MD education POINT

MD education POINT

Share

This page is running for all types of update and news related o education

यस वर्षको शैक्षिक सत्र जेठमा अन्त्य गर्न प्रस्ताव, एसईई परीक्षा पनि जेठ अन्तिममै 14/01/2021

यस वर्षको शैक्षिक सत्र जेठमा अन्त्य गर्न प्रस्ताव, एसईई परीक्षा पनि जेठ अन्तिममै
माघ १, २०७७ बिहिबार १४:४५:३९ | उज्यालो सहकर्मी
काठमाण्डाै – यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
शिक्षा पत्रकार सञ्जाल (ईजाेन) ले आयाेजना गरेकाे कार्यक्रममा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जेठमा शैक्षिक सत्र अन्त्यको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयले यसलाई मन्त्रिपरिषदमा लगेको जानकारी गराएको बताउनुभयो । धेरै ठाउँमा पढाइ सुरु भइसकेको र अब बिदा कटौती गर्ने र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने र जेठमा शैक्षिक सत्र अन्त्य गर्ने प्रस्ताव गरिएको अध्यक्ष पौडेलको भनाइ छ ।
‘अनलाइन कक्षा त भइरहेका छन् तर कतै–कतै अहिलेसम्म पनि विद्यालय खुलेका छैनन्, त्यसैले चैतमा शैक्षिक सत्र अन्त्य गर्ने कुनै सम्भावना देखिएन, हामीले जेठको अन्तिमसम्म सत्र अन्त्यको प्रस्ताव पठाएका छौँ’, बोर्डका अध्यक्ष पौडेलले भन्नुभयो ।
यसपटकको एसईई परीक्षा पनि जेठको अन्तिममा धकेलिने भएको छ । कोरोना महामारीका कारण गएकाे वर्ष आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन भएकोमा यस वर्ष जेठको अन्तिमसम्म भए पनि परीक्षा गर्ने तयारी भएको बोर्डले जनाएको छ ।
‘गएकाे वर्ष विशेष अवस्था थियो र आन्तरिक मूल्याङ्कनलाई आधार मानियो, यस वर्ष पनि त्यस्तै हुने सम्भावना छैन, परीक्षा नै हुन्छ, त्यसका लागि पहिले सबै विद्यालय खुल्नुपर्‍याे र त्यसैअनुसारको तयारी पनि सुरु हुन्छ’, परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भन्नुभयो ।
अन्तिम अपडेट: माघ १, २०७७

यस वर्षको शैक्षिक सत्र जेठमा अन्त्य गर्न प्रस्ताव, एसईई परीक्षा पनि जेठ अन्तिममै काठमाण्डाै – यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि को.....

04/01/2021

पूर्वावश्यक पाठ्यक्रमको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने सम्बन्धी सूचना
प्रकाशित मिति: २०७७-०९-१९
http://www.neb.gov.np/uploads/photos/ZakWxkGnkV210104031710.pdf

Photos from MD education POINT's post 30/12/2020

कक्षा ९ मा रजिष्ट्रेसन फाराम र कक्षा १० मा आवेदन फाराम भर्न खुला-पुस १६ देखि आगामी माघ २१ गतेसम्ममा विद्यालयहरुले विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फाराम भराइसक्नुपर्ने
http://see.gov.np/uploads/news/wKVzJpAiZlaUzPHP.pdf
http://see.gov.np/uploads/news/UguMq2pyqIRl1Zgs.pdf
http://see.gov.np/uploads/news/thumbs/nVhWB9xJFPlltjCM.jpg

