श्री जानकी माध्यमिक विद्यालय वालुवाडी

श्री जानकी माध्यमिक विद्यालय वालुवाडी

Share

शैक्षिक जगतमा परिवर्तन ल्याउन सधै अगाडि

Photos from श्री जानकी माध्यमिक विद्यालय वालुवाडी's post 06/01/2026

विद्यालय गेट

06/01/2026

आज यस विद्यालयमा शैक्षिक अवलोकन कार्यको क्रममा कचनकवल गा. पा. शिक्षा शाखा मार्फत पाल्नु भएका छविलाल सर, उदय प्रसाद सर र परमानन्द सर हरुलाई विद्यालय परिवारको तर्फबाट स्वागत गरिदै ।

04/01/2026

विद्यालय समुदायको लागी
समुदाय विद्यालयको लागी

03/01/2026

समुदाय बिना विद्यालय रितो समुदायमा नै रहन्छ विद्यालयको अस्तित्व

28/12/2025

स्वागत गीत

23/12/2025

जग्गा दाता स्वर्गीय मदनलाल राजवंशीको "शालिक अनावरण" कार्यक्रममा यस विद्यालयको पूर्व विधार्थी र लक्ष्मी क्याम्पसका क्याम्पस प्रमूख श्री मोती राजवंशीको मन्तब्य -

22/12/2025

शालिक अनावरण कार्यक्रमको स्वागत नृत्य
मिना , दिपा, प्रदिप, भगीरथ

Photos from श्री जानकी माध्यमिक विद्यालय वालुवाडी's post 21/12/2025

आज यस श्री जानकी माध्यमिक विद्यालय मा
जग्गादाता तथा संस्थापक सदस्य स्वर्गीय मदनलाल राजवंशीज्यूको शालिक अनावरण कार्यक्रम भव्य र सफल रूपमा सम्पन्न भएको छ।
उक्त गरिमामय कार्यक्रममा प्रमुख अतिथिमा
नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय सभा सदस्य माननीय श्री कृष्ण प्रसाद सिटौला ज्यू तथा विशेष अतिथिमा
प्रदेश सरकारका भौतिक पूर्वाधार तथा राज्य विकास मन्त्री माननीय श्री भुमी प्रसाद राजवंशी ज्यूको विशेष आतिथ्य रहेको थियो।
साथै,
विशेष अतिथिमा कचनकवल गाउँपालिका अध्यक्ष
श्री कालेन्द्र प्रसाद सिंह राजवंशी ज्यू,
उपाध्यक्ष
श्री नवराज भट्टराई ज्यू
तथा अन्य सम्पूर्ण अतिथिहरू,
अभिभावक महानुभावहरूको गरिमामय उपस्थितिले
कार्यक्रम अझै ऐतिहासिक र स्मरणीय बन्न पुगेको छ।
यस अवसरमा,
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अतिथिहरू, अभिभावक वर्ग, शिक्षक–शिक्षिका,
विद्यार्थी तथा सहयोगी सबैप्रति
यस विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

19/12/2025

📢 हार्दिक निमन्त्रणाः शालिक अनावरण कार्यक्रम
झापा जिल्लाको कचनकवल गाउँपालिका–७, बालुवाडी स्थित
यस श्री जानकी माध्यमिक विद्यालय मा
वि.सं. २०८२ साल पुष ६ गते आइतबार का दिन
नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय सभा सदस्य
आदरणीय श्री कृष्ण प्रसाद सिटौला ज्यू को प्रमुख आतिथ्य मा तथाप्रदेश सरकारका भौतिक तथा पूर्वाधार विकास मन्त्री
आदरणीय श्री भुमी प्रसाद राजवंशी ज्यू को विशेष आतिथ्य मा, साथै कचनकवल गाउँपालिका अध्यक्ष
श्री कालेन्द्र प्रसाद सिंह राजवंशी ज्यू
र उपाध्यक्ष
श्री नवराज भट्टराई ज्यू को गरिमामय आतिथ्यमा ।
यस विद्यालयका जग्गादाता तथा संस्थापक सदस्य स्वर्गीय मदनलाल राजवंशी ज्यू को स्मृतिमा
निर्मित “शालिक” को अनावरण कार्यक्रम आयोजना हुने निश्चित भएको हुँदा,
यस गरिमामय कार्यक्रममा
सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, अभिभावक, पूर्व विद्यार्थी तथा वर्तमान विद्यार्थीहरूलाई
गरिमामय उपस्थितिका लागि
हार्दिक निमन्त्रणा गर्दछौँ।

