Shree Chhireswor Janata Secondary School

Shree Chhireswor Janata Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Chhireswor Janata Secondary School, School, Chhireswornath Nagarpalika/5, Mahendranagar Dhanusha, Janakpur.

हाम्रो विद्यालय देशकै पुराना विद्यालयहरूमध्ये एक हो। यसले विद्यार्थीहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। शिक्षा र खेलकुद दुवैमा जोड दिँदै विद्यालयले ज्ञानको उज्यालो फैलाउँदै राष्ट्रसेवामा योगदान पुर्‍याइरहेको छ।

27/08/2026
नागपञ्चमीहरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। प्राचीन मान्यताअनुसार यस दिन नागदेवताको पूजा गरी वर्षा, ...
17/08/2026

नागपञ्चमी

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। प्राचीन मान्यताअनुसार यस दिन नागदेवताको पूजा गरी वर्षा, उर्वरता र प्राकृतिक शक्तिप्रति सम्मान व्यक्त गरिन्छ। नागलाई जल, जमिन र प्रकृतिको संरक्षणसँग जोडेर हेर्ने परम्परा पनि रहिआएको छ।

आजको आधुनिक समयमा नागपञ्चमीले सर्प तथा अन्य जीवजन्तुको संरक्षण, जैविक विविधताको रक्षा र वातावरणप्रति जिम्मेवार बन्ने सन्देश दिन्छ। यस पर्वबाट विद्यार्थीहरूले प्रकृति र जीवजन्तुप्रति दया, सम्मान, सहअस्तित्व, संरक्षण र जिम्मेवारीको भावना सिक्न सक्छन्। साथै, हाम्रो प्राचीन संस्कृति र परम्पराको महत्व बुझ्दै वातावरण संरक्षणमा आफ्नो भूमिका निर्वाह गर्न प्रेरणा मिल्छ।

नागपञ्चमीको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सबैमा हार्दिक शुभकामना!

02/08/2026

सूचना!
मिति: २०८३/०४/१७

विषय: गर्मी विदा सम्बन्धमा।

यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू, आदरणीय अभिभावक ज्यूहरू तथा शिक्षक/शिक्षिका कर्मचारी वर्गमा जानकारी गराइन्छ कि कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई विद्यालयको वार्षिक कार्ययोजना बमोजिम मिति २०८३/०४/१८ गते देखि २०८३/०५/०५ गतेसम्म विद्यालयमा गर्मी विदा रहने व्यहोरा सूचित गरिन्छ।
विदा पश्चात् मिति २०८३/०५/०८ गते (सोमबार) देखि विद्यालय पूर्ववत् नियमित रूपमा सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ।
साथै, बाँकी रहेको एक विषयको परीक्षाको सूचना विद्यालय खुल्नासाथ सूचित गरिनेछ।
धन्यवाद ।
प्रधानाध्यापक
उपेन्द्र राय यादव

30/07/2026

विद्यालयको पठनपाठन, परीक्षा तथा प्रशासनिक कार्य स्थगित सम्बन्धी सूचना

मिति: २०८३/०४/१४
विषय: विद्यालय विदा सम्बन्धी अत्यन्त जरुरी सूचना

आदरणीय अभिभावकज्यूहरू, शिक्षक–कर्मचारीज्यूहरू तथा प्रिय विद्यार्थी भाइबहिनीहरू,

वर्तमान परिप्रेक्ष्यमा देशमा उत्पन्न अस्थिर परिस्थिति तथा जिल्ला प्रशासन कार्यालय, धनुषाद्वारा मिति २०८३ श्रावण १४ गते जारी गरिएको कर्फ्यु आदेशलाई मध्यनजर गर्दै, विद्यालय परिवारको सुरक्षा तथा हितलाई प्राथमिकतामा राखी यस विद्यालयका कक्षा ११/१२ को नियमित पठनपाठन, कक्षा ६–१० को सञ्चालनमा रहेको परीक्षा तथा विद्यालयका सम्पूर्ण प्रशासनिक कार्यहरू आज मिति २०८३/०४/१४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्थायी रूपमा स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