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) 17/12/2020

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन पुष १, २०७७ बुधबार
कर्मचारीको व्यवहार कस्तो ?
१. सेवाग्राहीप्रति कर्मचारीको व्यवहार र आचरण के–कस्तो हुनुपर्छ ? लेख्नुहोस् ।
सेवाग्राही सेवा प्रापक हो, कर्मचारी सेवाप्रदायक हो । सेवाप्रदायकले सेवाग्राहीप्रति असल व्यवहार र आचरण प्रदर्शन गर्नुपर्छ । जुन
निम्नअनुसार हुनुपर्छ ः
– सेवाग्राहीको काम समयमै गर्नुपर्ने, समयमै काम हुन नसकेमा त्यसको आधार र कारण दिनुपर्ने,
– सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने, जवाफ दिँदा शिष्टतापूर्वक दिने,
– सेवाग्राहीप्रति उत्तरदायी रहने, सेवाग्राहीको हितलाई ध्यानमा राखी काम गर्ने,
– वृद्ध, अशक्त, अपाङ्ग, गर्भवती महिला, बालबालिका, असहायलाई प्राथमिकता दिनुपर्ने,
– सरल र सहज भाषामा सेवा दिने,
– सेवा प्रवाहमा सेवाग्राहीको पहँुच बढाउने,
– सेवा प्राप्तिको प्रक्रिया, लाग्ने समय, लागतबारे सेवाग्राहीलाई यथासमयमै जानकारी गराउने,
– आफ्नो पदअनुसारको आचरण पालन गर्ने,
– निष्पक्ष रूपमा गुणस्तरीय सेवा प्रवाह गर्ने,
– छिटोछरितो सेवा प्रवाह गर्ने,
– सेवा प्रवाहमा पारदर्शिता र मितव्ययिता कायम गर्ने,
– आफ्नो परिचयपत्र र तोकिएको पोशाकसहित सेवा प्रवाह गर्ने ।

२. सूचना प्रविधिको परिचय, नेपालमा गरिएको व्यवस्था र यसको महŒवबारे छोटकरीमा चर्चा गर्नुहोस् ।
 सूचनाको व्यवस्थापन गर्न कम्प्युटर प्रणाली र यसको सफ्टवेयर, हार्डवेयर तथा इन्टरनेटलगायतका विद्युतीय उपकरणहरूको प्रयोग गर्ने कार्य सूचना प्रविधि हो । यो कम्प्युटरसँग सम्बन्धित कार्य हो, जसमा इन्टरनेट, सर्भर, हार्डवेयर, सफ्टवेयर, प्रिन्टर, टीभी, टेलिफोनजस्ता उपकरणहरूको प्रयोग गरिन्छ । यो हार्डवेयर तथा सफ्टवेयरहरूको डिजाइन हो । यो डाटा प्रोसेसिङको कार्य पनि हो ।
– यसले सूचनाको प्रशोधन, भण्डारण एवम् संरक्षणको कार्य गर्छ । यसले कार्यक्षमता बढाउन, लागत कम गर्न, स्रोत साधनको उच्चतम उपयोग गर्न तथा चुहावट एवम् हिनामिना रोक्न मद्दत गर्छ । यसबाट अनलाइन सेवा प्रदान गर्न, विद्युतीय सरकार, विद्युतीय व्यापार, विद्युतीय शिक्षा, विद्युतीय सिकाइ, विद्युतीय प्रवेशाज्ञाजस्ता अवधारणा लागू गर्न सकिन्छ । हरेक क्षेत्रमा स्वचालित प्रणालीको स्थापना गरी भ्रष्टाचार नियन्त्रण गर्न यसले मद्दत गर्छ । त्यसैले सूचना प्रविधिलाई भ्रष्टाचार नियन्त्रणको एक प्रमुख औजारका रूपमा लिन सकिन्छ ।
नेपालमा गरिएको व्यवस्था
– विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन–२०६३ र विद्युतीय कारोबार नियमावली–२०६४ लागू गरिएको, यस ऐनले विविध व्यवस्था गरेको छ । कम्प्युटरसम्बन्धी कसुरहरूको व्यवस्था गरी उक्त कसुरको सुरु कारबाही र किनारा गर्न सूचना प्रविधि न्यायाधीकरणको गठनसम्बन्धी व्यवस्था गरेको छ । सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ जारी गरिएको,
– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र यसअन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्रको स्थापना,
– राष्ट्रिय सूचना आयोगको गठन,
– सूचनाको हकसम्बन्धी ऐन–२०६४ र नियमावली–२०६५ जारी गरिएको,
– सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका–२०६८ ल्याइएको ।
सूचना प्रविधिको महŒव
– विश्वलाई एक गाउँ बनाउन सहयोग पुग्ने,
– ज्ञानमा आधारित समाज निर्माणमा सहयोग पुग्ने,
– सूचना प्रविधिको उच्चतम उपयोगबाट पारदर्शिता बढ्ने, भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायममा सहयोग पुग्ने,
– नयाँ आविष्कारको आधार सूचना प्रविधि हुने,
– अन्तर्राष्ट्रिय प्रयास तथा विकासमा पहुँच पुग्ने,
– आर्थिक, सामाजिक एवम् व्यापारिक उद्योग एवम् प्रतिष्ठानको उत्पादन तथा उत्पादकत्व बढाउन मद्दत पुग्ने, ज्ञानमा आधारित उद्योग स्थापना हुने,
– रोजगारीको खोजी तथा सिर्जनामा सहयोग पुग्ने,
– अध्ययन अनुसन्धान एवम् लेखन कार्यमा सहयोग पुग्ने,
– प्राकृतिक प्रकोपको पूर्वतयारी, न्यूनीकरण तथा उद्धारमा सहयोग पुग्ने,
– सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन मद्दत पुग्ने ।

३. लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिकाबारे उल्लेख गर्नुहोस् ।
 जनताका प्रतिनिधिहरूद्वारा शासन चलाइने व्यवस्था लोकतन्त्र हो । राजनीतिक दल जनताका प्रतिनिधि भएकाले लोकतन्त्रमा शासन व्यवस्था चलाउने प्रमुख पात्र यिनै राजनीतिक दल हुन् । राजनीति सबै नीतिको मूल नीति भएको र समग्र मुलुकको प्रशासनिक नेतृत्वको अगुवासमेत भएकाले लोकतन्त्रमा राजनीतिक दलको भूमिका बहुआयामिक हुने गर्छ । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
– जनताको प्रतिनिधि भई जनहितका कार्यहरू गर्ने,
– देश–विदेशमा देश र जनताको प्रतिनिधित्व गर्ने,
– देश, काल, परिस्थिति अनुकूल ऐन नियम तर्जुमा गर्ने, ऐन नियमको पूर्ण पालना गरी ऐन नियम कार्यान्वयन गर्न प्रशासनलाई पूर्ण सहयोग गर्ने,
– जननिर्वाचित भएर मुलुकको समग्र शासन व्यवस्थाको नेतृत्व गर्ने,
– देश र जनताप्रति गरेको प्रतिबद्धता इमानदारीपूर्वक पूरा गर्ने,
– लोकतन्त्र र मानवअधिकारको संरक्षण एवम् प्रवद्र्धन गर्ने,
– दलगत र व्यक्तिगत स्वार्थमा नभई, राष्ट्रिय स्वार्थमा कार्य गर्ने, विकासमुखी राजनीतिक चरित्र निर्माण गर्ने,
– शान्ति सुरक्षा, स्थिरता, विकास, कानुनी शासन स्थापना गरी मुलुकमा सुशासन कायम गर्ने,
– समग्रमा लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका लोकतन्त्रको स्थापना गर्नेदेखि लोकतन्त्रको सुदृढीकरण हुँदै विकास एवम् समृद्धिमार्फत जनतालाई लोकतन्त्रको प्रतिफल उपलब्ध गराउनेसम्मको हुने गर्छ ।

