World of Physics: NEB 11 & 12 Students

World of Physics: NEB 11 & 12 Students class 10, 11, 12, Physics

Physics #
09/10/2024

Physics #

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार २०२४❣️🙏➙डेभिड बेकर, डेमिस हासाबिस र जोन एम जम्परलाई➙डेभिड बेकरले ‘कम्प्युटेशनल प्रोटिन...
09/10/2024

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार २०२४❣️🙏
➙डेभिड बेकर, डेमिस हासाबिस र जोन एम जम्परलाई
➙डेभिड बेकरले ‘कम्प्युटेशनल प्रोटिन डिजाइन’का लागि सो अवार्ड पाएका हुन्
➙डेमिस हासाबिस र जोन जम्परलाई ‘प्रिडिक्शन अफ प्रोटिन स्ट्रक्चर’का लागि छनोट गरिएको
➙आधा पुरस्कार डेभिड बेकरलाई दिइएको छ भने अर्को आधा डेमिस हसबिस र जोन एम. जम्परलाई संयुक्त रूपमा दिइएको
➙यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रोटिनसम्बन्धी अनुसन्धानका लागि हो ।
➙बेकरले पूर्णतः नयाँ प्रकारको प्रोटिन सिर्जना गर्ने लगभग असम्भव उपलब्धि हासिल गरेको छ ।
➙ हासाबिस र जम्परले प्रोटिनको जटिल संरचनाको भविष्यवाणी गर्ने ५० वर्ष पुरानो समस्या समाधान गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल बनाएका थिए ।

 #शिक्षक र मासिक तलबका कथा१) "शिक्षकलाई मासिक रुपमा तलब भत्ता भुक्तानी गर्ने ।"- शिक्षाको सोचपत्र, पेज ४४, २०७९ असोज ४२)...
03/10/2024

#शिक्षक र मासिक तलबका कथा

१) "शिक्षकलाई मासिक रुपमा तलब भत्ता भुक्तानी गर्ने ।"
- शिक्षाको सोचपत्र, पेज ४४, २०७९ असोज ४
२) "शिक्षकलाई मासिक तलब दिने व्यवस्था मिलाइनेछ ।"
- राष्ट्रपति, २०८० जेठ ५, नीति तथा कार्यक्रम
३) "शिक्षकलाई मासिक तलब दिने व्यवस्था मिलाउन म स्थानीय सरकारलाई अनुरोध गर्दछु ।"
- शिक्षामन्त्री, २०८१ असोज २, शिक्षा दिवस
४) "शिक्षकलाई मासिक तलबको व्यवस्था मिलाउनु ।"
- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, २०८१ असोज १६

धन्यवाद ।

29/09/2024

अविरल वर्षाका कारण विद्यालय ३ दिनसम्म बन्द गर्ने निर्णय सकारात्मक वा नकारात्मक पक्षहरू

सकारात्मक पक्षहरू:
विद्यार्थी र शिक्षकको सुरक्षाः भारी वर्षाले विद्यालय जान जोखिमपूर्ण हुन सक्छ, विशेष गरी पहाडी क्षेत्रहरूमा पहिरो र बाढीको सम्भावना बढी हुन्छ। यसकारण, विद्यालय बन्दले उनीहरूको सुरक्षा सुनिश्चित गर्न सहयोग गर्दछ।
यातायातको कठिनाईः लगातार वर्षाले सडकहरू अवरुद्ध हुन सक्छन्, जसले गर्दा विद्यालयमा जान वा फर्कन कठिन हुन्छ। यस्तो अवस्थामा विद्यालय बन्द गर्नु उचित कदम हो।
विद्यार्थी र अभिभावकको तनाव कमः कठिन मौसममा बच्चालाई विद्यालय पठाउनुपर्ने तनावबाट अभिभावकहरूलाई राहत मिल्छ।
नकारात्मक पक्षहरू:
शैक्षिक गतिरोधः लगातार बन्दले विद्यार्थीहरूको पढाइमा अवरोध पुर्‍याउँछ, विशेष गरी यदि यो समय परीक्षा वा महत्वपूर्ण शैक्षिक गतिविधिको हो भने।
पाठ्यक्रममा ढिलाइः विद्यालय बन्द हुँदा पाठ्यक्रम पूरा गर्ने समय कम हुन्छ, जसले गर्दा विद्यार्थीहरूलाई पढाइमा कठिनाई हुन सक्छ।
वैकल्पिक शिक्षणको अभावः सबै विद्यालयले अनलाइन वा वैकल्पिक शिक्षण सुविधा उपलब्ध नगराउने भएकाले केही विद्यार्थीहरूले सिकाइमा ठूलो घाटा बेहोर्न सक्छन्।
त्यसैले, मौसमको अवस्था र विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय आवश्यक छ, तर लामो समयसम्म बन्द हुँदा शैक्षिक प्रभावलाई पनि व्यवस्थापन गर्नुपर्छ।

