श्री लक्ष्मी प्रसाद देवकोटा नमुना माध्यामिक बिद्यालय

श्री लक्ष्मी प्रसाद देवकोटा नमुना माध्यामिक बिद्यालय

Share

LPDSS याे नेपालकाे पुर्व दक्षिण मा अवस्थित झापा जिल्लाकाे कचनकवल गाउँपालिका काे वडा नं २ मा अवस्थित छ ।

23/06/2026

सूचना ! सूचना !! सूचना!!!

Photos from श्री लक्ष्मी प्रसाद देवकोटा नमुना माध्यामिक बिद्यालय's post 19/06/2026

Observation of Onion Cell (Grade-8)
​facilitated by Reshma Rajbanshi mam👍💐

19/06/2026

हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!
शैक्षिक सत्र २०८२ को कक्षा १२ को नतिजामा सामुदायिक विद्यालयहरूको तर्फबाट उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयकी छात्रा सरस्वती राजवंशी सहित सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दछौं। यस उपलब्धि हासिल गर्न हरतर्वले सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छौं।
सफल सबै विद्यार्थीहरूलाई पुनः एकपटक हार्दिक बधाई!
विद्यालय परिवार

Photos from श्री लक्ष्मी प्रसाद देवकोटा नमुना माध्यामिक बिद्यालय's post 19/06/2026

आजको विशेष दिन .....❤️
१.विद्यालयमा ७५औं स्काउट दिवस विविध कार्यक्रमका साथ सफलतापूर्वक मनाइयो। यस अवसरमा कक्षा १- ८ को हाजिरी जवाफ प्रतियोगिता र विद्यालयमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यस कार्यक्रमबाट स्काउटका आदर्श, अनुशासन, सेवा र नेतृत्वको भावनालाई अझ सुदृढ बनाउने प्रेरणा प्राप्त भयो।

२.हाम्रो विद्यालय परिवारका स्टाफ सदस्य छत्रवती राजवंशीको शुभ वैवाहिक जीवनको सुरुवातको अवसरमा हार्दिक बधाई तथा सुखद, सफल र समृद्ध दाम्पत्य जीवनको विद्यालय परिवारको तर्फबाट शुभकामना व्यक्त गर्दछौं।

३. साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूकी नातिनीको गुन्युचोलीको शुभ अवसरमा पनि हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, उज्ज्वल भविष्य र सुख-समृद्धिको कामना गर्दछौं।

18/06/2026

विद्यालय सहयोगी कर्मचारीको आवश्यकता सम्बन्धी सूचना!!

13/06/2026

शैक्षिक सत्र २०८३ मा कक्षा ११ मा भर्ना लिएका विद्यार्थीका लागि सुचना !!!
----
१. यस विद्यालयको कक्षा ११ को पठनपाठन २०८३ असार १ गते सोमबारबाट शुरु हुनेछ !

२. कक्षा सन्चालन समय बिहान १० बजे देखि रुटिनअनुसारको समयसम्म हुनेछ !

३. विद्यार्थीले समयमै विद्यालय प्रवेश गरिसक्नुपर्नेछ !

४. विद्यार्थी विद्यालयले तोकेको पोशाकमा आउनुपर्नेछ ! भर्नाको समयमा गराइएको जानकारी तथा भर्ना फारममा उल्लेख भएका विद्यार्थी अनुशासनका व्यवस्था पालना गर्नुपर्नेछ !

५. Management( computer science, business) र Education( opt english ,opt nepali ) मा विद्यार्थीहरू भर्ना हुन सकिने व्यहोरा जानकारी गराउँदछौँ।

६. विद्यालयमा मोबाइल फोन लिएर आउन पाइनेछैन !

७. विद्यार्थीलाइ अनिवार्य बिषयका पाठ्यपुस्तक (नेपाली, अङ्रेजी, सामाजिक) वितरण गरिनेछ ।

८. विद्यालयमा विद्यार्थी कोटा पुरा भए लगत्तै भर्ना स्वत: बन्द हुनेछ !

#कक्षा ११ मा भर्ना भएका सम्पुर्ण विद्यार्थीलाइ हार्दिक स्वागत छ !

11/06/2026

जरुरी सूचना! ! !
यही मिति २०८३ साल असार १ गतेबाट सञ्चालन हुन लागेको एस ई ई ग्रेडवृद्धि परीक्षाको प्रवेश पत्र वितरण भोलि जेठ २९ गते शुक्रवार गरिने भएकाले सम्बन्धित परीक्षार्थीहरूले विद्यालयमा आई प्रवेश पत्र बुझि लिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।

09/06/2026

कक्षा ११ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरिएको सूचना!!!

08/06/2026

SEE ग्रेड वृद्धि दिने विद्यार्थीहरूका लागि सूचना!!!
परीक्षा केन्द्र : वीरेन्द्र माध्यमिक विद्यालय भद्रपुर
परीक्षा मिति : २०८३/०३/०१ देखि...

Photos from श्री लक्ष्मी प्रसाद देवकोटा नमुना माध्यामिक बिद्यालय's post 07/06/2026

हार्दिक बधाई! 💐✨
​श्री ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लि. द्वारा आयोजित अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगितामा हाम्रो विद्यालय (श्री लक्ष्मी प्रसाद देवकोटा मा.वि.) को कक्षा ८ मा अध्ययनरत छात्रा सुरबी गन्धर्बले तृतीय स्थान हासिल गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना! 🏆👏

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Sukunadigi Chowk
Jhapa District