४. नेपालको संविधानमा राजनीतिक तथा शासन व्यवस्थासम्बन्धी के–कस्तो नीति छ ? उल्लेख गर्नुहोस् ।
 नेपालको संविधानको धारा ५१ मा राज्यका नीतिहरूअन्तर्गत राजनीतिक तथा शासन व्यवस्थासम्बन्धी निम्न नीतिको व्यवस्था गरिएको छ ः
– राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा साँस्कृतिक रूपान्तरणका माध्यमबाट जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने,
– मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्दै विधिको शासन कायम राख्ने,
– नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूको कार्यान्वयन गर्ने,
– सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने,
– आमसञ्चारलाई स्वच्छ, स्वस्थ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन आवश्यक व्यवस्था गर्ने,
– सङ्घीय इकाइबीच जिम्मेवारी, स्रोत साधन र प्रशासनको साझेदारी गर्दै सुमधुर र सहयोगात्मक सम्बन्धको विकास र विस्तार गर्ने ।

५. जनसङ्ख्या वृद्धि हुने कारणहरू के–के हुन् ? लेख्नुहोस् ।
 जनसङ्ख्या वृद्धि हुने कारणहरू निम्न छन् ः
– उच्च जन्मदर,
– चेतनाको कमी,
– कम उमेरमा विवाह,
– बहुविवाह,
– छोराको आस,
– धार्मिक अन्धविश्वास,
– परिवारनियोजनका कार्यक्रमहरूको कम प्रभावकारिता,
– बसाइँ–सराइ
– खुला सिमाना ।

६. नेपाल परराष्ट्र सेवामा रहने नियोग र नियोग प्रमुखबारे छोटो परिचय दिनुहोस् ।
 नेपाल परराष्ट्र सेवामा रहने नियोगले विदेशस्थित नेपाली राजदूतावास, स्थायी नियोग, नेपाली महावाणिज्य दूतावास, वाणिज्य दूतावास र नेपाल सरकारले समय–समयमा विदेशमा प्रतिनिधित्व गर्न खडा गरेको अन्य कुनै निकायलाई जनाउने व्यवस्था छ ।
त्यसैगरी नियोगमा निम्न नियोग प्रमुख रहने व्यवस्था छ ः
(१) राजदूत,
(२) स्थायी प्रतिनिधि,
(३) महावाणिज्यदूत,
(४) कार्यवाहक राजदूत,
(५) कार्यवाहक स्थायी प्रतिनिधि,
(६) वाणिज्यदूत,
(७) नेपाल सरकारले तोकेका अन्य अधिकारीहरू ।

७. नक्साको महŒवबारे उल्लेख गर्नुहोस् ।
 पृथ्वीको सतह वा यसको कुनै निश्चित अंशलाई प्रतिनिधित्व गर्नका लागि कुनै कागज वा अन्य यस्तै वस्तुमा कोरिएको चित्र नक्सा हो । यसमा भौतिक पक्षलाई देखाउने नक्सालाई भौतिक नक्सा र राजनीतिक पक्षलाई देखाउने नक्सालाई राजनीतिक नक्सा भनिन्छ । ठाउँ अभावका कारण नक्सामा विभिन्न कुराहरू देखाउन सङ्केत प्रयोग गरिन्छ । सामान्यतया नक्सामा उत्तर दिशालाई माथि फर्काएर तयार पारिन्छ । नक्सा सूचनाको स्रोत हो । ज्ञानको भण्डार पनि हो । यसबाट धेरै कुराको जानकारी हुन्छ । यसको महŒवलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– उपलब्ध प्राकृतिक स्रोत साधन देखाउन, देशको जनसङ्ख्या वितरण प्रस्तुत गर्न,
– विकास निर्माण तथा सेवा सुविधाको विस्तार र सञ्चालनका लागि कार्यालयहरूको भौगोलिक अवस्था चित्रण गर्न,
– पर्यटकहरूलाई देशको भौगोलिक अवस्था, बाटोघाटो, सेवा सुविधा आदिका बारेमा जानकारी दिन, विद्यालय तथा विश्वविद्यालयमा अध्ययन अध्यापनका लागि सजिलो बनाउन,
– विश्व नघुमीकनै विश्वबारे विविध जानकारी हासिल गर्न ।

