Devi Secondary School Birtamod

Devi Secondary School Birtamod An official page of Devi Secondary School (Estd:2019)

02/10/2026

अभिभावक वर्गमा अनुरोध !
--
यस विद्यालयमा कक्षा 1 देखि 10 तथा ECD (Nsy/KG) को दोश्रो आवधिक (मासिक परीक्षा तथा मुल्याङ्कन) कार्य 2083 असोज 13 गतेदेखि 21 गतेसम्म सन्चालन भइरहेको कुरा जानकारी नै छ ! हिजोसम्म 3 वटा विषयको टेष्ट/परीक्षा सकिएको छ !
परीक्षा भइसकेका विषयको उत्तरपुस्तिका परीक्षण गरी पृष्ठपोषण तथा जानकारीका लागि अभिभावकले हेर्न सक्ने गरि घरमा पठाउने गरिएको छ ! आफ्ना नानीहरुको परीक्षाको विषयगत नतिजा/प्राप्ताङ्क हेरी नानीहरुको पढाइ प्रगति बारे कक्षा शिक्षक र विषय शिक्षकसग समन्वय गर्नुहुन अभिभावक वर्गमा अनुरोध छ ! टेष्ट/परीक्षा पुर्णाङ्क 25 र प्राप्ताङ्क कम्तिमा 9 रहेमा ग्रेडेड हुने (पास) मानिनेछ !
#नानीहरुलाइ नियमित विद्यालय पठाइदिनुहुन अनुरोध ! टेष्ट/परीक्षा छुटेमा अर्को परीक्षा हुनेछैन !
२०८३/०६/१६

01/10/2026

नतिजा प्रकासन सम्बन्धी सुचना !
---
यस विद्यालयको कक्षा ११/१२ को २०८३ भदौ २२ गतेदेखि असोज १ गतेसम्म भएको पहिलो आन्तरिक परीक्षाको नतिजा भोलि मिति २०८३ असोज १६ गते शुक्रबार प्रकासन हुने कुरा विद्यार्थी तथा अभिभावक वर्गमा जानकारी गराइन्छ !
अभिभावक ज्युहरुले सम्भव भए सम्म आफ्ना नानीहरुको नतिजा र पढाइ प्रगति बारे बुझ्न विद्यालयमा उपस्थित भइदिनुहुन अनुरोध छ ! विद्यालयमा उपस्थित हुन सम्भव नभएमा नानीहरुको ग्रेडसीट हेरि पृष्ठपोषण गररिदिनुहुन समेत अनुरोध छ !

मासिक परीक्षा (Monthly Test) सम्बन्धी तालिका !--यस विद्यालयमा कक्षा १-१० तथा ECD (Nsy, KG) को असोज महिनामा हुने मासिक पर...
28/09/2026

मासिक परीक्षा (Monthly Test) सम्बन्धी तालिका !
--
यस विद्यालयमा कक्षा १-१० तथा ECD (Nsy, KG) को असोज महिनामा हुने मासिक परीक्षा तथा मुल्याङ्कन देहाय अनुसारको समय तालिका अनुसार २०८३ असोज १३ गते मङलबारदेखि हुने हुँदा आफ्ना नानीहरुलाइ घरमा पढाइमा तयारी गर्न सहयोग गरिदिनुहुन र नियमित विद्यालय पठाइदिनुहुन अनुरोध छ !

भावपूर्ण श्रद्धान्जली !----यस देवी माध्यमिक विद्यालयका विद्यार्थी  #अजय खजुम लिम्बु कक्षा ११ को परीक्षाको अवधिमा बिरामी ...
24/09/2026

भावपूर्ण श्रद्धान्जली !
----
यस देवी माध्यमिक विद्यालयका विद्यार्थी #अजय खजुम लिम्बु कक्षा ११ को परीक्षाको अवधिमा बिरामी भई बिराटनगर स्थित बिराट नोबेल अस्पतालमा परीक्षण गर्दा ब्रेन ट्युमरको समस्या पहिचान भएपश्चात निरन्तर उपचार गर्दा स्वास्थ्यमा सुधार हुन नसकी सोहि क्रममै मिति २०८३/०६/०६ गते असामयिक स्वर्गारोहण भएकोमा विद्यालय परिवार मर्माहत एवम स्तब्ध भएको छ !

