बुसान कोरियन भाषा केन्द्र

बुसान कोरियन भाषा केन्द्र

Share

Question bank practice , online classes , UBT classes . Basic Advance all courses by same teacher

02/10/2024

दक्षिण कोरियाली सरकारले सन् 2025 का लागि कोरियाको न्युनतम तलब २० लाख छयानब्बे हजार दुईसय ७० कोरियन वोन तोकेको छ।जसको नेपाली रुपैयाँ हुन आउँछ।करिब २ लाख १०००० रुपैयाँ विभिन्न देशहरुबाट ईपीएसमार्फत आउने कामदारले पनि प्राप्त गर्ने न्यूनतम तलब यही हो। यसमा कम्पनीमा चल्ने ओभर टाइमको आधारमा थप हुँदै जाँदा नेपालीले ३०, ४० र ५० लाख वनसम्म पनि कमाउने गर्दछन् ।
यसैबीच मजदुरलाई नेपाली करिब २ लाखभन्दा बढी न्यूनतम तलब निर्धारण गर्ने देश दक्षिण कोरियाका राष्ट्रपति.प्रधानमन्त्री, मन्त्री र सांसदहरुको तलब कति हुन्छ उत्सुकताको विषय हो । हरेक वर्ष सम्पूर्ण किसिमका तलब हरु हेरफेर गर्ने गरिन्छ।
सन् 2024 का लागि कोरियाली राष्ट्रपति यून सक यल. को बार्षिक तलव तोकिएको छ ।25करोड ५० लाख कोरियन वन अर्थात नेपाली २ करोड ६० लाख यसको मासिक हिसाव गर्दा हुन आउँछ। नेपाली एक्काइस लाख एकाउन्न हजार यसरी हेर्दा कोरियाली राष्ट्रपति यून सक यल ले नेपाली एक्काइस लाख एकाउन्न हजार मासिक तलब प्राप्त गर्दछन्। राष्ट्रपतिले प्राप्त गर्ने यो तलबबाहेक विभिन्न सेवा, सुविधा तथा भत्ता पनि यसमा जोडिएको छैन। त्यस्तै प्रधानमन्त्री हान डक. सुको वार्षिक तलब छ ।एक्काइस करोड एकाउन्न लाख सन्तानब्बे हजार कोरियन वन अर्थात नेपाली २ करोड १७ लाख उनानब्बे हजार यसलाई मासिक तलवमा हिसाव गरी हेर्ने हो भने १ करोड.उनासी लाख तेत्तीस हजार कोरियन वोन अर्थात नेपाली १८ लाख १५००० यसरी कोरियाली प्रधानमन्त्रीको तलब बन्न जान्छ। नेपाली १८ लाख १५००० प्रति महिना।
त्यस्तै ३०० जनाको सिट रहेको कोरियाली संसद्को सांसदहरुका बार्षिक तलब पनि तोकिएको ६ कोरियाली सांसदहरुको तलब वार्षिक १६ करोड पन्चानब्बे लाख पैसठ्ठी हजार कोरियन वन ।हुन्छ जसको नेपाली रुपैयाँ हुन आउँछ १ करोड एकहत्तर लाख बयानब्बे हजार यही वार्षिक तलबलाई मासिक तलबमा रूपान्तर गर्ने हो भने.कोरियन उनमा १ करोड एकचालीस लाख तीस हजार नेपाली रुपैयाँमा १४ लाख १३००० हुन्छ। यसरी कोरियाली सांसदहरुको तलब नेपाली रुपैयाँ १४ लाख १३००० अर्कोतर्फ कोरियाको सरकारी कर्मचारीहरुको श्रेणी अनुसार पहिलो श्रेष्ठले अधिकतम ७ लाख ५०००० नेपाली रुपैयाँ र ९ श्रेणीले न्यूनतम.१ लाख एकासी हजार रूपैयाँ प्राप्त गर्नेछ.

