भूपू बिद्यार्थी सक्रिय समूह, दुर्गा मा. वि. गरामनी - २०५४/५५/५६

भूपू बिद्यार्थी सक्रिय समूह, दुर्गा मा. वि. गरामनी - २०५४/५५/५६

Share

An active group of ex students of Durga Secondary School, Garamani, Jhapa formed in 2075 BS.

29/10/2025

सहयोगको अपिल 🙏

आदरणीय भूतपूर्व तथा वर्तमान विद्यार्थीहरू
दुर्गा माध्यमिक बिद्यालय
गरामनी , झापा

उपरोक्त विषयमा हामी पढ़ेको स्कूल श्री दुर्गा मा. वि. गरामनीका भौतिक संरचनाहरू जीर्ण तथा मर्मतसंभार को अवस्थामा रहको संपूर्णलाई अवगत नै छ।
यस विषयलाई मनन गरी हिजोबाट हाम्रा गुरु खिल प्रसाद सिवाकोटि को अगुवाईमा स्कूल रंगरोगन तथा मर्मत संभारको कार्यको शुरुवात भएको छ ।
तसर्थ हामी भूतपूर्व विद्यार्थी भएको नाताले हाम्रो पनी हाम्रो स्कूलप्रति केही कर्तव्य तथा जिम्मेवारी महाशूस गरी आ आफ़नो तर्फ़बाट सकेको सहयोग गरौ ।
आउनूस यो महान कार्यमा हातेमालो गरी अघि बढौ।
धन्यवाद 🙏

भूतपूर्व विद्यार्थी सक्रिय समूह परिवार
दुर्गा मा. वि.

26/08/2025

हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीवहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौ 🙏🌹🌺💐

भुपु बिद्यार्थी सक्रिय समुह
दुर्गा मा.वि. परिवार

15/08/2025

मलामी तथा अन्त्येष्टि बारे अत्यन्त ज़रूरी सूचना।

यस दुर्गा मा. वि. गरामनीमा अध्यापन गर्नुभएका भूतपूर्व शिक्षक तथा काञ्चनजंगा इङ्लिश स्कूल / नमुना कलेजका संस्थापक प्रिन्सिपल हाम्रा सम्माननीय गुरु श्री गुरुभक्त न्यौपानेको असामयिक निधन भएको खबरले हामी सबैलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ।
स्व. गुरुको आत्माको चिरशान्तिको लागि उहाँप्रती भुपु बिद्यार्थी सक्रिय समूह दुर्गा मा वि. परिवार भावपूर्ण श्रद्धाञ्जलि अर्पण तथा शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति श्री पशुपतिनाथले प्रदान गरून भनी गहिरो समवेदना व्यक्त गर्दछ ।

परिवारजनको अनुसार अन्त्येष्टि अनुष्ठान आजै १२:३० बजे कन्काइ आर्यघाटमा सम्पन्न गरिने जानकारी गरिन्छ।

यस दुखद घड़ीमा सबै शिक्षक, विद्यार्थी, अभिभावक, सहकर्मी तथा शुभेच्छुक महानुभावहरूलाई उपस्थित भई उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न हार्दिक अनुरोध गर्दछौं।

भुपु बिद्यार्थी सक्रिय समूह दुर्गा मा वि. परिवार।

Photos from भूपू बिद्यार्थी सक्रिय समूह, दुर्गा मा. वि. गरामनी - २०५४/५५/५६'s post 21/06/2025

बेदमाया नेपाल सहयोग रकम हस्तान्तरण गरीएको जानकारी सम्बन्धमा ।

मिति: ०७ असार २०८२ शनिबार

सम्पूर्ण मित्र तथा सहपाठी ज्यूहरू
भुपु विद्यार्थी सक्रिय समूह परीवार
दुर्गा मा. वि. गरामनी

हामी, भूपू विद्यार्थी सक्रिय समूह परिवार ले विगत दुई हप्ता अघिबाट दुर्गा मा वि गरामनीमा अध्ययन गरेकी भूतपूर्व विद्यार्थी तथा हाम्री सहपाठी वेदमाया नेपाल उर्फ़ प्रतिमा नेपाललाई सहयोग गर्ने हेतूले आर्थिक सहयोग अभियान जारी गरीएको र सो अभियान मार्फ़त जम्मा संकलित सहयोग रकम रू ७४३२१/- (अक्षरेपी चौहत्तर हजार तीन सय एक्काईस) आज सम्बंधित व्यक्तिलाई हस्तांतरण गरीएको सम्पूर्ण मित्र तथा सहपाठी ज्यूहरूमा जानकारी गर्दछौ ।

उपस्थिति:
राजु उप्रेती
कल्पना मैनाली
डिल्ली पौडेल
निकुंजा शर्मा ढुंगाना
लक्ष्मी आचार्य
अनुप सापकोटा
गणेश बाराकोटी
डम्बर भण्डारी

भुपु बिद्यार्थी सक्रिय समुह परिवार
दुर्गा मा.वि.गरामनी

20/06/2025

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम!