25/09/2024

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै भोलि दिउँसोदेखि आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ । यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ वटा जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् 'रेड अलर्ट' मा राखेको छ ।

24/09/2024

िशेष

•१ग्राम कार्बोहाईड्रेटले ४क्यालोरी शक्ति दिन्छ,
--------------------------------------------------------
•१ग्राम चिल्लोपदार्थले ९क्यालोरी शक्ति दिन्छ,
---------------------------------------------------------
•घाउ निको हुनमा सहयोग गर्ने भिटामिन-सी हो,
----------------------------------------------------------
•अण्डामा पाईनेभिटामिन -A,B,D
----------------------------------------------------------
•मुख तथा ओठमा घाउ आउने भिटान-बि कमीले हो,
--------------------------------------------------------
•भिटामिन-B7 को बैज्ञानिक नाम "Blotin" हो,
---------------------------------------------------------
•भिटामिन-ई को कमिले हालसम्म रोग नलागेको पाईन्छ,
--------------------------------------------------------
•मानव शरिरमा रगतको मात्रा ५-६लिटर हुन्छ,
--------------------------------------------------------
•स्वस्थ मानिसको मुटुको धड्कन प्रतिमिनेट ६०-८० पटक धड्कन्छ,
--------------------------------------------------------
•मानिसको शरिरमा ६०%पानी हुन्छ,
---------------------------------------------------------
•सुर्तिजन्य पदार्थमा ४५किसिमका रासायनिक पदार्थ पाईन्छन,
----------------------------------------------------------
•O+ समुहका रगतलाई युनिभर्सल डोनर भनिन्छ,
•AB+रगतलाई युनिभर्सल रीसिभर भनिन्छ,

23/09/2024

अत्याधिक गमी बढेपछि तराईका अधिकांश स्थानीय तहले विद्यालय बन्दको सूचना निकाल्न थालेका छन् ।

23/09/2024

September 23 दिन र रात बराबर हुने दिन आज

18/09/2024

"ज्ञान, विज्ञान, सिप, उद्यम र माैलिकता
साझेदारी र प्रणालीगत सक्षमता" भन्ने मुल नाराका साथ
५८औं राष्ट्रिय शिक्षा दिवस, २०८१
। 🙏🎉🍀💐💐

16/09/2024

बाह्रौँ राष्ट्रिय विज्ञान दिवस, २०८१ असोज १ को आदर्श वाक्य (नारा) - “विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि”

@ BITTER TRUTH
01/09/2024

@ BITTER TRUTH

वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा संपर्कपछि त्यो किराबाट एक किसिमको रसा...
11/07/2024

वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा संपर्कपछि त्यो किराबाट एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी गराउछ।

पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले घाउ बिग्रिन सक्छ।

कसरी जोगिने??

यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छ:

१. किरालाई हातले नछुने :
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस।

२. सुरक्षात्मक लुगा लगाउनुहोस्स
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ।

३. झुलक प्रयोग गर्नुहोस्:
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ।

४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस्
झ्याल र ढोकामा जाली राख्नाले किराहरु भित्र पस्नबाट रोक्न सक्छ।

५. बाहिरी बत्ती घटाउनुहोस:

किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ।

६. सफा वातावरण राख्नुहोस्:
आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ।

के गर्ने?
छालालाई तुरुन्तै धुनुहोस ।
यदि तपाईंको छालामा त्यस्ता किराहरु छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धिनुहोस्। साधारण भेसलिन लगाउनुहो। सकेसम्म छिटो चिकित्सकीय सहायता लिनुहोस्। यदि तपाईंलाई गम्भीर छालामा जलन वा जल्ने समस्या भएको छ भने, नजिक को स्वास्थ संस्था मा सम्पर्क गर्नुहोस|

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when World of Physics: NEB 11 & 12 Students posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category