मोरङ्गको लेटाङ नगरपालिका–७ मा स्थायी बसोबास रहि यस विद्यालयमा शिक्षा समुहमा अध्ययनरत जेहेन्दार तथा अनुशासित विद्यार्थी १७ वर्षीय विद्यार्थी भाइ अजय खजुम लिम्बु प्रति विद्यालय परिवार भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दछौं ! साथै परिवारको सदस्य गुमाएर पीडामा रहनुहुने सम्पुर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं !
शोकको यस घडीमा भोलि मिति २०८३ असोज ९ गते शुक्रबार एक दिन विद्यालयमा शोक बिदा दिइएको कुरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ !

सुनौलो शुक्रबारमा विद्यार्थी पुरस्कृत ----विद्यालयले २०८३ साउन र भदौ महिनाका शुक्रबारमा राखिएका `सुनौलो शुक्रबार´ अन्तर्...
21/09/2026

सुनौलो शुक्रबारमा विद्यार्थी पुरस्कृत
----
विद्यालयले २०८३ साउन र भदौ महिनाका शुक्रबारमा राखिएका `सुनौलो शुक्रबार´ अन्तर्गतका कार्यक्रमहरुमा उत्कृस्ट प्रस्तुति गर्ने विद्यार्थी (प्रथम, द्वित्तिय तथा तृतिय)लाइ आज स्टेसनरी सामग्री सहित पुरस्कृत गरिएको छ !
--
सन्चालित कृयाकलाप संख्या: ६०
पुरस्कृत विद्यार्थी संख्या: १५५ जना
#पुरस्कृत सम्पुर्ण विद्यार्थीलाइ बधाइ !

21/09/2026

अभिभावक वर्गमा अनुरोध तथा जानकारी !
---
यस विद्यालयमा कक्षा १ देखि १० सम्म र ECD (नर्सरी, केजि) को दोश्रो आवधिक (मासिक) परीक्षा तथा मुल्याङ्कन मिति २०८३ असोज १३ गतेदेखि हुने गरि आज विद्यार्थीहरुलाइ रुटिन दिइएको छ ! मासिक/आवधिक मुल्याङ्कन र पठनपाठन सँगसगै हुदैँ जानेछ !
तसर्थ आफ्ना नानीहरुलाइ बिषयगत रुटिन हेरि सोहि अनुसार पढाइ र तयारीमा थप सहजिकरण गरिदिनुहुन अनुरोध छ !
*असोज १३ गते देखि २१ गतेसम्म हुने सो मुल्याङ्कन अवधिमा नानीहरुलाइ विद्यालयमा अनुपस्थित नगराइदिनुहुन समेत अनुरोध छ !

17/09/2026

कक्षा ११/१२ को नियमित पठनपाठन सम्बन्धि सुचना !
---
विद्यालयले सन्चालन गरेको कक्षा ११-१२ को पहिलो आन्तरिक परीक्षा आजदेखि सकिएको र भोलि २०८३ असोज २ गतेबाट नियमित पठनपाठन हुने कुरा जानकारी गराइन्छ !
पहिलो आन्तरिक परीक्षाको नतिजा असोज दोश्रो हप्तामा प्रकासन हुने र यदि कोहि विद्यार्थी बिषयगत रुपमा यस अघि भएको आन्तरिक मुल्याङ्कनको कार्यमा अनुपस्थित भएको वा तोकिएको कार्य पुरा नगरेको भए त्यस्ता विद्यार्थीले सम्बन्धित बिषय शिक्षक मार्फत मुल्याङ्कनको कार्य तत्काल (असोज ५ गते भित्र) पुरा गर्न गराउन जानकारी गराइन्छ ! आन्तरिक मुल्याङ्कन कार्यमा सहभागि हुनु अनिवार्य हुनेछ !

#नोट: कक्षा ११ को रजिष्ट्रेसन फारम खुलिसकेको हुँदा तोकिएको मियि भित्र फारम भर्न पनि जानकारी गराइन्छ !

