24/09/2026
सूचना
आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
सम्बन्धित सबैमा यो जानकारी गराइन्छ कि भारी वर्षाका कारण गृह मन्त्रालय तथा स्थानीय सरकारबाट जारी गरिएको सूचनालाई मध्यनजर गर्दै यस विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण कक्षाहरू २०८३ साल असोज ९ गते शुक्रबार बन्द रहनेछन्।विद्यार्थी तथा शिक्षक–कर्मचारीहरूको सुरक्षालाई प्राथमिकतामा राखी उक्त निर्णय गरिएको हो।यस अवधिमा सम्पूर्ण विद्यार्थीहरूलाई घरमै सुरक्षित रहन, नदी, खोला तथा अन्य जोखिमयुक्त स्थानहरूमा नजान र वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हार्दिक अनुरोध गरिन्छ धन्यवाद!!!!!
प्रधानाध्यापक
साउथ दीप एकेडेमी