महत्वपूर्ण जानकारी
महत्वपूर्ण जानकारी
बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि अत्यन्त जरुरी सूचना
बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्का पर्ने, विदेशी भूमिमा पिडित बन्नु पर्ने , स्वदेश फर्कन कठिनाई हुने , कतिपय अवस्थामा जेल सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनु पर्ने हुन सक्छ । यसर्थ बैदेशिक रोजगारमा जाने व्यक्तिहरुले निम्न विषयहरुमा विशेष ध्यान पुर्याई, यकिन गरि श्रम स्वीकृति लिएर वैधानिक रुपमा मात्र बैदेशिक रोजगारमा जान सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. बैदेशिक रोजगारमा जानका लागि कानुनी प्रकृया पुर्याई व्यक्तिगत र संस्थागत गरि २ किसिमले बैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचल स्थित कार्यालयहरुबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ । संस्थागत रुपमा बैदेशिक रोजगारमा कामदार पठाउने कार्य बैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र लिई नियमित रुपमा नविकरण भएका इजाजतपत्रवाला संस्थाहरु (म्यानपावर कम्पनी)ले गर्दछन् । तपाईले सम्पर्क गरेको संस्था बैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो की होइन रु उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ छैन रु तथा खारेजीमा परेको छ छैन बुझ्नु होस । व्यक्तिगत प्रयासबाट भिषा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावास प्रमाणित सक्कल कागजात सहित स्यवं उपस्थित भई श्रम स्वीकृति लिन सक्नु हुनेछ ।
२. बैदेशिक रोजगारमा जांदा कुन काममा जाने ,सोको लागि कति खर्च लाग्छ ,काम गरेवापत तलव ,खाना र बस्ने व्यवस्था ,काम गर्नु पर्ने घण्टा , ओभरटाइम काम भत्ता ,करार अवधि आदि बारेमा राम्ररी जानकारी लिनुहोस् । देश , कम्पनी, काम गर्ने पद र पेशा , तलवभत्ता ,अन्य सुविधा र सेवाशर्तहरुबारे चित्त बुझेमा मात्र राजिखुसी साथ सम्झौतापत्रमा सही गर्नुहोस सो को १ प्रति आफूसँग राख्नुहोला । विमानस्थलमा फरक फरक सम्झौता गरेका कागज साथमा राखेको पाइएकोले एउटै कम्पनीसँगमात्र सम्झौता गर्नुहोस् दोहोरो सम्झौतापत्र नगर्नुहोस ठगिनु हुन्छ ।
३. बैदेशिक रोजगारमा जांदा कुन संस्थाबाट वा को मार्फत जाने हो त्यसको बारेमा यथेष्ठ जानकारी राख्नुहोस् । दलाल मार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस् ठगिने र विदेशमा अलपत्र पर्ने प्रवल सम्भावना रहन्छ । कन्सल्टेन्सी फर्म ,ट्राभल एजेन्सी , मनी ट्रान्सफर चेन्जर ,दलाल , एजेन्ट , कुनै पनि संस्थालाई बैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन । यी कसैलाई पनि रकम नदिनु होस ठगिने वढी सम्भावना हुन्छ ।
४. आफ्नो नाममा भिषा प्राप्त भई बैदेशिक रोजगारमा जाने निश्चित भएपछि मेनपावर कम्पनीको वैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनु होला साथै बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिनुहोला । पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला ।
५. इजाजत प्राप्त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो रु एकीन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनु होला ।
६. जान चाहेको देशको बारेमा राम्रो जानकारी राख्नुहोस् । त्यो देशको भाषा संस्कृति ,रहन सहन, चालचलन , रिति रिवाज र कानूनको बारेमा आवश्यक जानकारी राख्नुहोस् ।
७. आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना , अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नं. डायरीमा टिप्नुहोस् । अथवा जानेको मानिससँग लेख्न लगाउनुहोस् ।
८. सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परिक्षण प्रमाण पत्र लिनुहोस् ।
९. सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार कम्तीमा रु ५ लाखको जीवन बीमा गराउनुहोस् ।
१०. कल्याणकारी कोषमा रु १,००० ।—बुझाई रसिद लिनुहोस् । सो रकम नतिरी श्रम स्वीकृति पाइदैन ।
११. विदेश जानु अघि स्वीकृत अभिमुखिकरण संस्थामा गई अनिवार्य रुपमा २ दिनको अभिमुखिकरण तालिम तालिम तथा जाने मुलुकको श्रम कानून सम्बन्धी जानकारी लिनुहोुस् । सो अभिमुखिकरण तालिमबाट आफु जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम सम्वन्धी सामान्य कानुनी प्रावधान लगायतका विषयमा पर्याप्त जानकारी प्राप्त हुनेछ ।
१२. वैदेशिक रोजगारीमा जान लागेका नेपाली नागरिकहरुले विदेश प्रस्थान गर्नु अगाडि आफुले प्राप्त गरेका रोजगार सम्बद्ध कागजातहरुको प्रतिलिपिहरु एक एक थान आफ्नो घरमा सुरक्षित साथ राख्ने र आफ्नो साथमा लिएर जानपर्ने कागजातहरु रुजुगरि लिई जाने ताकी अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर समस्या झेल्नु नपरोस् ।
१३. कामको लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भावना हुन्छ । श्रम स्वीकृतिको निस्सा प्राप्त नहुदै हवाई टिकट खरीद नगर्नु होला । अन्य देशको विभिन्न बाटो प्रयोग गरी रोजगारीका लागि विदेश नजानुहोस । यदि कसैले तपाईलाई ललाईफकाई लैजादै छ भने स्थानीय प्रहरीलाई खवर गर्नुहोस ।
१४. लुकीछिपी जाँदा कानूनी कार्वाही हुने , अलपत्र पर्ने ,दुर्घटना हुने ,सम्झौता बमोजिम काम नपाउने , उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष ,बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने हुँदा विशेष होस पुर्याउनुहोस् ।
१५. बैदेशिक रोजगारमा हुने ठगी र अन्य सूचना लिन र दिन हटलाइन फोन नं. ९७७-0१-४११२३५० को टेलीफोन लाइनको व्यवस्था गरिएकोले कुनै गुनासो वा जानकारी भए फोन गर्नुहोस । साथै बैदेशिक रोजगार प्रवर्द्वन बोर्डको टोल फ्रि नं. १६६००१५०००५ मा पनि आफ्नो समस्या राख्न सकिन्छ ।
१६. पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा बैदेशिक रोजगारमा पुन जाँदा अनिवार्यरुपले पुन :श्रम स्वीकृति (नविकरण) लिनुहोस् । करार अवधि सकिएपछि पनि स्वीकृति वेगर ,गैरकानूनी तरीकाबाट भिषाको म्याद भन्दा बढी समय नबस्नुहोस् अन्यथा सम्बन्धित देशको कानून अनुसार कार्वाही हुन सक्छ । आफ्नो राहदानीको म्याद समयमा नै नविकरण गर्नुहोस् ।
१७. कुनै पनि व्यक्तिले बैदेशिक रोजगारीमा पठाईदिन्छु भनी रकम मागेमा तुरुन्त नजिकको स्थानीय प्रशासन ,प्रहरी ,बैदेशिक रोजगार विभागमा सूचना दिनुहोस् ।
१८. बैदेशिक रोजगारीका लागि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुने सूचनाको आधिकारिकता बुझ्न परेमा बैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवर्द्वन वोर्डमा सम्पर्क गर्नुहोस् वा पत्रपत्रिकामा प्रकाशित विज्ञापनमा उल्लेखित Lot Number टाइप गरि ३४००१ मा SMS गरि आधिकारिकता बुझ्नु होस । (उदाहरणको लागि Lt No: 45678 छ भने lt45678 टाईप गरि ३४००१ मा sms गर्नुहोस्)
१९. बैदेशिक रोजगारमा जाँदा HIV/AIDS तथा यौनजन्य सरुवा रोगको बारेमा सचेत हुनुहोला ।
२०. बैदेशिक रोजगारमा विदेशमा रहँदा अनावश्यक रुपमा हड्ताल र अशान्ती नगर्नुहोस् ।
२१. मेनपावर कम्पनीको नाम ठेगाना परिवर्तन भएको कारणले सम्पर्क गर्न नसकिए विभागमा सम्पर्क गर्नुहोला ।
विदेशबाट नेपालमा पैसा पठाउने तरिकाहरु सम्बन्धी जानकारी
१. विदेशबाट नेपालमा पैसा पठाउन के के तरिकाहरु छन् ?