15/09/2026

जानकारी !
विद्यालय मिति २०८३ भदौ ३१ गते बुधबार देखि नियमित रुपमा सन्चालन हुनेछ !

विद्यालयमा अनुशासित र मर्यादित शैक्षिक वातावरण बनाउन विद्यार्थी आफैं सकृय !----झण्डै एक महिना, विद्यालयको बिहानी सत्र र ...
11/09/2026

विद्यालयमा अनुशासित र मर्यादित शैक्षिक वातावरण बनाउन विद्यार्थी आफैं सकृय !
----
झण्डै एक महिना, विद्यालयको बिहानी सत्र र दिवा सत्रमा विद्यालयको शैक्षिक वातावरणलाइ विद्यार्थीले गहिरिएर अध्ययन गरे ! साना-साना कुरा पनि टिपोट गरे ! त्यसपछि विद्यार्थीले बालक्लबको बैठकको एउटा एजेन्डा बनाए- विद्यालयको शैक्षिक वातावरण र विद्यार्थीको अनुशासन !
---
त्यसपछि बाल क्लब, जुरेस, स्काउट शिक्षक प्रतिनिधि सँग छलफल गरे !
सो पछि विद्यार्थी अनुसासन समिति, विद्यालय प्रशासन र प्रधानाध्यापक सँग अलग अलग छलफल गरे ! र, आफैं सकिय भएर विद्यालयको उपयुक्त शैक्षिक वातावरण तयार गर्न आफैं ९ बुँदे विद्यार्थी आचारसहिंता र अभिभावक विद्यालय आउँदा ध्यान दिनुपर्ने कुरालाइ समेटेर बिभिन्न साइजका १२ थान ब्यानर तयार गरे !
---
आज एक कार्यक्रमको आयोजना गर्दै सबैभन्दा पहिले नेतृत्व पङ्क्तिमा रहेका आफु सबैले पालना गर्ने सामुहिक प्रतिबद्धता जनाए ! त्यसपछि दिवा सत्रका सबै कक्षाका विद्यार्थीलाइ कक्षा कक्षामा गएर पालना गर्न आग्रह गर्दै सामुहिक रुपमा पढेर सुनाए, सबैला आह्वान गरे ! बिहानी सत्रका दाजु दिदिलाइ सो नियम पुर्ण रुपमा पालना गर्न र अनुशासित तथा मर्यादित शैक्षिक वातावरण बनाउन आग्रह गर्दै बिभिन्न ठाउँमा ब्यानर टाँगेका छन !
---
सगैं विद्यार्थी आचारसहिंता पालना भए नभएको बारे बिहानी तथा दिवा सत्रमा बाल क्लब आफैंले निरीक्षण गर्ने उदघोष गरेका छन ! राष्ट्रिय बाल दिवसको अवसर पारेर बाल क्लब, जुरेस र स्काउटले यो महत्वपुर्ण कार्यक्रम भव्य रुपमा सन्चालन गरेकोमा प्रधानाध्यापक ज्युले धन्यावाद व्यक्त गर्नु भएको छ !

11/09/2026

`अनुशासन नै विद्यार्थी जीवनको गहना हो´ भन्दै देवी माध्यमिक विद्यालयका बाल क्लब, जुरेस र स्काउटका विद्यार्थीहरुले राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर बिभिन्न ९ बुँदे विद्यार्थी आचारसहिंता कक्षा कक्षामा पुगेर जानकारी गराउदै र ब्यानर मार्फत विद्यालयमा राखेर सबै आचारसंहिता पालना गर्न बिहानी तथा दिवा सत्रका विद्यार्थीलाइ आह्वान गरेका छन ! साथै अभिभावकहरु विद्यालय आउँदा ध्यान दिनुपर्ने कुराहरु समेतलाइ ब्यानर मार्फत प्रस्तुत गर्दै अभिभावकलाइ अनुरोध समेत गरेका छन !

Address

Birtamod/5
Jhapa District
57204

Alerts

Be the first to know and let us send you an email when Devi Secondary School Birtamod posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Devi Secondary School Birtamod:

Shortcuts

Share

Category