सहिलाई सहि र गलतलाई गलत त भन्ने नै हो कि,तर त्यो भन्दा पहिले व्यक्ति वस्तु घटनालाई समय सन्दर्भ परिस्थिति वस्तुस्थिति को कसिमा राखेर सहि/गलत छुट्याउनु पर्यो!!भलै त्यो मेरो सोच विपरीत नै किन नहोस!!!
नयाँ नेपाल
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नयाँ नेपाल, Jhapa District.
श्रम संस्कृति पार्टीको नेता हर्क बहादुर र आशा लामा भन्नुहुन्छ पाँच वर्षपछि हाम्रो पार्टी नेपालकै पहिलो र शक्तिशाली पार्टी बन्छ।
***n
उठेर हिंडे!!उठेर हिंडे!!
हिंड्ने उठेर नै होईन र?
बसेर हिंडेको भए पो बिरोध गर्नु??
अचम्म!!!
08/05/2026
"नेपालमा डाटा सेन्टरको लागि गुगलको लगानी"... यो ठूलो समाचार हो नेपालको लागि। यो त आउनेवाला भविष्यको एउटा झलक हो। समृद्धि तिरको पहिलो पाइला जस्तै हो।
हिमालबाट बग्ने चिसो पानीवाला नदीनाला अनि हाइड्रोको सस्तो बिजुली, डाटा सेन्टरको लागि अति उपयुक्त छ। अब गुगल जस्तो कम्पनी आएपछि अरु सबैको पनि ध्यान जानेछ। ठूलो वैदेशिक लगानी भित्रिने सम्भावनाको ढोका खुलेको छ।
विगतमा पनि सम्भावनाहरु थिए। कति कम्पनीहरु आउन चाहे तर यहाँको सिस्टमले दिएन। कति आफ्नो लगानी फिर्ता लगेर गए। MCC लाई कति बुझिएको छ, कसरी हेरिएको छ ? एउटा एनसेल टिकेको छ, त्यसले पनि धेरै झेलेको छ, सौताको छोरा जस्तो व्यवहार गरिएको छ। आजसम्म देशमा बाहिरको लगानी धेरै नआउनुमा यस्तै यस्तै धेरै कारणहरु छन् ।
पहिला देखि नै विदेशी लगानी भित्र्याउनको लागि राम्रा कानुन बनी सकेका छन्। प्रशस्त कर छुट पनि दिइएको छ। हरेक कुराको व्यवस्था गरिएको छ। तर पनि लगानी आएन किनभने भ्रष्टाचारले जेलिएको सिस्टम अनि झुलाउने प्रवृत्तिले गर्दा। एउटा रुख काट्न पनि वर्ष दिन झुलाए जस्तै।
अहिलेको सरकारले कुरा कम गर्छ भित्र भित्र काम बढी गरीरहेको छ। यसलाई के गर्नुपर्छ भन्ने सबै थाहा छ। भ्रष्टाचार विरुद्धको अभियान अनि राजनीतिक ट्रेड युनियन खारेज त्यही बिजनेसको लागि वातावरण बनाउनको लागि हो।अहिले सिस्टम फेरिएको छ। कार्यालयहरुमा टाइम कार्ड लागु भएको छ। फाइल धेरै दिन बस्नै पाउँदैन। कानुन छैनन् भने फास्ट ट्रयाकमा कानुनहरु बन्दैछन्। कर्मचारी तन्त्र चुस्त देखिएको छ।
यो अति नै फेभरेबल अवस्था हो बिजनेस गर्नेहरुको लागि। अझ विदेशीहरुको लागि झन् राम्रो हो, उनीहरुले खोज्ने भनेकै सही सिस्टम हो, अनि समयको भ्यालु हो, उनीहरुले एक एक मिनेटको पनि हिसाब गर्छन्।
जे होस् नेपाल सही ट्रयाकमा जाँदै गरेको देखेर धेरै खुसी लागेको छ। बाहिरको लगानी आउनु राम्रो हो। देशमा रोजगारी सिर्जना हुन्छ, विदेश गएका दाजुभाइ घर फर्किन्छन्। राम्रो कामलाई राम्रो भन्न सक्नुपर्छ।
''रास्वपाले राम्रो काम नगरे श्रम संस्कृतिले देश जिम्मा लिन्छ'' : सुदन किराँती 😲
३ सिटेले देश जिम्मा लिने😂
मजाक चलिरहेको छ यहाँ?
08/05/2026
पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टी प्रवेश गरेका छन्। 😮
पहिलो नम्बरमा रहेकी सपना प्रधान मल्ल भइनन् प्रधानन्यायाधीशमा सिफारिस
कुनै पनि व्यक्ति विषय वस्तु घटनालाई आफ्नो आवद्धता वा मान्यताका आधारमा पक्ष वा विपक्षमा बाँडीएर एकोहोरो तर्क-वितर्क गरिरहने हो भने,हाम्रा कुनै पनि समस्या सुल्झदैनन् बरू थप बल्झन सक्छन्!!!
सबैभन्दा शक्तिशाली राज्य वा सरकार त्यो हो,जस्ले सबैभन्दा सानो वा कमजोर आवाज पनि सुन्न सक्छ!!!
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Jhapa District