विदेशबाट नेपालमा आफ्ना आफन्तहरुलाई पैसा पठाउन बैंक खाता वा रेमिटेन्स कम्पनीहरुको माध्यम प्रयोग गर्न सकिन्छ । रेमिटेन्स कम्पनीका उदाहरणहरु Western Union:Money Transfer, IME, MoneyGram आदि हुन् र बैंक खाताभन्दा रेमिटेन्सबाट पैसा पठाउन तुलनात्मक रुपमा सस्तो र सरल हुन्छ ।
रेमिटन्सबाट पैसा पठाउँदा आफूले रोजगारी गरिरहेको देश र पैसा पठाउन चाहेको देशमा उपलब्ध रेमिटेनस कम्पनीहरुमध्ये कुनैको काउन्टरमा गई पैसा पठाउने र प्राप्त गर्ने व्यक्ति, ठेगाना, रकम आदि जानकारीहरु एउटा फारममा भरेपछि रेमिटेन्स कम्पनीले एउटा गोप्य नम्बर पैसा पठाउने व्यक्तिलाई दिन्छ । फाराममा पैसा प्राप्त गर्ने भनेर तोकिएको व्यक्तिले उक्त नम्बर र आफ्नो परिचय पत्र लिई उक्त रेमिटेन्स कम्पनीको काउण्टरमा गएमा सजिलै पैसा प्राप्त गर्न सकिन्छ । बैंकबाट बैंक खातामार्फत मात्र पैसा पठाउन सकिन्छ । यसका लागि पैसा पठाउने र प्राप्त गर्ने दुवै व्यक्तिको बैंक खाता हुनुपर्छ र बैंकको अन्तर्राष्ट्रिय सञ्जाल हुने पनि जरुरी हुन्छ । पैसा पठाउने व्यक्तिले पैसा प्राप्त गर्ने व्यक्तिको बैंकको नाम, खाता नम्बर र बैंकको एक अन्तर्राष्ट्रिय कोड जसलाई स्विफ्ट कोड SWIFT (Society for Worldwide Interbank Financial Telecommunication) code भनिन्छ, यी जानकारीहरु बैंकमा उपलब्ध गराएपछि इच्छाइएको व्यक्तिको खातामा रकम पुग्नेछ । सो माध्यमबाट पैसा पठाउन साधारणतया रेमिटेन्सभन्दा महँगो पर्छ ।
पैसा पठाउने क्रममा अनौपचारिक र गैरकानूनी माध्यमहरु पनि भेटिन्छन् । यस्ता संयन्त्रमा आफूले पठाएको पैसाको कुनै ग्यारेन्टी नहुने हुनाले पैसा डुब्ने सम्भावना हुन्छ र यस्तो स्थितिमा यस्तो माध्यम प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुले थाहा पाउनुपर्ने कुराहरु :
क) उमेर र विवरण
१८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ ।
रोजगारीमा जानेक्रममा झुटा विवरण वा कागजात पेश गर्नुहुँदैन ।
ख) संस्थागत पहल
वैदेशिक रोजगारको निमित्त अनुमति प्राप्त गरेका एजेन्सीहरुसँग मात्र वैदेशिक रोजगारीमा जाने सम्बन्धी कारोबार गर्नुपर्छ ।
संस्थासँग व्यक्तिगत तवरले जानेगरी काम कारवाही गर्न हुँदैन ।
व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेले वैदेशिक रोजगार विभागको स्वीकृति प्राप्त गर्नुपर्छ ।
ग) आवश्यक प्रमाणहरु सुरक्षित राख्नुपर्ने
वैदेशिक रोजगारको निमित्त जानेक्रममा वैदेशिक रोजगार एजेन्सीलाई रकम बुझाएपछि रसिद लिई सुरक्षित राख्नुपर्छ ।
वैदेशिक रोजगारीको निमित्त एकमुष्ट वा किस्तामा रकम बुझाएको भएमा कुन किस्ता वापत् कति र कम बुझाएको हो सो समेतको निस्सा लिनुपर्छ । बुझाएको रकम र प्राप्त रसिदमा रकम फरक परे, नपरेको यकिन गरी गरी वास्तविक तिरेको रकम जनाएको रसिद लिनुपर्छ ।
रसिदमा सम्बन्धित एजेन्सीको छाप भए नभएको र बुझिलिनेको दस्तखत भए नभएको जाँची लिनुपर्छ।
राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमहरुको प्रमाणपत्र, रकम बुझाएको रसिदहरु, बिमा, स्वास्थ्य परीक्षण आदिको कागजात आफूसँग सुरक्षित राखी त्यसको फोटोकपी घर परिवारका व्यक्तिहरु वा भरपर्दो अभिभावकलाई छोड्नुपर्छ ।