सम्पूर्ण मित्र तथा सहपाठी ज्यूहरू
भुपु विद्यार्थी सक्रिय समूह परीवार
दुर्गा मा. वि. गरामनी

हामी, भूपू विद्यार्थी सक्रिय समूह परिवार ले विगत दुई हप्ता अघिबाट दुर्गा मा वि गरामनीमा अध्ययन गरेकी भूतपूर्व विद्यार्थी जो क्यांसर जस्तो भयानक रोगसंग लड़ीरहकी हाम्री सहपाठी वेदमाया नेपाल उर्फ़ प्रतिमा नेपाललाई सहयोग गर्ने हेतूले आर्थिक सहयोग अभियान जारी गरीएको र उक्त संकलित सहयोग रकम तपशील बमोजिम हस्तांतरण गरीने भएकोले सम्पूर्ण मित्र तथा सहपाठी ज्यूहरूमा गरिमामय उपस्थितिको लागी अनुरोध छ ।

तपशील:
मिति: ०७ असार २०८२ शनिबार (भोली)
समय: बिहान ठीक ८ बजे
स्थान: नेपाल चोक

सेवा तथा सहयोग नै मानवीय धर्म हो!

भुपु बिद्यार्थी सक्रिय समुह परिवार
दुर्गा मा. वि. गरामनी

04/10/2024

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम!

बिर्तामोड नगरपालिका ९ निवासी खेमबहादुर दर्जी जो दुई ओटा मृगौला फेल भई डाईलासीस गरिरहनु भएको र वहाँको श्रीमती सरीता दर्जी जसको पाठेघरको ट्यूमर(क्यान्सर)को शाल्यक्रिया गरिएको छ।
यो परिवारको अवस्था अत्यन्त दयनीय भएको कारणले हाम्रो ग्रुपले आर्थिक सहयोग गर्ने योजना अनुरूप संकलित रकम निम्न मिति र स्थानमा हस्तान्तरण गर्ने कार्यक्रम भएकोले यस ग्रुपमा आवद्ध सम्पूर्ण साथीहरुलाई निम्न मिति र स्थानमा उपस्थिति हुन अनुरोध छ:
मिति: २०८१ असोज १९ गते
समय: दिनको ठीक १२ बजे
स्थान: बाठोबारी, बिर्तामोड़- ०९

सेवा नै मानवीय धर्म हो!

भूपू बिद्यार्थी सक्रिय समूह परिवार
दुर्गा माबी, गरामनी

28/03/2024

आजबाट शुरु भएको SEE परिक्षामा सामेल ४ लाख ८९ हजार बिद्यार्थी भाईबहिनीहरुलाई सफलताको हार्दिक शुभकमाना💐

23/02/2024

दादुरा-रुबेला खोप अभियानमा आफ्ना बच्चाहरुलाई अनिवार्य खोप लगाउनुहोला

14/02/2024

ज्ञान, बुद्धि, विवेक र संगीतको महापर्वको अवसरमा संपूर्णमा सरस्वती पूजा तथा वसन्त पञ्चमीको हार्दिक शुभकामना!
May the blessings of Goddess Saraswati bring knowledge, wisdom, and spiritual enlightenment in our lives 📖 😇
Happy Saraswati Puja to everyone. 🙏

भूपू बिद्यार्थी सक्रिय समूह परिवार
दुर्गा मा. वि. गरामनी

#सक्रियसमूहपरिवार
#भूपूबिद्यार्थीदुर्गामावि
#सरस्वतीपुजा

Photos from भूपू बिद्यार्थी सक्रिय समूह, दुर्गा मा. वि. गरामनी - २०५४/५५/५६'s post 02/02/2024

भूपू बिद्यार्थी सक्रिय समूहको अगुवाईमा आज सम्पन्न भएको सहिद नेत्रपार्क बृहत् श्रमदान अभियानका झलकहरु।
श्रमदान अभियानमा साथ दिने सम्पूर्ण मित्र तथा अग्रजहरुलाई धन्यवाद🙏
सेवा नै धर्म हो!

#सक्रियसमूहपरिवार
#भूपूबिद्यार्थीदुर्गामावि
#सहिदनेत्रपार्कसरसफ़ाईतथाप्रबर्द्धनअभियान

01/02/2024

सम्पूर्णमा जानकारी!

मित्रहरु, सहिद नेत्रपार्क प्रवर्द्धनको लागी बृहद श्रमदान अभियान गत माघ ८ गते देखी भइरहेको संपूर्णलाई सर्वविविद नै छ।
तसर्थ यस अभियानलाई साथ दिन भूपू बिद्यार्थी सक्रिय समूह दुर्गा मावि ले आउदो शुक्रबार २०८० माध १९ गते श्रमदान गर्ने निर्णय भएको सम्पूर्ण साथीहरुलाई जानकारी गराइंछ।
तसर्थ सक्रिय समूहको सम्पूर्ण साथीहरु शुक्रबार दिनको ठीक ११:०० बजे बिहान सहिद नेत्रपार्कमा भेला हुन अनुरोध छ।

#सक्रियसमूहपरिवार
#भूपूबिद्यार्थीदुर्गामावि
#सहिदनेत्रपार्कसरसफ़ाईतथाप्रबर्द्धनअभियान

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Jhapa District
57204