18/05/2026
सम्बन्धित सबैमा.....
Official page of Shree Pathariya Secondary School,Kachankawal-3,Jhapa, Koshi Province, Nepal
18/05/2026
सम्बन्धित सबैमा.....
18/05/2026
एस ई ई (SEE) ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले परीक्षा फाराम भर्नेसम्बन्धि अत्यन्त जरुरी सूचना । नोटः जतिवटा विषय लागेपनि ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन ।
13/05/2026
28/04/2026
📚 भर्ना खुल्यो ! भर्ना खुल्याे !! भर्ना खुल्याे !!!
शैक्षिक सत्र २०८३ काे लागि 👫👪️
यस श्री पथरिया माध्यमिक विद्यालय सधैं गुणस्तरीय, संस्कारयुक्त तथा जीवनोपयोगी शिक्षाको यात्रामा अग्रसर रहँदै आएको एक शैक्षिक मन्दिर हो।
झापाको शैक्षिक इतिहासमा आफ्नो अलग पहिचान बनाउन सफल यस विद्यालयले समयअनुसार आधुनिक शिक्षण पद्धति, अनुशासित वातावरण, दक्ष शिक्षक समूह तथा सिर्जनशील सिकाइ प्रक्रियामार्फत हजारौं विद्यार्थीहरूको भविष्य निर्माण गर्दै आएको गौरवशाली परम्परा बोकेको छ।
यहाँ शिक्षा केवल पाठ्यपुस्तकमा सीमित छैन,बरु नैतिकता, संस्कार, नेतृत्व, सिर्जनशीलता र सामाजिक उत्तरदायित्वसँग जोडिएको जीवन शिक्षाको अभ्यास गराइन्छ।विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउँदै उज्ज्वल भविष्य निर्माण गर्ने हाम्रो अभियान निरन्तर जारी छ।
यसै अवसरमा शैक्षिक सत्र २०८३ का लागि विद्यालयमा
कक्षा १-५ अङ्ग्रेजी माध्यम तथा ६-९ मा नेपाली माध्यममा नयाँ विद्यार्थी भर्ना खुला गरिएको जानकारी गराइन्छ।
✨ विद्यालयका विशेषताहरू:
👉️अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण
👉️प्रविधिमैत्री तथा बालमैत्री सिकाइ वातावरण
👉️अतिरिक्त क्रियाकलापमा विशेष प्राथमिकता
👉️अनुशासन, संस्कार र गुणस्तरीय शिक्षामा जोड
👉️विज्ञान, व्यवस्थापन तथा प्राविधिक शिक्षाको अवसर
👉️खेलकुद, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय सहभागिता
📌 भर्ना सम्बन्धी जानकारी
भर्ना फाराम वितरण : हाल जारी
कक्षा सञ्चालन : २०८३/०१/२१ गतेबाट
आवश्यक कागजात : जन्मदर्ता, हालसालैको फोटो तथा पूर्व अध्ययनको प्रमाणपत्र
सम्पर्क:
श्री पथरिया माध्यमिक विद्यालय कचनकवल–३, झापा
प्रधानाध्यापक: श्री गुणराज गुरागाई 9842509453 / 9824037646
प्रा.वि. इन्चार्ज : श्री हरेराम राजवंशी (9814979467)
26/04/2026
जीवनका अनेकौं सपनाहरूलाई उज्यालो भविष्यतर्फ डोर्याउने महत्त्वपूर्ण यात्रा — कक्षा १२ को बोर्ड परीक्षा भोलिबाट प्रारम्भ हुँदैछ।
यस अवसरमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा आत्मविश्वास, धैर्यता र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
तपाईंहरूले वर्षौँदेखि गरेको मेहनत, संघर्ष र लगनशीलताले अवश्य पनि सुन्दर परिणाम ल्याओस्।
कलममा आत्मबल, मनमा साहस र उत्तरपुस्तिकामा सफलताको उज्यालो भरियोस्।
परीक्षा केवल अंकको प्रतिस्पर्धा होइन, आफ्ना सपनातर्फ अघि बढ्ने एउटा सुनौलो पाइला हो।
सबै परीक्षार्थीहरूलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 🌸📚
परीक्षा समय: विहान ८:०० बजेदेखि ११:०० बजेसम्म
परीक्षा मिति : २०८३/०१/१४ गते देखि २०८३/०१/२७ गतेसम्म
#नयाँ_शैक्षिक_सत्र_२०८३ का लागि शैक्षिक सामग्री निर्माण गर्नु हुदै शिक्षकहरु 🇳🇵🇳🇵📝🖋️🗒️हामी निरन्तर शैक्षिक काममै छौ !!