घ) तालिम तथा सुरक्षा
वैदेशिक रोजगारीमा जाने कामको लागि कुनै सीपमूलक तालिम आवश्यक भए त्यस्तो तालिम लिएको हुनुपर्ने र मान्यता प्राप्त संस्थाबाट अभिमुखीकरण तालिम हासिल गर्नुपर्छ ।
वैदेशिक रोजगारीमा जाने क्रममा गर्नुपर्ने बिमा तथा कल्याणकारी कोषमा अनिवार्य रुपमा रकम जम्मा गर्नुपर्छ ।
एजेन्सी वा कोही कसैबाट वैदेशिक रोजगारी सम्बन्धी विषयमा गलत वा ठगी गर्न लागेको शंका लागेमा वा त्यसो भए गरेमा वैदेशिक रोजगार विभाग वा नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरीमा तुरुन्त खबर गर्नुपर्छ ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनुमति लिएको अवस्थामा बाहेक अन्य मुलुकको मार्ग प्रयोग गरी वैदेशिक रोजगारीमा जान हुँदैन ।
वैदेशिक रोजगारीको निमित्त विदेश प्रस्थान गर्नु पूर्व वैदेशिक रोजगार विभागबाट राहदानीमा श्रम स्वीकृतिको स्टिकर लगाएको हुनुपर्छ ।
ङ) पूर्व तयारीको अवलम्बन
वैदेशिक रोजगारमा जाने नेपालीले अनुमतिको अवधि पश्चात् नियमानुसार म्याद थप नगरी अवैधानिक रुपमा विदेशमा बस्न वा काम गर्न हुँदैन ।
वैदेशिक रोजगारीको क्रममा भएको सम्झौता अनुसारको अवधिभित्र करा भंग नभएसम्म उक्त कार्य छाडी अन्यत्र काम गर्न वा बिना स्वीकृति काम छाडी अन्यत्र जान हुँदैन ।
च) क्षतिपूर्ति
कुनै कारणले विदेशबाट असमयमा फर्कनु परेमा वैदेशिक रोजगार विभाग र पठाउने एजेन्सीमा फिर्ता आएको १५ दिन भित्रमा जानकारी गराउनु पर्छ ।
छ) विदेशमा सम्पर्क र समन्वय
नियम अनुसार वैदेशिक रोजगारीमा गएपछि उक्त मुलुकमा रहेको नेपाली दुतावास, वा नियोग वा श्रम तथा यातायात व्यवस्था मन्त्रालयले तोकेको सम्बद्ध संस्थामा सम्पर्क कायम गरी आफू आएको जानकारी गराउनु पर्नेछ । वैदेशिक रोजगारको क्रममा समस्या आएको अवस्थामा उक्त निकायमा जानकारी गराउनु पर्नेछ ।
ज) वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानु हुँदैन ।
झ) वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालिम लिनुपर्छ र जान लागेको देश, आफूले गर्ने काम र पाउने पारिश्रमिकबारे राम्ररी जानकारी लिई जानुपर्छ ।
ञ)स्वास्थ्य परीक्षण, जीवन बिमा, दुर्घटना बिमा विदेशमा काम गर्न जानु पूर्व अनिवार्य रुपमा गर्नुपर्छ ।
Dristi Orientations Training Center
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dristi Orientations Training Center, Education, Piradi chowk, Janakpur.
Nepalese Embassies & Labour Attache (Content)
1) Nepalese Embassy in Israel
H.E. Mr Prahlad Kumar prasai (+972-35100111)
7th Floor, Textile Center Building, 2 Kaufman St.,
Tel Aviv 68012, Israel
Phone: 00972 (0) 3 510 0111
Fax: 00972 (0) 3 516 7965
Email: [email protected]
Web : www.nepalembassy-israel.org
2) Embassy of Nepal in Tokyo, Japan
14-9 Todoroki 7-Chome,
Sctagaya-ku, Tokyo 158-0082
City: Tokyo
Phone: 0081-3-3705-5558 / 5559
Fax: 0081-3-3705-8264
Email: [email protected]
Nepalese Consulate in Osaka, Japan
Honorary Consulate General of Nepal in Osaka, Japan.
