25/07/2026
🍁पुरस्कार वितरण कार्यक्रम सम्पन्न🍁
आज मिति २०८३-०४-०९ गते भ्वाइस अफ कालिस्थानको आयोजनामा झापा अर्जुनधारा -१० सेतिपानी स्थित श्री सिंहवाहिनी आ.वि. मा (चित्रकला प्रतियोगिताको) पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
यही २०८३-०४-०२ गते शनिबार यसै विद्यालयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो भने सोही कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा सहभागी सबैमा आज पुरस्कार वितरण गरिएको थियो ।
कक्षा ५ सम्म अध्ययन गर्ने यस क्षेत्रका ५५/६० जनाको सहभागिता रहेको चित्रकलामा उत्कृष्ट ८ मा ६ जना यसै विद्यालका विद्यार्थी पर्न सफल भएकोमा आयोजक संस्थाले खुशी प्रकट गर्दै ,यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अलावा अतिरिक्त क्षेत्रमा पनि उत्कृष्ट रहेको कुरा बताएको थियो भने आजै गायन तथा नृत्य कार्यक्रम समेत सम्पन्न भएको थियो । संस्थाका पदाधिकारी , विद्यार्थी , अभिभावक , शिक्षक स्टाफ लगायतको ठूलो उपस्थित रहेको सभ्य तथा भव्य कार्यक्रम प्र.अ. श्री चन्द्रप्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन संस्थाको तर्फबाट भएको थियो ।
13/07/2026
🌺🌺सादर अनुरोध🌺🌺
भोइस अफ कालिस्थानको आयोजनामा यही २०८३-०४-०२ गते शनिबारका दिन यस क्षेत्रमा रहनु भएका कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरू बीच चित्रकला प्रतियोगिता हुने भएको र सो कार्यक्रम यसै श्री सिंहवाहिनी आधारभूत विद्यालय सेतीपानीमा बिहान ६:३० देखि ७:३० बजेसम्म सञ्चालन हुने (आज पत्रमार्फत) जानकारी आएको हुँदा , सो अवसरमा (सम्भव भएसम्म) सम्पूर्ण विद्यार्थीहरुमा उपस्थित भई कार्यक्रममा सहभागिता जनाउनु हुन साथै कार्यक्रमको शोभा बढाइदिनुहुन सादर अनुरोध गर्दछु ।
प्रधानाध्यापक
30/06/2026
🌺हार्दिक शुभकामना🌺 यस विद्यालयमा अध्ययनरत कक्षा १ कि छात्रा रमिला बस्नेतलाई जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।🌺🌺🌺🎉🎊
(विद्यालय परिवार)
26/06/2026
🍁वृक्षारोपण कार्यक्रम सम्पन्न🍁
आज मिति २०८३-०३-१२ गते शुक्रबारका दिन यस श्री सिंहवाहिनी आधारभूत विद्यालयको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयलमा हरियाली बनाउने तथा भविष्यमा केही मात्रामा भएपनि आम्दानी होस् भन्ने लक्ष्यका साथ ७५ वटा भन्दा बढी सुपारीका बिरुवा रोप्ने कार्य सम्पन्न भयो भने सोही अवसरमा सरसफाइ कार्यक्रम समेत गरियो ।
वि.व्य.स. , शि.अ. सं. , अभिभावक , शिक्षक लगायतको उपस्थितिमा भएको कार्यक्रमको शुभारम्भ तथा अगुवाइ विव्यस अध्यक्ष श्री भूपेन्द्र नेउपाने ज्यूले गर्नुभएको थियो भने स्थानीय अभिभावकहरुबाट नि:शुल्क रुपमा बिरुवा उपलब्ध गराउनु भएको थियो ।
26/06/2026
🌺हार्दिक शुभकामना🌺 यस विद्यालयमा अध्ययनरत कक्षा ३ कि छात्रा दिक्षा निरौलालाई जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।🌺🌺🌺🎉🎊
