J V Marketing & Consultancy

J V Marketing & Consultancy

Share

Complete Business Solution नोट:- यहाँ फोटोकपी, प्रिन्ट, इमेल, इन्टरनेटका साथै बस, ट्रेन, प्लेनको टिकट बुकिङ्गको पनि सेवा उपलब्ध छ।

07/11/2025

प्रस्ताव पेश गर्न सहयोग चाहिएमा ।
9854029717
9709142797




21/08/2025

Staff required for Online shopping business contact :9854029717 & 980-2029717

19/07/2024

HS कोड सम्बन्धित जानकारी
आन्तरिक राजस्व विभागले गत आर्थिक ऐन देखि लागू हुने गरी फर्मले जारी गर्ने कर बिजक को ढाँचा परिवर्तन गरेको छ। कृपया ध्यान दिनु हाेला, विगतमा यहाँबाट प्रयोग भएको कर बिजक अब प्रयोग गर्न पाईने छैन। अब को कर विजकको ढाँचामा अनिवार्य रूपमा HS Code राख्नु पर्ने छ। र आयातित सामानको कर बिजक जारी गर्दा अनिबार्य रूपमा HS कोड राखेर बिजक जारी गर्नु पर्नेछ।
आखिर के हो त HS Code?
HS Code भन्नाले Harmonized System Code भन्ने बुझिन्छ। यो अन्तर्राष्ट्रीय रूपमा हरेक सामाग्रीको वर्गीकरणमा एक रुपता होस भनेर प्रयोग गरिने ८ अङ्कको कोड हो। यो सामान्यतया कर प्रणालीको लागि प्रयोग हुने कोड हो, र कर चुहावट रोक्न यसको विशेष प्रयोग हुन्छ। यो कोड वस्तु र त्यसको प्रकृति अनुसार फरक फरक हुन्छ। एउटै वस्तुको HS Code संसार भर HS Code प्रयोग हुने ठाउँमा एउटै हुन्छ। एउटै वस्तुको प्रकृति अनुसार HS Code फरक पर्न जान्छ। वस्तु तथा सेवाको लाग्ने करको दर HS Code को आधारमा निर्धारण हुन्छ। संसारमा हुने अप्रत्यक्ष कर सम्बन्धित ठूला ठूला कर बिबाद यही HS Code अन्तर्गत कुन समुहमा पर्ने भन्ने विषयमा हुने गरेको पाइन्छ।
के एउटै वस्तुको HS कोड एउटै हुन्छ त?
वस्तु र प्रकृति अनुसार HS कोड फरक पर्न जान्छ। उदाहरणको लागि बीउ आलुको HS Code ०७०१.१०.०० हुन जान्छ भने बिउ बाहेकको आलुको HS Code ०७०१.९०.०० हुन्छ। अब कर निर्धारण गर्ने बेलामा सरकारले यही HS कोड को आधारमा कर को दर निर्धारण गरेको हुन्छ। HS Code ०७०१.१०.०० मा भन्सार महसुल सार्क बाहेकको देशबाट आयात गरेको हकमा प्रति केही रू. १० र HS Code ०७०१.९०.०० को हकमा प्रतिकेजी रू १५ लाग्छ। साथै पहिलोमा VAT (मु. अ. कर) लाग्दैन भने दोश्रोमा लाग्छ। तसर्थ एउटै आलुमा पनि दुई थरी महसुल दर हुन जान्छ।
अब HS Code खोज्न कहाँ जाने त?
HS Code प्राविधिक रूपमा अल्ली जटिल विषय हो, यसको लागि विज्ञको सल्लाह लिनु उचित हुन्छ। तर हाललाई बिजक जारी गर्ने बेलामा यहाँले खरिद गरेको बिजक या भन्सारको प्रज्ञापन पत्रमा यहाँले खरिद गरेको सामानको HS कोड हुन्छ। सोहिलाई नै आधार मानेर बिक्री बिजक जारी गर्नु होला। केही कठिन भएमा सम्बन्धित विषय विज्ञ वा नजिकको कर कार्यालयमा सम्पर्क गर्नु होला।
सरकारले करदातालाई दुःख दिन किन यस्तो HS Code लिएर आएको होला?
वस्तुमा लाग्ने अप्रत्यक्ष कर यही HS Code को आधारमा निर्धारण हुन्छ। एउटै वस्तुको पनि प्रकृतिको आधारमा HS कोड फरक हुन जान्छ। कर प्रणालीलाई सुधार गरेर थप पारदर्शी बनाउन यो ल्याइएको हो। करदाताले आफूले बिक्री गर्ने सामानको प्रकृतिको आधारमा HS code थाहा पाई कारोबार गर्दा अहिले सुरुमा केही झन्झट भएता पनि दीर्घकालमा भने यसबाट आउने कर बिबाद कम हुन जान्छ। कर छली रोक्न र इमान्दार करदातालाई कर विवादको झन्झटबाट मुक्त गराउन यो व्यवस्था आएको हो। सायद निकट भविष्यमा यो व्यवस्था आयातित मात्र नभई सबै वस्तुमा लाग्न सक्ने पनि देखिन्छ।
(केही प्राविधिक गल्ती भएमा सुझाबको अपेक्षा गरिन्छ) JV marketing and consultancy 9854029717, 9802029717