6-9-21 Uehonmachi,
Tennouji-ku, Osaka 543-0001
City: Osaka
Phone: +81-6-6676-0120 (Office)/ +81-722-65-0707
Fax: +81-6-6779-3325
3) Honorary Consulate General of Nepal in Beirut, Lebanon
Street-Nadim Comair Bldg,
City: Beirut
Phone: 00961-1-386-690
Fax: 00961-1-386-690
Email: [email protected]
4) Nepalese Embassy in Kuala Lumpur, Malaysia
H.E. Dr. Nirajanman singh Basnet (+601-0219039)
Labour Attache : Buddinath Bhattarai
Suite 13A.01, 13th A Floor, Wisma MCA,
163 Jalan Ampang,
50450 Kuala Lumpur, Malaysia
Phone: +603 2164 5934, 9653.
Fax: +603 2164 8659
Direct line : +603 2166 0653
Website : nepalembassy.com.my
Email: [email protected]
5) Nepalese Embassy in Doha, Qatar
H.E. : Mr. Ganesh Dhakal
Cell No. : +974-44675681
Labour consular : Girija Sharma
Villa No. 13, Street No. 81042, Ibne Bajah, Doha Qatar
Post Box No.: 23002
Telephone No.: +974-4675681, +974-4675683
Fax: +974-4675680
Email: [email protected]
Website : www.nembdoha.com
6) Nepalese Embassy in Riyadh, Saudi Arabia
H.E. Udayaraj Pandey
Cell No. +966-556066683, 537928280
Labour Counsellor : Ambika Adhikari
Al Urubah Street (Near Sulymanieh Hotel, Al-Jouf Road)
Riyadh 11693, Kingdom of Saudi Arabia
Post Box No. 94384
Telephone (+966) 1 4611108/ 4645170
Fax (+966) 1 4640690/ 4651823
Web site www.neksa.org
Email [email protected]
7) Nepalese Embassy of Seoul, South Korea
H.E. Mr. Kaman Singh Lama (+82-2-37899770)
Labour Counsellor : Mr. Devraj Dhakal
Embassy of Nepal in Seoul, South Korea
244-143, Huam-dong
Yongsa-Ku, Seoul, South Korea
City: Seoul
Phone: +82 2 3789 9770 / 3789 9771
Fax: + 82 2 736 8848
Web: www.nepembseoul.gov.np
Email: [email protected]
8) Nepalese Consulate in Seoul, South Korea
Honorary Consulate General on Nepal
541 Namdaermoo-Nnro
Jung-Gu
Seoul 100
Republic on Korea
City: Seoul
Phone: (+82-2) 7783183, 7592129
Fax: (+82-2) 7747829, 7566032
9) Honorary Nepalese Consulate General in Seoul, South Korea
740-10 Yeoksan_dong,
Kangnam gu
City: Seoul
Phone: 02-558-3331 (O) / 02-517-6161(R)
Fax: 02-569-9437
10) Hong Kong
Consulate General of Nepal
Unit 715, North Tower
Concordia Plaza No. 1
Science Museum Road
Tsim Sha Tsui East, Kowlon, Hong Kong
Tel: 2369 7813, 2369 2619
Fax: 00852-2824 2970
Email: [email protected]
11) UAE
Embassy of Nepal
H.E. Mr. Dhananjay Jha (+971-504438142)
H.E. ambassador : Mr. Dhananjay Jha
Councellor (DCoM) : Mr. Deepak Adhikari
Cell No. : 00971-508180280
Labour Counsellor : Bhesh Bahadur Karki
Labour Attache : Hira Yadav
Villa # 52 (A), E-4/02
Madinat Zayed, Muroor Road
Behind Etihad Airways Building
P. O. Box: 38282
Abu Dhabi, UAE
Tel: 6344-385, 6344-767
Fax: 00971-2-6344469
Website : www.nepalembassyuae.org
Email : [email protected]
12) Kuwait
H.E. : Mr. Madhuban Paudel
Cell No. : +965-65075098
Second Secretary : Mr. Pushpa Bhattarai
Cell No. : 00965-65075098
Labor attache : Goma Paudel
Cell No. :
Villa no. 514, Street no. 13
Block no. 8, Jabriya, Kuwait
Tel No.: 00965-25321603, 25321604
Fax No.: 00965-25321628, 25321601
Email: [email protected]
Website: http://www.nepembku.org
The official website of the Embassy of Nepal in Tel Aviv! , Home Page Includes information about Nepal, the embassy's location and office hours, and related links
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Piradi Chowk
Janakpur
00977
Opening Hours
| Monday | 07:00 - 17:00 |
| Tuesday | 07:00 - 17:00 |
| Wednesday | 07:00 - 17:00 |
| Thursday | 07:00 - 17:00 |
| Friday | 07:00 - 17:00 |
| Sunday | 07:00 - 17:00 |