24/09/2026
आदरणीय अभिभावक ज्यूहरु,
मौसम पूर्वानुमान शाखाले आजदेखि चट्याङसहित भारी वर्षा हुने पूर्वानुमान गरेको तथा सोहीअनुसार शिक्षा मन्त्रालयबाट परिपत्र जारी भएको छ र सोही पत्र अनुसार नगर शिक्षा शाखाबाट समेत उक्त निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन प्राप्त भएको हुँदा विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज २०८३/०६/०८ गते र भोलि २०८३/०६/०९ गते विद्यालय बिदा गरिएको व्यहोरा अनुरोध गर्दछौँ।
सम्भावित जोखिम वाट बच्न सबै सचेत र सजग बनौं र सतर्कता अपानाऔँ ।
मेची हेरिटेज पब्लिक स्कुल ।