८. जैविक विविधता संरक्षण गर्ने पाँचवटा उपायहरू उल्लेख गर्नुहोस् ।
 जैविक विविधता संरक्षण गर्ने पाँचवटा उपायहरू निम्न छन् ः
१. जीवित प्राणी एवम् वनस्पतिहरूको वासस्थान र तिनको वंशाणुगत गुणको संरक्षण गर्ने,
२. विभिन्न भौगोलिक क्षेत्रमा अवस्थित जैविक विविधताको अध्ययन अनुसन्धान गरी सोहीअनुसार संरक्षणका कार्यक्रम तर्जुमा गरी लागू गर्ने, यसमा स्थानीय सङ्घ संस्था, समुदायको सक्रिय सहभागिता बढाउने,
३. वन–जङ्गल जोगाउने, हरियाली बढाउने, वातावरण संरक्षण गर्ने,
४. वनसम्पदाको प्रयोगमा कटौती गरेर,
५. रासायनिक मल एवम् कीटनाशक औषधिको कम प्रयोग ।

९ . नेपालमा उपभोक्ता स्वास्थ्यमा देखिएका समस्याहरू के–के छन् ?
उपभोग्य वस्तुहरूको गुणस्तर, उपभोग अवधि, लाभ–हानिलगायत स्वास्थ्यसँग सम्बन्धित विषयहरूको जानकारी राख्नु उपभोक्ता स्वास्थ्य हो । नेपालका उपभोक्ताहरू यी विषयमा सचेत नहुनु ठूलो समस्या हो । स्वास्थ्य सचेतना एवम् ज्ञानको अभावले यससम्बन्धी विभिन्न समस्याहरू देखिएका छन् । जुन निम्न छन् ः
– उपभोक्ताहरू आफ्नो स्वास्थ्यप्रति सजग नहुनु,
– वस्तु तथा सेवाको गुणस्तर पत्ता लगाउन नसक्नु,
– वस्तु तथा सेवाको उपभोग अवधि, लाभ–हानिलगायतका विषयमा पर्याप्त जानकारी नुहुनु, वस्तु तथा सेवाको वास्तविक मूल्य थाहा नपाएर ठगिनु,
– उपभोक्ताहरू वस्तुको सही छनोट गर्न नसक्नु, उपभोक्ता शिक्षाको अभाव हुनु,
– उपभोक्ताहरूले आफ्नो अधिकार र दायित्वको ख्याल नगर्नु,
– उत्पादकलाई वस्तु तथा सेवाको गुणस्तरप्रति प्रतिबद्ध गराउन नसकिनु,
– उपभोग्य वस्तुको कृत्रिम अभाव एवम् कालो बजारी नियन्त्रण गर्न नसक्नु,
जागरुक उपभोक्ताको अभाव हुनु ।
प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) १. सेवाग्राहीप्रति कर्मचारीको व्यवहार र आचरण के–कस्तो हुनुपर्छ ? लेख्नुहोस् । सेवाग्राही सेवा प्रापक हो, कर्मचार...

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) 17/12/2020

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन पुष १, २०७७ बुधबार
१. राष्ट्रिय कविता महोत्सव २०७७ मा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ ?
 नुवाकोटकी भैरवी भूगोल ।
– उहाँको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको ।
– यस्तै, द्वितीय स्थान लमजुङका प्रज्ज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले हात पारेको । सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएका ।
– प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३० हजार रुपियाँ प्रदान गरिएको ।
२. विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति कायम भएको छ ?
८,८४८.८६ मिटर (२९,०३१.७ फिट) ।
– विक्रम संवत् २०७७ मङ्सिर २३ मा नेपाल र चीनद्वारा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको ।
– सगरमाथाको उचाइ नाप्न दुई देशले सहकार्य गरेका थिए ।
– विगत ६५ वर्षदेखि यसको उचाइ ८,८४८ मिटर वा २९,२८.८७ फिट स्वीकारिएको थियो ।
३. राष्ट्रिय योजना आयोगले ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि समृद्धि र सुखका कति–कति सूचक तय गरेको छ ?
 समृद्धि ः ३२ र सुख ः २३ ।
४. इन्डोप्यासिफिक क्षेत्रअन्तर्गत कतिवटा देश पर्छन् ?
२४ ।
५. नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल कुन हो ?
यात्री ।
६. स्थानीय तह निर्वाचन–२०७५ मा निर्वाचित सबैभन्दा कम उमेरका स्थानीय तह प्रमुख को हुन् ?
उदयकुमार यादव (२४ वर्ष), (सहिद नगरपालिका, सिरहा) ।
७. नेपालकै पहिलो सहकारी गाउँका रूपमा घोषित गाउँ कुन हो ?
चुहानडाँडा, तेह्रथुम ।

