Janaki Secondary School

Janaki Secondary School Estd. B.s. 2018

A public school from class nursery to class 10.

कक्षा ७ का छात्रा अन्नु गणेशलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौं🎉🎉🎉
05/10/2026

कक्षा ७ का छात्रा अन्नु गणेशलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौं🎉🎉🎉

आज कक्षा १० का विद्यार्थीहरूका अभिभावकहरूसँग प्रथम त्रैमासिक परीक्षाको नतिजा, विद्यार्थीको शैक्षिक प्रगति तथा आगामी दिनम...
05/10/2026

आज कक्षा १० का विद्यार्थीहरूका अभिभावकहरूसँग प्रथम त्रैमासिक परीक्षाको नतिजा, विद्यार्थीको शैक्षिक प्रगति तथा आगामी दिनमा नतिजा सुधार गर्न अपनाउनुपर्ने रणनीतिहरू सम्बन्धमा महत्वपूर्ण अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउने, विद्यार्थीको कमजोर पक्ष पहिचान गरी सुधार गर्ने तथा विद्यालय र अभिभावकबीचको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विचार–विमर्श गरियो।
हाल हाम्रो कक्षा १० मा १९ जना विद्यार्थी अध्ययनरत छन्। १९ जना विद्यार्थीका अभिभावक उपस्थित हुनुपर्ने अवस्थामा आजको कार्यक्रममा ९ जना अभिभावकको मात्र उपस्थिति रह्यो। यो सहभागिता अपेक्षाकृत न्यून रहेको महसुस भएको छ।
गुणस्तरीय शिक्षा र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा विद्यार्थी र शिक्षक मात्र होइन, अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। विद्यालयमा हुने यस्ता छलफल तथा अन्तरक्रिया कार्यक्रमले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न विद्यालय र घरबीच प्रभावकारी समन्वय कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ।
त्यसैले आगामी दिनमा आयोजना हुने यस्ता कार्यक्रमहरूमा आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरी समय मिलाएर भए पनि उपस्थित भई विद्यालयसँग सहकार्य गरिदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गर्दछौँ।

तपाईंको सहभागिता, हाम्रो सहकार्य—विद्यार्थीको सफलताको आधार।

कक्षा ४ मा अध्ययनरत आरध्या गणेशलाई जन्मदिनको हार्दिक शुभकामना🎈🎊🎊🎊🎊
28/09/2026

कक्षा ४ मा अध्ययनरत आरध्या गणेशलाई जन्मदिनको हार्दिक शुभकामना🎈🎊🎊🎊🎊

सम्पूर्ण विद्यार्थी , अभिभावक तथा शिक्षक कर्मचारीमा भोलि विद्यालय बन्द रहने  जानकारी गराउदछौँ ।
24/09/2026

सम्पूर्ण विद्यार्थी , अभिभावक तथा शिक्षक कर्मचारीमा भोलि विद्यालय बन्द रहने जानकारी गराउदछौँ ।

Happy birthday Mohan Ganesh sir
15/09/2026

Happy birthday Mohan Ganesh sir

भोटेकोशी र त्रिशूलीमा आएको भीषण बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।शोकसन्तप्त परि...
07/09/2026

भोटेकोशी र त्रिशूलीमा आएको भीषण बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। 🕯️🙏

06/09/2026

सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूमा जानकारी गराइन्छ कि भोलि मिति २०८३/०५/२२ गते सोमबार विद्यालय नियमित रूपमा सञ्चालन हुने भएकाले सम्पूर्ण विद्यार्थीहरूलाई निर्धारित समयमा विद्यालय उपस्थित हुन अनुरोध गरिन्छ।
श्री जानकी माध्यमिक विद्यालय
कचनकवल–५, पाठामारी, झापा

🇳🇵 बाढीपीडितको पीडामा हाम्रो सानो साथ ❤️रुसुवागढीमा आएको बाढीले निम्त्याएको विपद्का कारण पीडित दिदी–बहिनी तथा दाजुभाइहरू...
03/09/2026

🇳🇵 बाढीपीडितको पीडामा हाम्रो सानो साथ ❤️
रुसुवागढीमा आएको बाढीले निम्त्याएको विपद्का कारण पीडित दिदी–बहिनी तथा दाजुभाइहरूको दुःखमा थोरै भए पनि मलम लगाउने उद्देश्यले श्री जानकी माध्यमिक विद्यालय, कचनकवल–५, पाठामारी, झापाका हाम्रा प्रिय विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट बचत गरेको रकम सहयोगस्वरूप प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु७०७५/-अक्षरेपी सात हजार पचहत्तर रुपैया मात्र जम्मा गरेका छन्।
सहयोग रकम सानो हुन सक्छ, तर यसभित्र लुकेको मानवता, करुणा, सहानुभूति र सामाजिक उत्तरदायित्वको भावना अत्यन्त ठूलो छ।
बालबालिकामा सहयोग, सेवा र देशप्रतिको जिम्मेवारीको भावना विकास गराउने यो प्रयास आफैँमा एउटा प्रेरणादायी उदाहरण हो।
विपदमा परेका नागरिकको साथमा उभिनु हामी सबैको साझा कर्तव्य हो।
❤️ सानो सहयोग, ठूलो मानवता।
🇳🇵 देश दुःखमा हुँदा हामी चुप लागेर बस्दैनौँ।
🤝 एकतामा शक्ति, सहयोगमा मानवता।
श्री जानकी माध्यमिक विद्यालय
कचनकवल–५, पाठामारी, झापा

Happy birthday Ridhika 🎉🥳
31/08/2026

Happy birthday Ridhika 🎉🥳

Address

Kachankawal/5
Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when Janaki Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Janaki Secondary School:

Shortcuts

Share

Category