21/09/2024

इपिएस ( eps) सम्बन्धि महत्त्वपूर्ण जानकारी ।🇳🇵🇰🇷

⚛️ कृषि तथा पशुपालन , सेवा छेत्र,शिप बिल्डिङसहित उत्पादनमूलक क्षेत्रमा लगभग २ हजार जनाको इस्यु ( issue) भएको छ।

☯️ कोरियाले हाल कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमुलक छेत्रमा नेपाली युवाको बढि माग गरिहेको छ । मागको अनुपात हेर्दा नेपालको स्थान ५ औं स्थानमा पुगेको भए पनि हाल १६ देशमध्ये पहिलो स्थानमा रहेको पाइएको छ । यसैगरी सिबिटी(CBT) क्षेत्रका नेपाली कामदारको माग भइ परिक्षा हुने क्रममा रहेको शाखाले जनाएको छ ।

✡️नेपालबाट हाल कोरिया जाने प्रक्रिया पूरा गरेका लगभग २० हजार युवा रोष्टरको ( roster) प्रतीक्षासूचीमा छन् ।

☮️नेपालबाट ईपिएस(eps) भाषा परीक्षामा धेरै आवेदन पर्न थालेपछि आगामी वर्ष २०२५ देखि रोजगार अनुमति प्रणाली अन्तर्गत रोजगारीका लागि कोरिया जान चाहने नेपाली कामदारका लागि सबै क्षेत्रको आवेदन एकै पटक खुला गरिने भएको छ । क्षेत्रअनुसार आवेदकले आफूले चाहेको क्षेत्रमा आवेदन दिन सक्नेछन् । शाखाले धेरै क्षेत्रका लागि एकै पटक आवेदन माग गर्दा कोटासमेत बढी आउने र सबैले क्षेत्रअनुसार आवेदन दिन सक्ने जनाएको छ । आगामी वर्षदेखि भने सबै क्षेत्रको आवेदन एकै पटक आह्वान गरिने भएकाले आवेदकले चाहेको एक क्षेत्रमा मात्र आवेदन दिन सक्नेछन् ।

✳️ कुन sector मा कति issue भएको भन्ने बारेमा केही दिन पछि थाहा पाउन सकिने छ।

゚ CBT UBT question and info

Photos from बुसान कोरियन भाषा केन्द्र's post 06/05/2024
23/04/2024
27/03/2024

E-7 भिसालाई ईपीएस प्रणाली मार्फत लैजान श्रम मन्त्री आर्यालको आग्रह ।

रोजगार अनुमति प्रणाली (ईपीएस) लाई व्यवस्थित गरेर थप कामदार लैजाने विषयमा छलफल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेई–योङसँगको भेटमा ईपीएसलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको हो ।
मन्त्री अर्यालले ईपीएस प्रणालीबाटै ई–७ भिसा प्रणालीलाई पनि आबद्ध गराउने विषयमा जिज्ञासा राखेका थिए । जवाफमा राजदूतले ई–७ लाई ईपीएस प्रणालीलाई आबद्ध गराउन समय लाग्ने बताउँदै जुनसुकै प्रणालीबाट आफ्नो देशमा कामदार पठाउँदा पनि नेपाली श्रमिकलाई अनावश्यक आर्थिक भार नपरोस् भन्नेमा आफूहरू सचेत रहेको बताएका थिए ।

मन्त्री अर्यालले दक्षिण कोरिया भ्रमणमा जाने नेपालीहरूको भिसा प्रक्रिया सरलीकरण गरिदिन समेत अनुरोध गरेका थिए ।

23/03/2024

#होसियार #सावधान 😀

E-7 को नाममा नक्कली डीमान्लेटर बनाएर कोरियाको कानुन बीपरीत ठगीकार्य हुन थालेको छ स्मरण रहोस- पुर्ब श्रम मन्त्री शरद सिंह भण्डारीले E-7 कामदारको रुपमा दक्षिण कोरिया पठाउने जिम्मा मेनपावर कम्पनीलाइ दिनको लागी एक कार्यबिधी बनाएका थिए । मन्त्री परिवर्तन सँगसँगै उक्त कार्यबिधी सम्बन्धि निर्णयमा बर्तमान सरकारले पुनर्बिचार गर्ने संकेत देखिएको छ ।

29/02/2024

कामदार छनोट प्रक्रिया(issue) आज बाट सुरु हुने !