८. सङ्घअन्तर्गत रहेका जिल्ला कार्यालयहरू स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय कहिले गरियो ?
विसं २०७५ साउन १ ।

९. हालै नासाका वैज्ञानिकहरूले अन्तरीक्षमा कुन बिरुवा उमारेका छन् ?
मुला ।
– नासाका अन्तरीक्ष यात्री तथा फ्लाइट इन्जिनियर केट रुविन्सले पहिलोपटक इन्टरनेसनल स्पेस स्टेसनमा उमारिएको मुलाको फसल काटेका । केटले मुलाका २० बिरुवा प्याक गरी सन् २०२१ मा पृथ्वीमा ल्याउन कोल्ड स्टोरेजमा राखेको जनाएका ।
– नासाको यो प्रयोगको नाम ‘प्लान्ट हेविटेट ०२’ राखिएको ।
– यसअघि अन्तरीक्षमा गहुँ उमारिएको थियो ।
– फरक–फरक प्रकारका खाद्यान्न÷तरकारी उमारेर अन्तरीक्षमा कस्ताखालका बिरुवा उमार्न सकिन्छ । जुन लामो समयसम्म रहने अन्तरीक्ष यात्रीहरूका लागि उपयोगी बन्न सक्छ भन्ने कुराको परीक्षण भइरहेको बताइएको ।

१०. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
माल्दिभ्स ।
– (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)

११. इन्च्योन रणनीति (२०१३–२०२२ के सँग सम्बन्धित छ ?
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार ।

१२. नेपाल सरकारले बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कार्यालय कुन मन्त्रालयअन्तर्गत स्थापना गर्ने निर्णय गरेको हो ?
अर्थ मन्त्रालय ।

१३. सुगौली सन्धि गरिएको ठाउँ कहाँ पर्छ ?
मकवानपुर ।

१४. तमारा छोरी नामक नाच नेपालको कुन जिल्लामा प्रचलित छ ?
लमजुङ ।

१५. जैविक हतियार निधेषसम्बन्धी महासन्धिको नेपाल कतिऔँ पक्ष राष्ट्र हो ?
१७७औँ ।
– (नेपालले विसं २०७३ कात्तिक १९ मा अनुमोदन गरेको ।)

१६. पाउलो रोसी कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?
फुटबल ।
– उनले सन् १९८२ मा इटालीलाई फुटबल उपाधि दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरेका ।
– एकै वर्ष गोल्डन बुट, गोल्डन बल तथा फिफा वर्ष खेलाडी हुने रोसी अहिलेसम्मकै एक्ला खेलाडी हुन् ।
– रोसीको ६४ वर्षको उमेरमा सन् २०२० डिसेम्बरमा निधन भएको ।

१७. पर्यटनका लागि सँगसँगै भन्ने मूल नाराका साथ राजधानीमा सम्पन्न मिसेस नेपाल टुरिजम–२०२० को उपाधि जित्ने युवती को हुन् ?
मनिता रिसाल बुढाथोकी (बाफल, काठमाडौँ) ।
– (त्यस्तै, मिस टिन टुरिजम–२०२० को उपाधि अस्मिता कालाखेतीलाई ।)

१८. नेपालकै पहिलो मानवअधिकारमैत्री गाउँका रूपमा घोषित गाउँ कुन हो ?
राँचुली गाउँ, कालीकोट ।
– (विसं २०७५ जेठ १७ मा घोषित) ।

