कोरियन परिक्षाको तयारी गर्दै हुनुहुन्छ ❓️
यदी गर्दै हुनुहुन्छ भने विशेष ध्यान दिनुहोला है 🙏
कोरियन भाषा परिक्षाको तयारी गर्नेहरुले उच्चारणलाई चाहिँ सुरु देखि नै प्राथमिकता दिनुहोला । उच्चारणलाई ध्यान दिनु भएन भने एक त सुनाइ परिक्षामा समस्या हुनेछ भने भोलि कोरिया आएर भाषामा पनि समस्या हुनेछ । प्रतक्ष्य क्लास वा अनलाइन मार्फत पढाइरहेका कतिपय भासा प्रशिक्षकहरुले पनि उच्चारणलाई निकै ख्याल नगरेको देखिन्छ ।
आज हामीले केही उच्चारण सम्बन्धी नियमहरु तपाईं माझ राखेका छौँ ।
👉️कोरियन भाषामा उच्चारण सम्बन्धी केही महत्वपूर्ण नियमहरु हेर्नुहोस।
१) . यदी 받침 (Final consonant) को लगत्तै स्वर बर्ण (Vowel) आएमा 받침 को उच्चारण स्वर बर्णमा टाँसिएर जस्ताको तस्तै हुन्छ । जस्तै :-
네팔에서 - नेफारेस - नेपालबाट
넣어요 - नअयो = राख्छ
걸어요 - खरयो = हिँड्छु
웃으세요 - उसुसेयो = हाँस्नुहोस
먹어요 - मगयो = खान्छु
२) . यदी पुच्छ्रे ब्यन्जन 받침 (Final Consonant) मा "ㅂ" छ र त्यस लगत्तै दायाँपट्टि " ㄴ" आएमा "ㅂ" को उच्चारण "म" र "ㄴ" को उच्चारण "न" नै हुन्छ
보기 :-
탑니다 - थाम्निदा = चढ्छु
합니다 - हाम्निदा = गर्छु
갑니다 - खाम्निदा = जान्छु
냅니다 - नेम्निदा = तिर्छु
३) यदी 받침 मा "ㄱ" छ र त्यसलगत्तै दायाँ पट्टि पनि "ㄱ" आएमा दुबैको उच्चारण "क" हुन्छ ।
보기 :-
학교 - हाक्यो = स्कुल
학기 - हाक्की = सेमेष्टर
독감 - थोक्काम - फ्ल्यु । जिबाणू
४) यदी "ㅂ" मा छ र त्यसलगत्तै "ㅂ" आएमा दुबैको उच्चारण " प" हुन्छ ।
जस्तै :-
갑부 - खाप्पु = धनी
납부 - नाप्पु = तिर्नु
५) यदी झुन्डिएको पुच्छ्रे ब्यन्जन अर्थात "받침 " मा "ㄹ" छ र त्यसलगत्तै दायाँ पट्टि पनि "ㄹ"आएमा दुबैको उच्चारण "ल" हुन्छ
보기 :-
별리 - फ्यल्ली = बिभाजन
날리다 - नाल्लीदा = उडाउनु
빨리 - पाल्ली = छिटो
빨래하다 - पाल्लेहादा - लुगा धुनु
실례합니다 - सिल्लेहाम्निदा - Excuse Me
६) यदी "ㄷ"मा छ र त्यसलगत्तै दायाँपट्टि पनी "ㄷ"नै छ भने दुबैको उच्चारण " त" हुन्छ ।
보기:-
받다 - फात्ता = प्राप्त गर्नु
믿다 - मित्ता = बिश्वास गर्नु
듣다 - थुत्ता = सुन्नु
걷다 - खत्ता = हिँड्नु
७) यदी 받침 मा " ㅆ "छ र त्यसलगत्तै दायाँपट्टि " ㄴ"आएमा दुबैको उच्चारण " न" नै हुन्छ । उदाहरण :-
했는데 - हेन्नुन्दे = भयो त्यसैले
있는 - इन्नुन = हुँदै
