01/04/2026
प्रवेशपत्र प्रिन्ट गर्ने सम्बन्धी सूचना ।
निजामती सेवा/शिक्षक सेवा/नागरिक उड्डयन/खाद्यान्न /खानेपानी /स्वास्थ्य सेवा /वन रक्षक /नेपाल पुलिस etc
01/04/2026
प्रवेशपत्र प्रिन्ट गर्ने सम्बन्धी सूचना ।
29/03/2026
तपाइलाई Entrance Preparation र Bridge Course बन्द गर्ने निर्णय कस्तो लाग्यो ?🤔
बालेन्द्र शाह(बालेन): ऱ्यापरदेखि राष्ट्रनेतासम्मको ऐतिहासिक छलाङ
“Gen-Z आन्दोलनको परिणाम र वैकल्पिक राजनीतिको सबैभन्दा ठूलो सफलता”
नेपालको परम्परागत राजनीति (काँग्रेस, एमाले, माओवादी) को घेरा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व गर्दै बालेन्द्र शाह नेपालको ४७ औँ प्रधानमन्त्री (व्यक्तिका आधारमा ४० औँ र गणतन्त्र नेपालको १० औँ) बनेको रोचक र कीर्तिमानी हो ।
विश्वकै पहिलो: सांगीतिक क्षेत्र (ऱ्यापर) बाट प्रधानमन्त्री बन्ने विश्वकै पहिलो दुर्लभ उदाहरण र हाल विश्वमा बहाल रहेका मध्ये सबैभन्दा कम उमेरका प्रधानमन्त्री।
नेपालको इतिहासमा पहिलो:
६ दशकपछि पहिलोपटक एक दल (रास्वपा) ले स्पष्ट बहुमत (करिब २/३) ल्याएर बनेको सरकारको प्रधानमन्त्री
इन्जिनियर पृष्ठभूमिबाट र मधेशी मूलबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।
मेयर (२०२२) बाट सिधै छोटो समयमै प्रधानमन्त्री (२०२६) बन्ने पहिलो व्यक्ति हुन् ।
पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बन्ने व्यक्ति ।
लोकतन्त्रपछिको सबैभन्दा शक्तिशाली: लोकतन्त्र स्थापनापछिको सबैभन्दा कम उमेरको, सबैभन्दा शक्तिशाली र पहिलो जननिर्वाचित कान्छो प्रधानमन्त्री।
निर्वाचन र जनादेश (झापा-५ को महासंग्राम)
निर्वाचन क्षेत्र र नतिजा: बालेन शाहले झापा-५ बाट चुनाव लड्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशाल मतान्तरले पराजित गरे।
सर्वाधिक मत: प्रतिनिधि सभा निर्वाचन, २०८२ मा उनी प्रत्यक्षतर्फ सबैभन्दा बढी मत (६८,३४८ मत) ल्याई विजयी हुने उम्मेदवार बने।
एक अद्वितीय र सांस्कृतिक शपथ ग्रहण
मिति र समय: २०८२ चैत १३ गते, शुक्रबार दिउँसो ठीक १२:३४ बजे।
विशेषता: ७ ब्राह्मणद्वारा शंखनाद, १०८ बटुकद्वारा स्वस्ति वाचन, र १०७ बौद्ध लामाहरूबाट स्वस्ति मंगलवाचनसहित शुभ साइतमा शपथ सम्पन्न। (राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधानको धारा ७६ को उपधारा १ अनुसार नियुक्त)।
महत्त्वपूर्ण :
विवरण मिति
जन्म २०४७ वैशाख १४
काठमाडौँको मेयर कार्यकाल २०७९ जेठ १६ देखि २०८२ माघ ४ सम्म
नवनिर्वाचित सांसदहरूको शपथ २०८२ चैत १२ गते
प्रधानमन्त्रीको शपथ २०८२ चैत १३ गते १२:३४ बजे
नेपालको प्रधानमन्त्री गणना: बालेन्द्र शाहको स्थान
गणनाको आधार क्रम (Rank) मुख्य विशेषता / सन्दर्भ
नेपालको कुल प्रधानमन्त्री (कार्यकाल संख्या) ४७ औँ भीमसेन थापादेखि हालसम्मको कुल पटकको गणना।
व्यक्तिगत आधारमा (Unique Persons) ४० औँ एकै व्यक्ति धेरै पटक भएकोलाई हटाएर गणना गर्दा।
गणतन्त्र नेपालको आधारमा १० औँ २०६५ सालमा गणतन्त्र स्थापना भएपछिको गणना।
नयाँ संविधान (२०७२) पछिको धारा ७६ (१) अनुसार १ लो बहुमत प्राप्त दलको नेताका रूपमा पहिलोपटक नियुक्त।
उमेरका आधारमा (लोकतन्त्र पछि) सबैभन्दा कान्छो लोकतन्त्र स्थापनापछिको सबैभन्दा कम उमेरको प्रधानमन्त्री।
सत्ता हस्तान्तरणको चक्र (पछिल्ला प्रधानमन्त्रीहरू)
४४ औँ: पुष्पकमल दाहाल (प्रचण्ड) – २०७९ पुस १०
४५ औँ: केपी शर्मा ओली – २०८१ असार ३०
४६ औँ: सुशीला कार्की (अन्तरिम सरकार) – २०८२ भदौ २७
४७ औँ: बालेन्द्र शाह – २०८२ चैत १३
मन्त्रीमण्डलको नामावली
क्र.सं. नाम मन्त्रालय / पद
१. बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री र रक्षा
२. डा. स्वर्णिम वाग्ले अर्थमन्त्री
३. सुधन गुरुङ गृहमन्त्री
४. शिशिर खनाल परराष्ट्रमन्त्री
५. सोविता गौतम कानुनमन्त्री
६. सस्मित पोखरेल शिक्षामन्त्री
७. सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल सामान्य प्रशासन/भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११. विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ
१२. निशा मेहता स्वास्थ्य तथा जनसंख्या र खानेपानी
१३. गणेश पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१४. डा. विक्रम तिम्सिना सञ्चार तथा सूचना प्रविधि
१५. दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. गीता चौधरी कृषि, पशुपन्छी विकास तथा वन तथा वातावरण
21/03/2026
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१
19/03/2026
How to permanent concept set anything?
07/07/2024
✍️🤗
07/07/2024
१ समसामयिक पक्का 😘