Swastik English Boarding School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Swastik English Boarding School, School, Janakpur 7, Janakpur.
07/05/2026
शैक्षिक शत्र २०८३ को छात्रवृत्ति सम्बन्धी सूचना ।
हरेक अभिभावकहरूको निम्ति अनुरोध —
१. बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस्, मोबाइल नचलाउनुहोस् ! टिभीमा ८ बजे भन्दा पछाडि आफ्नो बच्चा भन्दा महत्त्वपूर्ण केही आउँदैन ।
२. बच्चालाई रातको १० बजे भित्र सुत्न र बिहान ६ बजे अघि उठ्नको लागि बानी बाल्नुहोस् ।
३. आफ्नो बच्चाको स्कूलको कापी किताब हेर्नको लागि ३०/४५ मिनेट समय निकाल्नुहोस् । उसको गृहकार्य पूरा गर्न सहयोग गर्नुहोस् ।
४. हरेक दिन विद्यार्थीको लेखाइ र पढाइलाई ध्यान दिनुहोस्, अनि उ जुन विषयमा कमजोर छ त्यसमा बढी सिक्नमा सहयोग गर्नुहोस् ।
५. यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस !
६. आफ्नो बच्चालाई बिरुवा लगाउन र उसलाई हेरचाह गर्नको लागि बानी बसाल्नुहोस !
७. सुत्ने समय आफ्नो बच्चालाई दन्त्यकथा, बालकथा, देशको इतिहास इत्यादी सुनाउनुहोस् ।
८. हरेक वर्षको दशैँ-तिहार छुट्टिमा कुनै न कुनै ठाउँमा घुमाउन लैजानुहोस्, कम्तिमा पनि आफ्नो गाउँमा भए पनि लैजानुहोस् । यसले नयाँ मान्छे र परिवेश बुझ्न मद्दत गर्छ ।
९. आफ्नो बच्चाको प्यासन के छ, उसको प्रतिभाको पत्ता लगाउनुहोस् ! र त्यसलाई तिखार्न साहायता गर्नुहोस् । (बच्चा कुनै विषय संगीत, खेल, अभिनय , चित्रकला, नृत्य , आदिमा रुचि राख्न सक्छन् यसले उनीहरूको जीवन रमाइलो बनाउँछ ।)
१०. बच्चालाई प्लास्टिक प्रयोग नगर्नको लागि सिकाउनुहोस ! तातो खाना र पानी प्लास्टिकमा प्रयोग नगर्नको लागि भन्नुहोस् !
११. भान्सा कोठामा खाना बनाउने समयमा सानातिना काम पानी अर्हाउनुहोस् । यसले सानोतिनो कसरत पनि हुन्छ, जगरिलो बनाउँछ, अनि टिमवर्कको पनि आभाष हुन्छ ।
१२. प्रत्येक बच्चा जन्मदा नै बैज्ञानिक हुन्छन् ! उनिहरु संग धेरै प्रश्न हुन्छन् , यो सबै प्रश्नको जवाफ हामी दिन सक्छौं ! हामी सचेत हुनुपर्छ बच्चाको प्रश्नमा रिसाउनु हुँदैन ! उसको प्रश्नको जवाफ तुरुन्त दिनुहोस् जवाफ् थाहा छैन भने सोधपुछ गरेर दिनुहोस् !
१३. पाँच बर्ष मुनीका बच्चालाई अनुशासनमा राख्ने नाममा चर्को स्वरले कराउने वा पिट्ने गर्नु हुँदैन । तर पाँच वर्ष पछि भने उसलाई अनुसाशन सिकाउनु अति आवश्यक हुन्छ ।
१४. बच्चालाई भर्नाको लागि कुनै सर्वश्रेष्ठ स्कूल खोज्नु भन्दा सबैभन्दा राम्रो स्कूल त्यो हो जहाँ तपाईंको बजेटको लागि उपयुक्त छ । यस्तो अवस्थामा घरमै पनि सहयोग गर्न सकिन्छ । यसैले बढी पैसा तिर्दैमा बच्चाले धेरै जान्छ भन्ने होइन, सरकारी स्कूल पढेकाले पनि टप गरेको उदाहरण धेरै छन् ।
१५. बच्चालाई मोबाइल फ़ोन प्रयोग गर्न नदिनुहोस् । आवश्यक हुँदा आफ्नो निगरानीमा मोबाइल प्रयोग गर्न दिनुहोस् ।
१६. बच्चालाई आफ्नो काममा सहायता गर्नको लागि भन्नुहोस् ! जस्तै खाना बनाउन, सरसफाइ गर्न, सामान व्यवस्थित गरि राख्न सिकाउनुहोस् !
१७. र, सबैभन्दा महत्त्वपूर्ण चिज हामीले आफ्नो बच्चालाई शिक्षाको साथमा राम्रो संस्कार पनि दिनुपर्छ । ताकी उनीहरू जीवनमा सफल र सहि मानिस बन्न सकुन ।
हामिले आफ्नो अनुभव को आधारमा आफ्नो सन्तानको जिबनलाई सुन्दर र स्वास्थ्य राख्नलाई बच्चाको मद्दत गर्नुपर्छ ! यदि यो लेख अर्थपूर्ण छ भने कृपया सेयर गर्नुहोस् ।
03/05/2026
Prize distribution day of Annual Exam & Annual sport 2082.
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Janakpur 7
Janakpur
041