(विद्यालय परिवार)
22/06/2026
🌺पोसाक तथा छात्रवृत्ति वितरण 🌺
आज मिति २०८३-०३-०८ गते सोमबार यस श्री सिंहवाहिनी आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई नि:शुल्क हाउस-ड्रेस तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भयो ।
अर्जुनधारा न.पा. वडा नं. -१० कार्यालयले आ.व. २०८२/०८३ को विनियोजित बजेटबाट नि:शुल्क रुपमा प्राप्त हाउस ड्रेस तथा नेपाल सरकारबाट प्राप्त छात्रवृत्ति (कक्षा १-५ का सम्पूर्ण छात्रा तथा दलित छात्राछात्रलाई) वितरण कार्यक्रम सम्पन्न भयो।
पूर्व शिक्षक श्री तुलसा श्रेष्ठलाई बिदाइ समेत गरिएको सो कार्यक्रम वि.व्य.स. सदस्य श्री चुडामणि खतिवडाको अध्यक्षता , प्रमुख अतिथि वडा अध्यक्ष श्री भूपेन्द्र नेउपाने तथा वडा सदस्य श्री डम्बर प्रसाद धौराली विशेष आतिथि रहनु भएको सो कार्यक्रममा अभिभावक, वि.व्य.स., शि.अ.सं. , शिक्षक, विद्यार्थी लगायतको उपस्थित रहेको थियो भने प्र.अ. श्री चन्द्रप्रकाश तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
21/06/2026
🌺🙏हार्दिक निमन्त्रणा🙏 🌺
यस श्री सिंहवाहिनी आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई वितरण गर्नका लागि अर्जुनधारा न.पा. वडा नं. -१० कार्यालयले आ.व. २०८२/०८३ को विनियोजित बजेटबाट नि:शुल्क रुपमा प्राप्त हाउस ड्रेस वितरण गर्नुका साथै सोही दिन नेपाल सरकारबाट प्राप्त छात्रवृत्ति (कक्षा १-५ का सम्पूर्ण छात्रा र दलित छात्रा-छात्रलाई) समेत यही मिति २०८३-०३-०८ गते सोमबार वितरण गरिने भएकोले दिनको ठिक २:०० बजे विद्यालयमा उपस्थित भइदिनुहुन अभिभावक ज्युहरुमा सादर अनुरोध सहित हार्दिक निमन्त्रणा गर्दछु।
प्रधानाध्यापक
19/06/2026
🌺हार्दिक शुभकामना🌺
श्री सिंहवाहिनी आ.वि. मा अध्ययनरत कक्षा ४ कि छात्रा सदिक्षा घिमिरेलाई जन्मोत्सवको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
विद्यालय परिवार
16/06/2026
🌺हार्दिक शुभकामना🌺
यस विद्यालयमा अध्ययनरत कक्षा ३ कि छात्रा सपना तामाङलाई जन्म दिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।💫🎊🎂🎉🎉🌺🌺💫
विद्यालय परिवार
05/06/2026
🌺बाल क्लब गठन🌺
यस श्री सिंहवाहिनी आ.वि.मा आज मिति २०८३-०२-२२ गते शुक्रबार यमुना बरालको अध्यक्षतामा "सिंहवाहिनी बाल क्लब" गठन भएको छ।
जसमा...
उपाध्यक्ष - सुसान्त तामाङ
सचिव - रोजिना कार्की
सहसचिव - आहान खतिवडा
कोषाध्यक्ष - समिरा घलान
सदस्यहरू -
प्रज्वल भण्डारी
सदिक्षा घिमिरे
दीक्षा निरौला
रिबिका बर्देवा
दिप्सन ढकाल
सुजन तिम्सिना
जानुका राया
सुष्मिता खतिवडा
मन्जु तामाङ
कामना पोख्रेल
रहेको बाल क्लबको संरक्षक शिक्षक - श्री रामकुमार तिम्सिना
तथा प्रमुख संरक्षक प्र.अ. श्री चन्द्रप्रकाश तिवारी रहनु भएको छ ।
प्रधानाध्यापक ज्यूको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा विद्यार्थीहरुको सदन बिभाजन समेत गरिएको थियोे ।