✍️ आयोजक
यस श्री जानकी माध्यमिक विद्यालय परिवार
कचनकवल–७, बालुवाडी, झापा

15/12/2025

खेल खेदै पढाई सिक्दै

14/12/2025

बालबलिकाले धेरै मोबाइल चलाउँद के हुन्छ ।
१) यसले बालबालिकाको शारीरिक मानसिक एवम् संवेगात्मक पक्षलाई प्रत्यक्ष रूपमा असर पुऱ्याउँछ।
२) बालबालिकामा हुनुपर्ने प्राकृतिक स्वाभाविक गुणहरू हराउँदै जान्छन् अनि अस्वाभाविक अप्राकृतिक व्यवहार प्रदर्शन गर्ने पढ्ने-लेख्ने र पढेका सिकेका कुराहरू बुझ्ने क्षमतामा कमी ल्याउँछ।
३) यथार्थभन्दा टाढा र मनमा काल्पनिक कुरा बढी खेलाउने हुन्छन्।
४) सुन्ने, हेर्ने-सम्बन्धी अङ्गको मात्र बढी प्रयोग हुने भएकोले आँखा, कानको समस्या देखिन सक्छ भने अन्य अङ्गहरू निष्क्रिय बन्दै जान्छन्।
५) बालबालिकाहरूमा काम गर्न अल्छी लाग्ने अनि उत्साह, जाँगर, मेहनत घट्दै जान्छ।
६) समयको महत्त्व नबुझ्ने अनि ढिला सुत्ने र ढिला उठ्ने बानी बढ्दै जान्छ।
७) अटेर गर्ने, टन्टिने र अरूको कुरा नसुन्ने प्रवृत्ति बढ्दै जानुका साथै बिनाकारण झगडा गर्ने र रुने हुन थाल्छन्।
८) सृजनात्मक, रचनात्मक क्षमतामा कमी, व्यवहारिक ज्ञानको कमी, जिद्दीपन, झगडालु, टोलाइरहने र एक्लै बोल्ने हुन्छन्।
९) विद्यालय जान नमान्ने, गए पनि पढाएका कुरा नबुझ्ने, सम्झने नसक्ने तथा सम्झेका कुरा चाँडै बिर्सिने समस्या ल्याउँछ।
१०) यसले बालबालिकालाई एकलकाँटे, आत्मकेन्द्रित पनि बनाउँछ।

Photos from श्री जानकी माध्यमिक विद्यालय वालुवाडी's post 11/12/2025

🌱 विद्यालय वातावरण सुधार कार्यक्रम – १ दिने सचेतना कार्यक्रम🌎
आज मंसिर २५ गते विद्यालय वातावरण सुधार कार्यक्रमअन्तर्गत
डिभिजन वन कार्यालय, भद्रपुरबाट उपलब्ध गराइएका विविध प्रजातिका बिरुवाहरू—
कल्कि, लेलामज्नु, अशोक, धुपी, बेगनबेली, अमला, स्वामी, मेङ्गो स्टिम (Mango Steam), बिरेन्द्र फूल, CGM, राजवृक्ष
लगायतका संरक्षण तथा सौन्दर्यीकरणका लागि उपयोगी बिरुवाहरू विद्यालयलाई वितरण गरिएको छ।
वन डिभिजन कर्मचारी , वडा प्रतिनिधि, शिक्षक–विद्यार्थी तथा अभिभावकहरूको सहभागितामा आजै ती सबै बिरुवाहरू रोपण कार्य सम्पन्न गरिएको छ।
🌿 स्वस्थ वातावरण, हरियाली विद्यालय –
आउने पुस्ताका लागि एउटा सुन्दर उपहार। 🌿

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kachankawal
Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00