार्यको असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं ।

मिति २०८२/०७/१७ गतेको बिर्तामोड नगरपालिकाको नगरप्रमुख स्तरीय बैठकको निर्णयानुसार बिर्तामोड नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरूमा मिति २०८२/०७/१८ गते, मंगलबार शोक विदा दिने निर्णय भए बमोजिम उक्त एक दिन शोक विदा गरिएको व्यहोरा जानकारी गराइन्छ ।

नोटः मिति २०८२/०७/१९ गते बुधबारबाट पूर्ववत् रूपमा विद्यालय सञ्चालन हुनेछ ।

- विद्यालय प्रशासन

28/10/2025

कक्षा १० को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा शै.स. २०८२ मा यस विद्यालयमा कक्षा १० मा अध्ययनरत नियमित तथा आंशिक/ग्रेडवृद्धि तर्फका सम्पूर्ण विद्यार्थीहरूको मिति २०८२ चैत्र महिनामा सञ्चालन हुने वार्षिक परीक्षा [SEE] मा सामेल हुनका लागि मिति २०८२/०८/३० गते भित्रमा परीक्षा आवेदन फाराम भर्न हुन सूचित गरिन्छ ।

तपसिल
फाराम भर्न आवश्यक कागजातहरू
१) पासपोर्ट साइजको फोटो - २ प्रति
२) विद्यार्थीको जन्मदर्ताको फोटोकपि - १ प्रति
३) कक्षा ८ को ग्रेडसिटको फोटोकपि - १ प्रति
४) आवश्यक राजश्व रकम

23/09/2025

मिति २०८२/०६/०७ गते देखि २०८२/०७/११ गते सम्म विजयादशमी, शुभ-दिपावली एवंम् छठ पर्व २०८२ को उपलक्ष्यमा विद्यालयको पठनपाठन तथा प्रशासनिक कार्य स्थगन गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णमा यसै सूचना मार्फत सूचित गरिन्छ ।
विजयादशमी, शुभ-दिपावली, एवंम् छठ पर्व २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु, विद्यार्थी, अभिभावक, शिक्षक एवंम् कर्मचारीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ !
विद्यालय प्रशासन
श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय
बिर्तामोड -१०, सैनिकबजार, झापा

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Sainik-Goldhap Road
Jhapa District
57204

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 14:40