❤️❤️हाम्रो नवदुर्गा राम्रो नवदुर्गा❤️❤️
NawaDurga Basic School Arjundhara - 04 , Jhapa
Nawadurga lower secondary school est.:-2039. our school is going in english medium classes. our school is in peaceful environment..
15/02/2026
हार्दिक निमन्त्रणा ।।।🙏🙏🙏
09/02/2026
बालकल्याण आधारभूत विद्यालय अर्जुनधारा ६ झापाको रजत महोत्सव को अवसरमा भएको अन्तर आधारभूत तह स्तरीय चित्रकला प्रतियोगितामा कक्षा ६ का विद्यार्थी दिपिन तामाङ नगद पुरस्कार सहित तृतीय स्थान हासिल गर्न सफल भएकोमा धेरै धेरै बधाई तथा शुभकामना
यस श्री नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक श्री तोयानाथ ओली ज्यूका पिता यस विद्यालयका चन्दा दाता गंगा प्रसाद ओली को २०८२/१०/१३ गते बिहान १:६ बजे असमाहिक निधन भएको हुँदा बुवाको दिवङ्गत आत्माको चिर शान्तीको कामना गर्दै भावपूर्ण श्रद्दान्जली साथै दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। साथै विषेश परिस्थितिको कारणले आज मिति २०८२/१०/१३ गते स्थानीय विदाबाट कट्टा हुने गरी विद्यालयको पठनपाठन स्थगित हुने कुरा सम्पूर्ण विद्यार्थी,अभिभावक तथा शिक्षक वर्गमा जानकारी गाउँदछौं। साथै भोलि देखि साविक बमोजिम विद्यालय सञ्चालन हुने जानकारी गराइन्छ।
22/01/2026
यस नवदुर्गा आधारभूत विद्यालय, अर्जुनधारा–४, रातेखाल झापामा आगामी शैक्षिक सत्रका लागि सरस्वती पूजा को शुभ अवसरमा नर्सरीदेखि कक्षा ८ सम्म नयाँ विद्यार्थी भर्ना खुला गरिएको साथै नयाँ शैक्षिक सत्र २०८३ सुरु भएसँगै नवदुर्गा आधारभूत विद्यालयमा स्कूल बस सेवा सञ्चालन हुने कुरा सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरुलाई जानकारी गराइन्छ।
मिति -२०८२/१०/०९
समय -विहान ८ बजे देखि
21/01/2026
यस नवदुर्गा आधारभूत विद्यालय, अर्जुनधारा–४, रातेखाल मा आगामी शैक्षिक सत्रका लागि सरस्वती पूजा को शुभ अवसरमा नर्सरीदेखि कक्षा ८ सम्म नयाँ विद्यार्थी भर्ना खुला गरिएको व्यहोरा सम्बन्धित सबै अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ।
मिति -२०८२/१०/०९
समय -विहान ८ बजे देखि
10/01/2026
विषय: जाडो बिदा सम्बन्धमा
यस विद्यालयका सम्पूर्ण शिक्षकज्यूहरू, कर्मचारीज्यूहरू, विद्यार्थी भाइबहिनीहरू तथा अभिभावकज्यूहरूलाई जानकारी गराइन्छ कि विद्यालय मिति २०८२/०९/२८ गतेदेखि २०८२/१०/०४ गतेसम्म जाडो बिदाका कारण पूर्ण रूपमा बन्द रहनेछ। साथै, मिति २०८२/१०/०५ गते सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा रहनेछ।
बिदा अवधिमा विद्यार्थी भाइबहिनीहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्दै घरमै बसि दिइएका गृहकार्य, दोहोर्याइ अभ्यास तथा सिर्जनात्मक क्रियाकलापमा संलग्न हुन अनुरोध गरिन्छ। अभिभावकज्यूहरूलाई आफ्ना बालबालिकाको पठनपाठन तथा सुरक्षा सम्बन्धी आवश्यक निगरानी गरिदिन विशेष अनुरोध छ।
विद्यालय मिति २०८२/१०/०६ गतेदेखि पूर्ववत् रूपमा नियमित समयअनुसार सञ्चालन हुनेछ। सो दिनदेखि सबै शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई अनिवार्य रूपमा उपस्थित भइ शैक्षिक गतिविधिमा सहभागी हुन अनुरोध गरिन्छ।
धन्यवाद
तोयानाथ ओली
नवदुर्गा आ वि
प्रधानाध्यापक
अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा जारी सूचना अनुसार भोलि मिति २०८२ पुष १७ गतेबाट विद्यालयको पठनपाठन सुचारू हुने व्यहोरा सुचित गरिन्छ ।
शीतलहर तथा अत्यधिक जाडो बढेको कारणले विद्यार्थीहरूको स्वास्थ्यमा समस्या आउन सक्ने हुँदा यस अर्जुनधारा नगर पालिकाको निर्णय अनुसार नवदुर्गा आ वि मिति २०८२/०९/१६ गतेदेखि २०८२/०९/१८ गतेसम्म तीन दिनको लागि हिउँदै बिदाबाट कट्टा हुने गरी विद्यालयका नियमित पठनपाठन बन्द गरिएको कुरा सम्पुर्ण अभिभावक, शिक्षक तथा विद्यार्थीहरुमा सादर अनुरोध छ।
सूचना
आदरणीय अभिभावकज्यूहरू,साथै विद्यार्थीहरू,
२०८२ भदौ २३ र २४ गतेको “Gen -Z आन्दोलन” का क्रममा विद्यार्थी, प्रहरी तथा सर्वसाधारण नागरिकको निधन भएको अत्यन्तै दु:खद घटना भएको छ । सो घटनामा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ असोज १ गते राष्ट्रिय शोक दिवस मनाइने भएकाले सो दिन विद्यालय बन्द रहने साथै दोस्रो त्रैमासिक परीक्षाको छुटेको भोलिको बिषय मिति २०८२/०६/०९ गते संचालन हुनेकुरा अभिभावक तथा विद्यार्थीहरु लाई जानकारी गराइन्छ ।
धन्यवाद ।
नवदुर्गा आधारभूत विद्यालय
अर्जुनधारा -०४ रातेखाल
आदरणीय अभिभावक ज्यू
देशका विभिन्न स्थानमा Gen-Z को देशव्यापी आन्दोलन पश्चात उत्पन्न विषम परिस्थितिका कारणले बन्द भएको विद्यालय भोलि मिति २०८२/०५/३० गते सोमबार देखि पठनपाठन सुचारु हुनेकुरा जानकारी गर्दछु ,साथै मिति २०८२/०५/२५ गते देखि हुने दोस्रो त्रैमासिक परीक्षा पुनः मिति २०८२/०५/३१ गते देखि नयाँ परीक्षा तालिका (Exam Routine)अनुसार संचालन हुने कुरा जानकारी गर्दछु ।नयाँ परिक्षा तालिका भोलि प्रकाशित गरिने छ ।
16/07/2025
प्राथमिक तहको शिक्षक आवश्यकता |
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Jhapa
Jhapa District