✅ अब issue कसरी गरिन्छ त?
approval भएर roster मा रहेकाहरु यो issue ( कामदार छनोट प्रक्रियामा सहभागी हुने छ। approval भएका मध्यबाट company मा randomly file पठाइने छ।
ईस्यु(issue) प्रक्रिया :
(1) MEDIATION : यदि तपाईको एप्रुभ भन्दा तल जागिरको खोजि राज्य ( Job Search Progress ) मा Mediation देखाएमा तपाईको फाईल कम्पनिमा पुगेको हुन्छ। कम्पनिमा 1 जना कामदार चाहेको अवस्थामा 3 जनाको फाईल कम्पनिमा पठाउने गर्दछ। 2 जना चाहेमा 6 जना पठाउने छ। र 3 जनाको Mediaton भनेर देखाउदछ। र 3 जना मध्य कम्पनिले आफुलाई उपयुक्त लागेको 1 जना कामदार छनौट गर्नेछ। र उसको ईस्यु हुनेछ। बाकि 2 जना कम्पनिले रिजेक्ट गरेकाहरूको ईपीएस आईडि बाट Medation हटेर जान्छ। र एप्रुभमा झरि पुन रोस्टरमा राखि अन्य कम्पनिमा पठाउने गर्दछ।

(2)Hired : यदि तपाईको ईस्यु भएको छैन। तर जागिरको खोजि राज्य ( Job Search Progress ) मा Hired भनेर देखाएमा तपाईलाई कम्पनिले मलाई यो कामदार राखिदिनुस भनेर बुकिङ गरेर राखिसकेको हुन्छ। तपाईको ढिलो छिटो 99% ईस्यु हुने गर्दछ। तर तपाईलाई कम्पनिले बुकिङ गरेर राखिसकेता पनि कहिल्यै काही मान्छे चाहिएन भन्न सक्छ। त्यस्तो अवस्थामा Hired हटेर जान्छ। त्यो 1% मात्र हुने गर्दछ। नत्र Hired भैसकेपछि 100% ईस्यु हुने गर्दछ।

**इपिएस परिक्षामा उतिर्ण भई Roster Approved भै सकेका हरु सबैको LC issue होस् भन्ने कामना गर्दछौ ।**

29/02/2024

जापानले बर्षकाेे 20k जना मान्छे लाने भएपछि जापनिज भाषा सुरु गराै भनेकाे
फेरि काेरियाले काेटा बढाउने अास देखाइदियाे 😥😥🤣

29/02/2024

हार्दिक शुभकामना ‼️🇰🇷

आजबाट सुरु हुन गईरहेको सन् २०२४ को पहिलो चरणको(1st lot) उत्पादनमूलक तथा सिप बिल्डिङ्ग क्षेत्र तर्फको कामदार जारी प्रक्रियाको (Roster issues) सम्पूर्ण रोजगार दाताको छनौटमा पर्न योग्य तथा छनौटमा पर्न बाकि रहेका नेपालीहरुमा हार्दिक शुभकामना।
अत्याधिक नेपाली श्रमिकहरु दक्षिण कोरियाली रोजगार दाताको छनौटमा परेर चाँडै नै गन्तव्य मुलुक प्रवेश गर्ने बाटो खुलोस्।

कामदार जारी मिति: फेब्रुअरी २९ देखि मार्च ८ तारिख सम्म
कामदार जारी संख्या: उत्पादनमूलक क्षेत्रमा :२३२३२, सिप बिल्डिङमा : १५००

29/02/2024

New workers who enter Korea as a new issue from the date 2023-10-19 and workers who apply to the center to come to Korea from the same date cannot change the area. Company can be changed only within the designated area

28/01/2024

हप्तामा ३ दिन विदा दिनु पर्ने माग ‼️🇰🇷

दक्षिण कोरियाको एक राजनितिक दलले हप्तामा ३ दिन बिदा दिएर ४ दिन मात्र काम गर्न पाउने माग राखेको छ । बिशेष गरि पश्चिममा बिकसित मुलुकहरूमा यो नियम लागू छ । उक्त राजनीतिक दलले राखेको मागमा दक्षिण कोरियामा रहेका मजदुर संगठन केसिटियु र एमटियुले पुर्ण समर्थन जनाएका छन।

16/01/2024

HRD Service of Korea ले उत्पादनमूलक क्षेत्र तर्फको भाषा परिक्षाको कार्यतालिका फेब्रुअरी ५ मा प्रकाशित हुने जनाएको छ। भाषा परिक्षा भने तीन चरणमा सञ्चालन हुनेछ।

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kirat Chowk
Jhapa District

Opening Hours

Monday 05:00 - 17:00
Tuesday 05:00 - 17:00
Wednesday 05:00 - 17:00
Thursday 05:00 - 17:00
Friday 05:00 - 17:00
Sunday 05:00 - 17:00