20/07/2023

One second hand Laptop & Printer urgent required in Janakpur.
plz inbox us.

17/07/2023

Online Class
VAT, TAX and Accounting Training.
With assistance in job placement.

1. Training by Chartered Accountants
2. Starting from Basics
3. Course Designed for Fresher
4. Sufficient Study Materials
5. Assistance in Job Placement
6. Further intensive training to deserving participants in firms.
JV Marketing and Consultancy
Anandanagar, Janakpurdham-4, Dhanusha
041-591911,9854029717,9802029717

17/07/2023

कर छुट भनेको के हो ?


कर छुट भन्नाले त्यस्तो आपूर्तिलाई बुझाउंछ जस अन्तर्गत बिक्रेताले न त मूल्य अभिबृद्धि कर संकलन गर्दछ न त आपूर्तिसंग सम्बद्ध खरिदमा उसले तिरेको कुनै कर कटृी दावी गर्न सक्छ । करछुटको कारोवार गर्नेले दर्ता पनि गर्नु पर्दैन ।

Photos from J V Marketing & Consultancy's post 03/06/2023
26/01/2023

INTERNET बाट अग्रिम कर कट्टी सम्बन्धी विवरण बुझाउने सुविधा छ छैन ? E-TDS गरेमा सो प्रमाणित कहाँबाट हुन्छ ?
इन्टरनेटबाट पनि अग्रिम कर कट्टी विवरण बुझाउने सुविधा छ । सोका लागि पहिलो एक पटक सम्बन्धित कार्यालयबाट गोप्य संकेत (Password) प्राप्त गर्नुपर्दछ । e-TDS गरेमा सम्बन्धित कार्यालयबाट प्रमाणित गराउनु पर्दछ ।

25/01/2023

अग्रिम कर कट्टी रकम दाखिला गर्दा विवरण पेश गर्नु पर्छ पर्दैन ?
अग्रिम कर कट्टी गर्ने व्यक्तिले अग्रिम कर कट्टी हुनेको विवरण आन्तरिक राजस्व विभागको मातहतका सम्बन्धित कार्यालयहरुमा दिनु पर्दछ । यस्तो विवरण र रकम संयुक्त रुपमा वा छुट्टा–छुट्टै पेश गर्न सकिन्छ ।

24/01/2023

अग्रिम कर कट्टी गरेको रकम कहाँ र कहिले दाखिला गर्नुपर्छ ?
भुक्तानीकर्ताले अग्रिम कर कट्टी गरेको रकम तोकिएको बैंकमा वा कार्यालयमा सम्बन्धित राजस्व शीर्षकमा दाखिला गरी सो को विवरण र राजस्व दाखिलाको जानकारी आफूले स्थायी लेखा नम्बर लिएको कार्यालय वा भुक्तानी स्थलबाट नजिकको/सम्बद्ध रहेको आन्तरिक राजस्व कार्यालयमा भुक्तानी गरिएको महिना समाप्त भएको २५ दिनभित्र दाखिला गर्नुपर्छ ।

Want your school to be the top-listed School/college in Janakpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Near Provident Fund Office, Anandnagar-4, Janakpurdham, Dhanusha, Madhesh Pradesh
Janakpur

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 11:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 06:00