가고 있는 - खागो इन्नुन - जाँदै
८) यदी 받침 मा " ㄴ" छ र त्यसलगत्तै दायाँपट्टि " ㄹ" आएमा दुबैको उच्चारण "ल" हुन्छ । 보기:
관리 - ख्वाल्ली - रेखदेख
곤란하다 - खोल्लानहादा - कठिन परिस्थितिमा पर्नु
편리 - फ्यल्ली - सुबिधा / सहज
९) त्यस्तै 받침 मा " ㄹ" छ र त्यस लगत्तै दायाँपट्टि " ㄴ" आयो भनेपनी दुबैको उच्चारण " ल" नै हुन्छ ! 보기:
물냉면 - मुल्लेङ्म्यन - चिसो चाउचाउ
설날 - सल्लाल - कोरियन नयाँ साल
실내 - सिल्ले = भित्र
१०) यदी 받침 मा " ㅌ" छ र त्यसलगत्तै दायाँपट्टि "이" आएमा दुबैको उच्चारण " छि" हुन्छ ! 보기:
볕이 들다 - फ्यछी थुल्दा - घाम चम्कनु
붙이다 - फुछिदा - टाँस्नु
같이 - खाछी - सँगै
११) यदी फात्छिममा " ㄹ" छ र त्यसलगत्तै दायाँपट्टि " ㅎ" आएमा " ㄹ" को उच्चारण " र " नै र " ㅎ" को उच्चारण "ह" नै हुन्छ । 보기:
말하다 - मारहादा/ मारादा - कुराकानी गर्नु
결혼 - ख्यर्होन - बिबाह
일흔 - इर्हुन = सत्तरी ( Original Koran)
일하다 - इरहादा = काम गर्नु
१२)
फात्छिममा आएको ㄱ + दायाँको ㅎ = ㅋ
फात्छिममा आएको ㄷ + दायाँको ㅎ = ㅌ
फात्छिममा आ एको ㅂ + दायाँको ㅎ = ㅍ
फात्छिममा आएको ㅈ + दायाँको ㅎ = ㅊ
उदाहरण हेर्नुहोस -
축하해요 - छुखाहेयो -= बधाई छ
입학 - इफाक = भर्ना
회식하다 - ह्वेसिखादा = कम्पनीको पार्टी गर्नु
그렇지요 ? - खुरछियो ? = त्यस्तो पो हो
많지 - मान्छी - धेरै
좋다 - छोथा - राम्रो हुनु
१३) यदी 겹받침 (Double Final Consonant) को लगत्तै दायाँपट्टि स्वरबर्ण (Vowel ) आएमा पहिलो 받침 को उच्चारण 받침 को नियम अनुसार र दोस्रो 받침 को उच्चारण दायाँपट्टिको Vowel मा टाँसिएर हुन्छ ।
넓어요 - नल्बयओ = फराकिलो छ ।
읽으세요 - इल्गुसेयो = पढ्नुहोस
앉아요 - आन्जायो = बस्छु / बस्छ / बस्छिन
젊은 사람 - छल्मुन साराम = जबान मान्छे
१४) यदी 받침 मा " ㅅ" लगत्तै दायाँपट्टि " ㅎ" आए दुबैको उच्चारण ㅌ " थ" गर्ने ! 보기:
못하다 (모타다) मोथादा = नगर्नु
비슷하다 (비스타다) फिसुथादा = उस्तै हुनु
깨끗하다 (깨끄타다) केकुथादा = सफा गर्नु
१५) यदी 받침 मा ( ㅇ) "ङ" आयो र लगतै दायाँपट्टि "ㄹ" आयो भने लाई " ㄹ" लाई " न " भनेर उच्चारण गर्ने ।
장례 - छाङ्ने - अन्तेष्टि
동료 - थोङ्न्यो - सहकर्मी
정리하다 - छङ्नीहादा = ब्यबस्थापन गर्नु
버스 정류장 - फस छङ्न्युजाङ = बसपार्क
१६) यदी 받침 मा क "ㄱ" छ र त्यो लगत्तै दायाँपट्टि "ㄴ" न आयो भने फात्छिममा भएको "ㄱ" क को पनि "न" ㄴ उच्चारण हुन्छ ! 보기:
작년 - छाङ्न्यन = गतबर्स
복날 - फोङ्नाल = बर्षको गर्मी दिन
막내 - माङ्ने = कान्छो / कान्छी
१७ ) यदी 받침 मा "ㄱ" झुन्डिएर आयो र त्यसलगत्तै दायाँपट्टि "ㅁ" आएमा "ㄱ"लाई ङ र "ㅁ"लाई "म" नै उच्चारण गर्ने । 보기 :
학문 - हाङ्मुन = छात्रवृत्ति
국민 - खुङमीन = नागरिक
작문 - छाङ्मुन = लेखन
१८) यदी 빋침 मा ㅎ छ र लगतै स्वरबर्ण (Vowel) आयो भने "ㅎ" साइलेन्ट हुन्छ । "ㅎ" लाई उच्चारण गर्नुपर्दैन । 보기:
않아요 - आनायो = छैन
좋아해요 - छोआएयो वा छोआहेयो = राम्रो छ
많아요 - मानायो = धेरै छ ।
좋은 - छोउन = राम्रो
१९) यदी Combine Vowel सँँग रहेको " ㅎ" मुनि 받침 आयो भने माथी आएको ㅎ साइलेन्स हुन्छ र ㅎ सँग जाेडिएर आएको Combine Vowel मात्रै उच्चारण हुन्छ । 보기 :
계획 ~ (계왹) - खेवेक - योजना
여행 ~ (여앵) - यएङ - भ्रमण
은행 ~ (은앵) - उनेङ - बैंक
२०) यदी 받침 "ㄷ" लगतै दायाँपट्टि "이 " आयो भने दुबैलाइ संयुक्त 지 "जी" उच्चारण गर्ने ।
맏이라서 ~ (마지라서) - माजीरास = जेठाे भएर
해돋이 ~ ( 해도지 ) - हेदोजी = सुर्य उदाउनु
२१) यदी झुन्डिएको ब्यन्जन बर्ण 받침 मा "ㄱ" आयो ㄱ र को लगत्तै दायाँ पट्टि "ㄹ" आयो भने "ㄱ" को उच्चारण " ㅇ" ङ र "ㄹ" को उच्चारण ㄴ "न" गर्ने ।
독립 ~ (동닙) थोङ्निप - स्वतन्त्र
격려하다 ~ 경녀하다 ख्यङ्न्यहादा - हौसला दिनु
२२) 받침 मा " ㅂ"आयो र लगत्तै दायाँपट्टि "ㄹ" आयो भने फात्छिममा भएको "ㅂ" को उच्चारण "म" गर्ने र दायाँपट्टि रहेको "ㄹ" को उच्चारण "न" गर्ने ।
협력하다 ~ 혐녀카다 - ह्यम्न्यखादा - सहयोग गर्नु
입력하다 ~ 임녀카다 - इम्न्यखादा - Enter गर्नु, (कम्पुटरमा)
EPS Topik Exam 2024
Eps topik का टेस्ट exam हरुमा सघाउ पुग्ने । सके सम्म आफुलाइ आएको को कुरा हरु शेयर गर्दिनु हुन अनुरोध
24/12/2023
qusation practice
빈칸에 들어갈을 고르는 문제이다 441~450 까지 Online class Am 5 To 6 am exam preparetion class Am 9 to 10 soon
24/12/2023
Grammer for basic class student ....एकपटक सबैले हेरेर share गर्दिनु होला!!!😍
24/12/2023
उत्पादनमूलक (Manufacturing) क्षेत्र तर्फको परीक्षा आवेदन फारम भर्दा भएको गलत विवरण सच्चाउने सम्बन्धि ईपीएस कोरिया शाखा कार्यालयको अत्यन्त जरूरी सूचना ‼️🇰🇷
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Birtamod
Jhapa District
57204