देशमा भइरहेको द्वन्द्व, झडप तथा अस्थिर परिस्थितिमा सबै विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा विद्यालय परिवारका सदस्यहरूलाई आ–आफ्नो घरमा सुरक्षित रहन, अनावश्यक रूपमा बाहिर ननिस्कन तथा स्थानीय प्रशासनद्वारा जारी निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न हार्दिक अनुरोध गर्दछौँ।

परिस्थिति सामान्य तथा स्थिर भएपछि विद्यालय सञ्चालन, स्थगित परीक्षा तथा अन्य शैक्षिक गतिविधिका सम्बन्धमा विद्यालयको आधिकारिक सूचना/फेसबुक पेजमार्फत पुनः जानकारी गराइनेछ।

यस असहज परिस्थितिमा सबैबाट आवश्यक सावधानी, संयमता र सहयोगको अपेक्षा गर्दछौँ।

धन्यवाद।
प्रधानाध्यापक
उपेन्द्र राय यादव।
श्री क्षीरेश्वर जनता माध्यमिक विद्यालय
क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५

30/07/2026

Guru Purnima 🙏🙏 Special

३० जुलाई – अन्तर्राष्ट्रिय मित्रता दिवसहरेक वर्ष जुलाई ३० मा अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइन्छ। यस दिवसले मित्रता, आप...
30/07/2026

३० जुलाई – अन्तर्राष्ट्रिय मित्रता दिवस

हरेक वर्ष जुलाई ३० मा अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइन्छ। यस दिवसले मित्रता, आपसी विश्वास, सम्मान तथा सहयोगको भावनालाई सुदृढ बनाउने उद्देश्य राख्छ। साँचो मित्रताले जीवनमा सुख–दुःखका प्रत्येक क्षणमा साथ दिँदै आत्मविश्वास, सकारात्मक सोच र सद्भावको विकास गर्न प्रेरित गर्दछ।

यस दिवसले विद्यार्थीहरूलाई इमानदारी, सहकार्य, सहिष्णुता र आपसी सम्मानका साथ असल मित्रता कायम राख्न प्रेरित गर्दै मित्रता नै शान्ति, एकता र मानवताको बलियो आधार हो भन्ने सन्देश प्रदान गर्दछ।

29/07/2026

आज गुरु पूर्णिमाको पावन अवसरमा हाम्रो विद्यालयका विद्यार्थीहरूले आफ्ना आदरणीय गुरु–गुरुआमाप्रति देखाउनुभएको सम्मान, श्रद्धा र कृतज्ञता अत्यन्त प्रेरणादायी रह्यो।

सम्पूर्ण गुरु–गुरुआमाप्रति हार्दिक नमन तथा गुरु पूर्णिमाको शुभकामना।

आज पावन गुरु पूर्णिमाको अवसरमा हाम्रो विद्यालयका सम्पूर्ण विद्यार्थीहरूले आफ्ना आदरणीय गुरु–गुरुआमाप्रति देखाउनुभएको श्र...
29/07/2026

आज पावन गुरु पूर्णिमाको अवसरमा हाम्रो विद्यालयका सम्पूर्ण विद्यार्थीहरूले आफ्ना आदरणीय गुरु–गुरुआमाप्रति देखाउनुभएको श्रद्धा, सम्मान र कृतज्ञताले विद्यालय परिवारलाई अत्यन्त गर्वान्वित बनाएको छ।

गुरु केवल ज्ञान दिने व्यक्ति मात्र होइन, उज्ज्वल भविष्य निर्माण गर्ने प्रेरणाका स्रोत र असल जीवनको मार्गदर्शक हुनुहुन्छ। विद्यार्थीहरूले आज व्यक्त गरेको सम्मानले गुरु–शिष्य सम्बन्धको गरिमा अझ उचो बनाएको छ।

यस पावन अवसरमा सम्पूर्ण गुरु–गुरुआमाप्रति हार्दिक नमन तथा शुभकामना व्यक्त गर्दछौँ। उहाँहरूको समर्पण, मेहनत र मार्गदर्शनले नै सक्षम, अनुशासित र जिम्मेवार नागरिक निर्माण सम्भव भएको छ।

"गुरुको सम्मान नै ज्ञानको सम्मान हो।"

गुरु पूर्णिमाको हार्दिक शुभकामना!🌸

Address

Chhireswornath Nagarpalika/5, Mahendranagar Dhanusha
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Shree Chhireswor Janata Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category