29/07/2026
🌼 गुरु पूर्णिमाको पावन अवसरमा 🌼
पूर्व विद्यार्थी समाज
महेन्द्र माध्यमिक विद्यालय, जलथल
गुरु पूर्णिमाको पावन अवसरमा ज्ञान, अनुशासन र संस्कारको ज्योति फैलाउँदै हामीलाई जीवनको सही मार्ग देखाउनुहुने आदरणीय गुरुजनप्रति उच्च सम्मान र हार्दिक कृतज्ञता व्यक्त गर्दै गुरु सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
यसै अवसरमा विद्यालयको विकासमा अतुलनीय योगदान पुर्याउनुहुने जग्गादाता महानुभावलाई सम्मान गरिएको साथै वि.सं. २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरी उहाँहरूको मेहनत, लगनशीलता र उपलब्धिको उच्च कदर गरिएको छ।
यस गरिमामय कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण गुरुजन, सम्मानित व्यक्तित्वहरू, अभिभावक, पूर्व विद्यार्थी ,आजीवन सदस्य, विद्यार्थी तथा शुभेच्छुकहरूप्रति पूर्व विद्यार्थी समाज, महेन्द्र माध्यमिक विद्यालय, जलथल हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।
“गुरुको सम्मान, योगदानको कदर र उत्कृष्टताको सम्मान नै समुन्नत समाज निर्माणको आधार हो।”
🙏 धन्यवाद।