District Scout Office, Jhapa

District Scout Office, Jhapa

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from District Scout Office, Jhapa, Bhadrapur, Jhapa District.

Photos from District Scout Office, Jhapa's post 31/01/2021

मिति २०७७ माघ १७ गते शनिवार झापा जिल्ला स्काउट कार्यालयको भवनमा झापा जिल्लामा हाल सक्रिय रुपमा ट्रुपमा संलग्न स्काउटरहरुको भेला सम्पन्न भएको छ । जिल्ला आयुक्त भुवन सुव्वाको अध्यक्षतामा सम्पन्न सो भेलाको प्रमुख अतिथि राष्ट्रिय प्रशिक्षक तथा नेपाल स्काउट प्रदेश नं १ तदर्थ समितिका सल्लाहकार श्री शिव कुमार पौड्याल सर तथा नेपाल स्काउट प्रदेश नं १ तदर्थ समितिका सदस्यद्वय अरुण वस्नेत,केसी श्रेष्ठ र जिल्ला कार्यकारी समितिका पदाधिकारीहरु अतिथि रहनु भएको थियो । जिल्ला सामुदायिक विकास आयुक्त संध्या भण्डारीले स्वागत गर्नु भएको सो कार्यक्रम संचालन स्काउटर शिवानी देवानले गर्नु भएको थियो ।
सो भेलामा नेपाल स्काउटको वर्तमान अवस्था वारे छलफल गर्दै जिल्लाका स्काउटरहरुको तर्फवाट नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयलाई दिइने सुझाव संकलन गर्नुका साथै हालको विद्यमान परिस्थिीतीका साथै ऐन तथा नियमावलीमा आवश्यक संशोधनका लागि राष्ट्रिय प्रधान कार्यालयलाई सुझाव दिइने निर्णय गरियो ।
साथै कारोनाको महामारीले गर्दा जिल्लामा सुषुप्त अवस्थामा रहेको स्काउटिंग क्रियाकलापहरुलाई अबका दिनहरुमा विस्तारै प्याक, ट्रुप तथा क्रयुहरु नियमितरुपमा संचालन गर्ने समेत निर्णय गरियो ।

26/01/2021

झापा जिल्लाका स्काउटरज्यूहरुको भेला सम्वन्धी अत्यन्त जरुरी सूचना

यहि २०७७ माघ १७ गते झापा जिल्ला अन्तर्गत संचालित दलहरुको स्काउटरहरुको भेला जिल्ला स्काउट कार्यालयको भवन भद्रपुरमा हुने भएको हुदाँ सम्पूर्ण स्काउटरज्यूहरुलाई माघ १७ गते ११ वजे पूर्ण स्काउट पोशाकमा उपस्थित भइदिनुहुन सादर अनुरोध छ ।

20/01/2021

सम्पूर्ण स्काउटरज्युहरुमा अनुरोध
तल दिइएको लिंकमा गई आफना सम्पूर्ण व्वाय तथा गर्ल स्काउटहरुलाई सो फारम भर्न लगाइदिनहुन अनुरोध छ ।

📣OPEN CALL TO FILL THE SURVEY ON YOUTH PROGRAM OF BOY/GIRL SCOUTS📊

👉Link📌: 🔗 http://bit.ly/35QY59B

Attn: ⚜️Dear Fellow Scouts,
Attn: ⚜️Dear Scout Leader, please encourage your scouts in the Troop to fill the survey form:

ℹ️ This survey is being administered across Boy and Girl Scouts all over Nepal to get a better understanding of the applicability of the Youth Program of Boy / Girl Scout Section and its relevance and compatibility with the Youth in Nepal. The questionnaire asks for information about:

• The educational programs offered by Nepal Scouts;
• Adaptability of the Program;
• Skills needed for the dynamic environment;
• The use of technology and the obstacles in this area;
• Some pedagogical and administrative practices.

👉How will the information be used?
Your information will help reveal outdated programs in scouting and the need for new set skills required to cope with a challenging environment.

👉By filling out this questionnaire you also contribute to Youth Program by identifying and developing indicators and benchmarks in key issues in education to help in improving scouting in Nepal.

Photos from District Scout Office, Jhapa's post 23/10/2020

हार्दिक वधाई तथा शुभकामना
नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति द्वारा गठन गरिएको प्रदेश स्काउट सल्लाहकार समिति प्रदेश १ मा यस जिल्लाका राष्ट्रिय प्रशिक्षकद्वय श्री शिवकुमार पौड्याल सर र शकुन्तला सुव्वा म्याम साथै प्रदेश स्काउट तदर्थ समिति प्रदेश १ को सदस्यमा यस जिल्लाका स्काउटरद्वय जिल्ला संगठन आयुक्त अरुण वस्नेत तथा स्काउटर केसी श्रेष्ठ चयन हुनु भएको हुदाँ जिल्ला स्काउट झापाको तर्फवाट नियुक्त हुनु भएको सम्पूर्णलाई हार्दिक वधाइका साथै कार्यकालको सफलताको शुभकामना

15/10/2020

Scouts, are you ready for the 2020?