१९. सर्वप्रथम नगरगान घोषणा गर्ने नगरपालिका कुन हो ?
तिलोत्तमा नगरपालिका (रूपन्देही) ।

२०. नेपाल सरकारले एक्लै हिमाल आरोहण गर्न नपाइने व्यवस्था कहिले गरेको हो ?
विसं २०७४ पुस १५ ।

२१. अनुपम कारिगरीको नमुना शाश्वतधाम कहाँ पर्छ ?
नवलपुर (नवलपरासी वर्दघाट–सुस्ता पूर्व) ।

२२. नेपालमा इमेललाई सरकारी निकायमा कानुनी मान्यता प्रदान कहिले गरिएको हो ?
विसं २०७५ कात्तिक २६ ।

२३. विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जिपलाइनको निर्माण सुरु कहाँ गरिएको छ ?
कुस्मा (पर्वत) ।
– कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको ।
– हार्नेस जिपलाइन प्रालिले निर्माण गर्ने सुपरम्यान शैलीको जिपलाइनसहितका साहसिक पर्यटकीय संरचनाको २०७७ मङ्सिर २६ मा शिलान्यास गरिएको ।
– सुपरम्यान शैलीमा निर्मित विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको ।
– क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपरम्यानमा सुपरम्यानजस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । नेपालमा क्लासिक शैलीका जिपलाइन योभन्दा लामो भए पनि सुपरम्यान शैलीमा यो विश्वकै दोस्रो लामो भएको जनाइएको ।
– निर्माण कम्पनीका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १ सय ३० किलोमिटर गतिमा बगेर गन्तव्य नजिकिँदै गर्दा बिस्तारै घट्दै जाने गर्छ ।

२४. सन् २०२० डिसेम्बर १० मा मनाइएको ७२औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको नारा के हो ?
रिकोभर बेटर ः स्टान्ड अप फर ह्युमन राइट्स् ।
– (राष्ट्रिय नारा ः महामारीमा मानवअधिकार ः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार) ।

२५. नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता कहिले भएको हो ?
सन् २०१९ सेप्टेम्बर ३० ।

२६. दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गर्ने चिनियाँ नागरिक को हुन् ?
जिया वोयू (सन् २०१८ मे १४) ।

२७. विभाजित भएको करिब दुई वर्ष पुग्नै लाग्दा विवेकशील नेपाली दल र साझा पार्टीबीच पुन ः एकीकरण कहिले भएको हो ?
विसं २०७७ मङ्सिर २४ ।
– मिलन पाण्डेले नेतृत्व गरेको विवेकशील र रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीबीच मङ्सिर २४ मा एकीकरणको औपचारिक घोषणा गरिएको । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी र पुरानै निर्वाचन चिह्न तराजु रहेको ।
– एकीकृत पार्टीको अध्यक्ष मिश्र र संयोजक पाण्डे रहनुभएको ।

२८. राष्ट्रिय योजना आयोगद्वारा २०७७ मङ्सिर २८ मा सार्वजनिक मानव विकास प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ ?
०.५८७ ।
– नेपालको मानव विकास सूचकाङ्कको मूल्य ०.५८७ पुगेको छ । गत वर्ष यो ०.५७९ थियो । प्रतिवेदनअनुसार लैङ्गिक विकास सूचकाङ्क, लैङ्गिक असमानता सूचकाङ्क र मानव विकास सूचकाङ्कमा नेपाल दक्षिण एसियाका केही देशभन्दा नेपाल अगाडि रहेको छ । आय मापदण्डमा नेपाल पछाडि रहेको भए पनि मानव सम्पत्ति र आर्थिक जोखिम मापदण्ड भने पूरा भएको छ । यससँगै सन् २०२२ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकको सूचीमा प्रवेश गर्न आधार तयार भएको छ ।
– विगत पाँच वर्षदेखि नेपाल मध्यम मानव विकासको सूचीमा रहेको छ । ०.५५० अङ्कभन्दा माथि ०.६९० सम्म एचडीआई हुनुलाई मध्यमस्तर मानिएको छ । सन् १९९८ देखि नेपालले मानव विकास प्रतिवेदन प्रकाशित गर्न थालेको हो ।

