Janakpur City

Janakpur City Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janakpur City, Janakpur.

30/08/2026

नेपाल प्रहरीको अनुरोध ।

विपत्तिमा सहयोग गर्न मो. सफीक बेहनाले गरे १ लाख ५१ हजार १ सय रुपैयाँ सहयोगमेराज सल्मानीबाँके। विपत्तिको कठिन घडीमा मानवी...
28/08/2026

विपत्तिमा सहयोग गर्न मो. सफीक बेहनाले गरे १ लाख ५१ हजार १ सय रुपैयाँ सहयोग

मेराज सल्मानी
बाँके। विपत्तिको कठिन घडीमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै नेपालगञ्जका व्यापारी तथा युवानेता मो. सफीक बेहनाले १ लाख ५१ हजार १ सय रुपैयाँ राहत रकम सहयोग गर्नुभएको छ।
बेहनाले बाँकेका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्नुभएको हो।
विपत्तिबाट प्रभावित तथा समस्यामा परेका नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस सहयोगले मानवीय संवेदना र सामाजिक एकताको सकारात्मक सन्देश दिएको छ।
सहयोग हस्तान्तरणका क्रममा बेहनाले विपत्तिको समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। ठूलो रकम सहयोग गर्न नसके पनि प्रत्येक व्यक्तिको सानो योगदानले विपत्तिमा परेका नागरिकका लागि ठूलो आशा र सहारा बन्न सक्ने उहाँको भनाइ छ।
उहाँले विपत्तिमा परेका नागरिकको पीडामा साथ दिन सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्नसमेत आग्रह गर्नुभयो।
“विपत्तिको यो कठिन घडीमा आफूले सकेको सहयोग गरौँ। ठूलो सहयोग नै गर्नुपर्छ भन्ने छैन, सानो योगदान पनि कसैका लागि ठूलो सहारा बन्न सक्छ,” बेहनाले भन्नुभयो।
विपत्तिका बेला गरिएको यस सहयोगलाई मानवीय सेवाको सकारात्मक पहलका रूपमा लिइएको छ।

लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार  बिहान फेला परेको छ ।
12/08/2026

लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ ।

कपिलवस्तुमा पेस्तोल सहित तीन जना पक्राउकपिलवस्तु।प्रहरीले विजयनगर गाउँपालिका  ४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्र...
10/08/2026

कपिलवस्तुमा पेस्तोल सहित तीन जना पक्राउ

कपिलवस्तु।प्रहरीले विजयनगर गाउँपालिका ४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका –०८ बहादुरगन्जका स्थानियलाई गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने जानकारी प्राप्त भएपछि उनीहरूको खोजी गर्ने क्रममा विजयनगर गाउँपालिका –०४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका –०५ डबरा बस्ने २३ वर्षीय आषिश पाण्डे, जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका –०८ दयानगर बस्ने २१ वर्षीय जितेन्द्र मौर्या र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन् ।
उनीहरूको साथबाट पेस्तोल एक थान र लु. ६१ प. ७०७२ नम्बरको १२५ सीसीको मोटरसाइकल समेत बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ले जनाएको छ ।

09/08/2026

सामाजिक सद्भाव समिति द्वारा काँवड यात्रुलाई पानी वितरण

बाँके,शदभावको शहर नेपालगञ्जमा जारी काँवड यात्रालाई लक्षित गर्दै सामाजिक सद्भाव समितिको पहलमा काँवड यात्रीहरूलाई पानी वितरण गरिएको छ। गर्मी तथा लामो दूरीको यात्रामा रहेका श्रद्धालुहरूलाई सहज होस् भन्ने उद्देश्यले पानी वितरण गरिएको आयोजकले जनाएको छ।
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचाराको सन्देश दिने उद्देश्यले गरिएको उक्त कार्यको स्थानीयहरूले प्रशंसा गरेका छन्। भिडियो-आसिफ सलमानी

07/08/2026

रौतहटकाे यमुनामाई गाउँपालिका वडा नं. ५ झुनखुन्वा टोलका एक जना बालकको बाढीको पानीमा डुबेर दुःखद निधन भएको छ।

प्राप्त जानकारी अनुसार निरन्तर वर्षापछि बढेको बाढीको पानीमा डुबेका ती बालकको खोजी गर्ने क्रममा घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन तथा स्थानीयवासीहरू घटनास्थलमा पुगेका थिए। उनीहरूकाे सक्रिय प्रयासपछि बालकलाई नहरबाट बाहिर निकालिएको थियो। तर, उनको ज्यान बचाउन भने सम्भव हुन सकेन।

घटनापछि उक्त क्षेत्रमा शोकको वातावरण छाएको छ भने प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ। स्थानीयवासीहरूले वर्षायाममा बाढी तथा नहर आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन अभिभावकहरूलाई आग्रह गरेका छन्।

06/08/2026

अवैध हातहतियार, लागू ओैषध तस्करी तथा अन्य अपराधीक गतिविधि रोक थाम का लागि बाँके जिल्ला को सिमा नाका जमुनहा नाकामा शस्सत्र प्रहरी को डग स्कट सहितको टोली चेकिंग गर्दै। भिडियो-आसिफ सलमानी

06/08/2026

हुलाकी सडक अन्तर्गत रौतहटको राजपुर नगरपालिका स्थित फतुवा पुल पारीको लचकामा बकैया नदीको बाढीको अवस्था ।

Address

Janakpur

Telephone

+918947383759

Website

Alerts

Be the first to know and let us send you an email when Janakpur City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Janakpur City:

Shortcuts

Share