A gentle reminder to be safe online during the event.

The Jamboree On The Internet (JOTI) allows to connect & learn together from around the globe. 🖥🌎📱 Be prepared to be everyday & during this year's JOTA-JOTI! ⚜️ Get your "Being Safe Online" certificate: scout.org/elearning_beingsafeonline

➡️ Scout Leaders: find more resources on keeping Scouts Safe From Harm at services.scout.org/service/6

06/10/2020

JOTA-JOTI is only the most exciting digital Scouting event there is, and it's only 10 days away! 🤩 Have you registered yet? You do NOT want to miss this! 📻👨‍💻 Save your spot at jotajoti.info 📝

Jota-Joti Worldscout

04/10/2020

नेपाल स्काउट जिल्ला स्काउट कार्यालय, झापाको आयोजनामा संचालन भई रहेको को Capacity Building Webinar Series को मिति २०७७ असोज २० गते मंगलवार हुने तेस्रो सेसन

03/10/2020

नेपाल स्काउट जिल्ला स्काउट कार्यालय, झापाले संचालन गरि रहेको Capacity Building Webinar Series को आज २०७७ असोज १७ गते हुने दोस्रो सेसन

02/10/2020

नेपाल स्काउट जिल्ला स्काउट कार्यालय झापाले झापा जिल्लामा स्काउटिङ्ग संचालन गरि रहनु भएको स्काउटर (स्काउट शिक्षक) हरुको क्षमता अभिवृद्धि गर्ने हेतु यहि २०७७ असोज १५ गते देखि कार्तिक ६ गते सम्म भर्चुअल Zoom मार्फत संचालन हुने Capacity Building Webinar Series को उद्घाटन कार्यक्रम २०७७ असोज १५ गते सम्पन्न ग¥यो ।
जिल्ला स्काउट कार्यालय, झापाका जिल्ला आयुक्त भुवन सुव्वा खरेलज्युको अध्यक्षतामा सम्पन्न सो उद्घाटन सत्रको प्रमुख अतिथि राष्ट्रिय तर्दथ समिति नेपाल स्काउटका संयोजक श्री लोक बहादुर भण्डारी सर रहनु भएको थियो । जिल्ला कार्यकारी समिति, झापाका पदाधिकारीहरुको उपस्थिती रहेको सो उद्घाटन सत्रमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा जिल्ला कार्यकारी समिति झापाका सदस्य श्री शिव कुमार पौड्यालज्युबाट प्रमुख अतिथि लगायत सहभागि सम्पूर्णलाई स्वागत तथा कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो भने प्रमुख अतिथिज्युवाट कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । सभाध्यक्ष भुवन सुव्वा खरेलले धन्यवाद ज्ञापन गर्दै उद्घाटन सत्रको समापन गर्नु भएको सो कार्यक्रमको संचालन जिल्ला संगठन आयुक्त अरुण वस्नेतले गर्नु भएको थियो ।
यहि असोज १५, २०७७ देखि कार्तिक ६, २०७७ सम्म संचालन यो Capacity Building Webinar Series को हरेक मंगलवार, विहिवार तथा शनिवार सेसन हुनेछ । जिल्ला समन्वय आयुक्त श्री गंगाराम राई संयोजक रहनु भएको यस Capacity Building Webinar Series मा नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको पूर्ण प्राविधिक तथा अन्य सहयोग रहेको छ । हरेक दिनको सेसनमा सो विषयमा विज्ञ रहनु भएका नेपाल स्काउटका राष्ट्रिय तथा सहायक राष्ट्रिय प्रशिक्षकज्युहरु वक्ताको रुपमा रहनु हुनेछ ।

REGISTRATION FORM 16/09/2020

जिल्ला स्काउट कार्यालय झापा अन्तर्गतका सम्पूर्ण स्काउटरज्यूहरु ।

यस जिल्ला स्काउट कार्यालय झापा भित्र कार्यरत रहनुभएका स्काउटरज्यूहरुको क्षमता अभिबृद्धि गर्ने हेतुले आगामी २०७७ साल असोज दोस्रो हप्तादेखि क्षमता अभिबृद्धि तालिम संचालन हुने हुदाँ उक्त तालिममा अनिवार्य सहभागीका लागि अनुरोध छ । तालिम प्रत्येक हप्ताको ३ दिन आइतबार, मंगलबार र विहिवार दिनको ४ः०० बजे देखि ५ः३० बजेसम्म जुम Zoom मार्फत हुने पनि जानकारी गराइन्छ ।
सो तालिममा सहभागि हुनका लागि जिल्ला स्काउट कार्यालय झापा अन्तर्गतका सम्पूर्ण स्काउटरज्यूहरुले यसै साथमा रहेको रजिष्ट्रेशन फारम भरि यहि २०७७ असोज ७ गते भित्र अनिवार्य रुपमा पठाइदिन हुन अनुरोध छ ।

REGISTRATION FORM CAPACITY BUILDING WEBINAR SERIES

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Bhadrapur
Jhapa District
BHADRAPUR,JHAPA