Thank You Beldangi Online Khabar for News Coverage
ECDC Beldangi
ECDC is a complete child play center situated in Bhutanese Refugee Camp Beldangi.
14/07/2026
ई.सि.डि.सि बेलडाँगीलाई विद्यालय पोसाक ।
आज मिति २०८३ साल असार महिनाको ३० गते तदनुसार जुलाई महिनाको १४ तारिख २०२६ मंगलबारको यस शुभ दिनमा पूर्व गोल्दाप शिविरबाट तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत हाल अमेरिकाको सिराक्युस New York मा रहि नेपाल भ्रमणको क्रममा यस विद्यालयमा उपस्थित हुनुहुने आदरणीय सहयोगी मनका धनी श्री भिम दाहाल श्रीमती पवित्र नेपाल , सासु हरि माया नेपाल तथा छोराहरु भिप राज दाहाल र भिमु दाहाल ज्यूहरुले यस विद्यालयको आवश्यकता बुझि यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गर्नुभएको थियो। सम्पूर्ण सहयोगी मनका धनी ज्यूहरुलाई सुख शान्ति समृद्धि सु स्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतीको शुभकामना सहित विद्यालय परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छाैं साथै यस कार्यक्रमलाई समन्वय सहजिकरण गरिदिनुहुने आदरणीय बेलडाँगी निवासी समाजसेवी श्री लोक नाथ भट्टराई ज्यूलाई पनि धन्यवाद टक्र्याउन चाहन्छाैं।
ECDC Beldangi
Thank You Beldangi Online Khabar
09/07/2026
आज देखि सुरुवात भएको शैक्षिक सत्र २०८३ सालको पहिलो त्रैमासिक परीक्षाको केहि झलकहरु। हार्दिक बधाई तथा शुभकामना यस परीक्षामा सहभागी सम्पूर्ण विधार्थी नानी बाबुहरुलाई ।
ECDC Beldangi
09/07/2026
प्रथम त्रैमासिक परिक्षा सम्बन्धमा ।
02/07/2026
ई.सि.डि.सि बेलडाँगीलाई घाँस काट्ने मेसिन सहयोग।
विगत १७ वर्ष अघि भुटानी शरणार्थी शिविर बेलडाँगी १ सेक्टर सि/३ बाट तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत हाल अमेरिकाको सिनसानिटि ओहायो निवासी सहयोगी मनका धनी समाजसेवी श्री नन्दु दुद राज ज्यूको नेपाल भ्रमणको क्रममा यस विद्यालयमा उपस्थित भई विद्यालयको सम्पूर्ण गतिविधिहरू प्रत्यक्ष अवलोकन गरि विद्यालयलाई थप सुन्दर हरियाली विधार्थी नानी बाबुहरुलाई सहज वातावरणमा पठनपाठन गराउनको लागी उहाँले १ थान घाँस काट्ने मेसिन विद्यालय व्यवस्थापन समितिका सदस्य श्री बुद्ध हाङ राई ज्यु मार्फत विद्यालयलाई हस्तान्तरण गरिएको थियो। सहयोगी मनका धनी श्री नन्दु दुद राज ज्यू साथै स परिवारलाई सुख शान्ति समृद्धि सु स्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतीको कामना गर्दछौं।
धन्यवाद।
ECDC Beldangi
27/06/2026
यस विद्यालयका विद्यार्थी नानी बाबुहरु खेल्नमा उत्साहित हुँदै ।
Thank You Nakshatra Foundation. @ Caritas Korea @ GFOA
26/06/2026
यस विद्यालयका अभिभावक ज्यूहरु आज शुक्रबारका दिन श्रमदान गर्नुहुँदै।
Click here to claim your Sponsored Listing.
Location
Category
Address
झापा, मेची, नेपाल
Jhapa District
57217