👉️विद्यार्थी भर्ना अभियान👫 बैशाख -१५ गते बाट
👉️कक्षा सञ्चालन तथा पठनपाठन 📖 बैशाख -२१ गते बाट
24/04/2026
सूचना ! सूचना !! सूचना !!!
#कक्षा_१२_को_वार्षिक_परीक्षा_सम्बन्धमा
यस विद्यालयमा अध्ययनरत कक्षा १२ का सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि राष्ट्रिय परीक्षा बोर्डद्वारा निर्धारित वार्षिक परीक्षा निर्धारित मिति र समयमा सञ्चालन हुने भएकाले सबै विद्यार्थीहरूलाई नियमित रूपमा उपस्थित भई आवश्यक तयारी गर्न अनुरोध गरिन्छ।
परीक्षामा सहभागी हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। परीक्षा अवधिभर अनुशासन, मर्यादा तथा परीक्षा आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ। परीक्षा तालिका विद्यालयको सूचना पाटी तथा विद्यालयकाे फेसबुक पेजबाट उपलब्ध गराइएकाे छ।
विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै परीक्षामा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
— विद्यालय प्रशासन
24/04/2026
#कक्षा_१२_काे_विदाइ
प्रिय विद्यार्थीहरू,
समयको प्रवाहसँगै विद्यालय जीवनका सुनौला अध्यायहरू आज सम्झनाको सुगन्ध बनेर हृदयमा बसिरहेका छन्। कहिले हाँसो, कहिले संघर्ष, कहिले सिकाइ र कहिले सपनाका रंगहरू मिसिएको यो यात्राको अन्तिम मोडमा उभिँदा, यहाँहरूको उज्ज्वल भविष्यप्रति हामी गर्वले भरिएका छौँ।
जीवनको खुला आकाशमा अब यहाँहरूले आफ्ना सपनाका पखेटा फैलाउँदै नयाँ गन्तव्य तय गर्नुहुनेछ। हरेक पाइला सफलताको गीत बनोस्, हरेक संघर्ष उपलब्धिको फूल बनोस्, अनि हरेक सपना यथार्थको उज्यालोमा चम्कियोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
विद्यालयको आँगनबाट बिदा हुँदै गर्दा यहाँहरूले सिकेका ज्ञान, संस्कार र अनुशासन जीवनका हरेक यात्रामा दीपकझैँ उज्यालो बनिरहोस्।
🌿
“विदाई त केवल दूरीको नाम हो,
सम्झना र सम्बन्ध त सदैव मनमै जीवित रहन्छन्।”
🌿
कक्षा १२ को आगामी परीक्षा सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामनासहित सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यका लागि हार्दिक बधाई तथा मंगलमय शुभकामना।
— विद्यालय परिवार
14/04/2026
आदरणीय अभिभावकज्यूहरू, प्रिय विद्यार्थीहरू, सम्माननीय शिक्षक तथा कर्मचारीवृन्द,
#नयाँ_वर्ष_२०८३, कचनकवलका आदिवासी समुदाय (गणेश(गन्गाई),माझी ,राजवंशी,तेली,हलुवाई,देशी यादव,गाेस्वामी,ठाकुर लगायत अन्य समुदायकाे) #सिरुवा_पर्व तथा #घाटाेसरी_पुजाकाे शुभ अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। बितेका वर्षका अनुभवहरूलाई ऊर्जा र सिकाइका रूपमा आत्मसात् गर्दै, आगामी दिनहरू अझ उज्याला, सृजनशील र सफल बनोस् भन्ने हाम्रो कामना छ।
शिक्षा केवल ज्ञान आर्जन मात्र नभई जीवनलाई सही दिशा दिने उज्यालो दीप हो। यस विद्यालय परिवारले सधैं गुणस्तरीय शिक्षा, अनुशासन, नैतिकता र सृजनशीलताको विकासमा प्रतिबद्ध रही आएको छ र आगामी वर्षमा पनि अझ उत्साहका साथ अघि बढ्नेछ।
नयाँ वर्षले हामी सबैलाई नयाँ सोच, नयाँ उत्साह र नयाँ सफलताका अवसरहरू प्रदान गरोस्। विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा अभिभावक, शिक्षक र विद्यालयबीचको सहकार्य अझ सुदृढ बनोस् भन्ने अपेक्षा गर्दछौँ।
अन्त्यमा, नयाँ वर्ष २०८३ यहाँहरू सबैका लागि सुखद, सफल र स्मरणीय बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
धन्यवाद!
शुभकामना सहित,
विद्यालय परिवार
11/02/2026
@2082/10/24 Saturday