२९. समयको सङ्क्षिप्त इतिहास नामक कृतिका लेखक को हुन् ?
स्टेफन हकिङ ।
३०. अन्तर्राष्ट्रिय उडानक्रममा हुने जोखिमबापत विदेशी र नेपाली यात्रुले पाउने बीमालगायतका सुविधा समान हुनेगरी मन्ट्रियल महासन्धि कहिलेदेखि लागू भएको हो ?
विसं २०७५ मङ्सिर २९ (सन् २०१८ डिसेम्बर १५) ।
– नागरिक उड्डयनसम्बन्धी महŒवपूर्ण सो सन्धि मङ्सिर २९ देखि नेपाली वायु सेवा कम्पनी र यात्रुमा पनि लागू भएको । गत भदौ ७ गते नेपालको संसद्बाट ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्नेसम्बन्धमा व्यवस्था भएको महासन्धि’ पारित भएको र सो महासन्धि नेपालले आइकाओमा बुझाएको ६० दिन भएपछि लागू भएको ।
– यसअघि नेपालले वार्सा महासन्धि र हेग प्रोटोकलअनुसार हवाई बीमा दाबी गर्नुपर्दा प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने गरेकोमा मन्ट्रियल महासन्धि लागू भएपश्चात् सो बीमाबापत एक लाख ६० हजार अर्थात् करिब पौने दुई करोड रुपियाँ पाउने ।
– सन् १९९९ मे २८ मा अन्तर्राष्ट्रिय हवाईयात्रुको सुरक्षासम्बन्धमा क्यानडाको मन्ट्रियलमा पारित नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई मन्ट्रियल महासन्धिका रूपमा चिनिने । सो महासन्धि सन् २००३ देखि कार्यान्वयनमा आएको ।
– संसारभरिका अन्तर्राष्ट्रिय उडानका वायुसेवा र हवाई यात्रुका लागि एउटै नियम र सर्त लागू गराउनु यस महासन्धिको उद्देश्य रहेको ।
प्रस्तुतकर्ता : टङ्क केसी

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) १. राष्ट्रिय कविता महोत्सव २०७७ मा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ ?  नुवाकोटकी भैरवी भूगोल । – उहाँको कविता ‘न....

17/12/2020

शैक्षिक स्मारिका २०७७

cehrd.gov.np

Photos from MD education POINT's post 10/12/2020

गत आव २०७६/७७ मा विज्ञापन प्रकाशित भई परीक्षा सञ्चालन हुन बाँकीको परीक्षा कार्यक्रम तोकिएको बारे लोक सेवा आयोगको सूचना
https://psc.gov.np/assets/uploads/files/%E0%A4%AA%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE_%E0%A4%B8%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%B2%E0%A4%A8_%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE_2077-08-25.pdf

दस कक्षासम्मकाे पाठ्यक्रममा आधारित ‘इ–क्लास नेपाल’ एप सार्वजनिक 08/12/2020

दस कक्षासम्मकाे पाठ्यक्रममा आधारित ‘इ–क्लास नेपाल’ एप सार्वजनिक
मंसिर २३, २०७७कान्तिपुर संवाददाता
काठमाडौँ — शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ देखि १० को पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित ‘इ–क्लास नेपाल’ एप निर्माण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार उक्त एप भर्चुअल माध्यमबाट सार्वजनिक गरेका हुन् ।
एपमा विद्यार्थीको सिकाइ सहज बनाउने उद्देश्यसहित स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र यसअघि निर्मित सिकाइ सामग्रीहरू समेटिएका छन् । भौतिक कक्षा सञ्चालन नहुँदाको अवस्थामा यी सामग्रीको उपयोग गरी विद्यार्थीको सिकाइ प्रक्रिया निरन्तर राख्न मद्दत पुग्ने ठानिएको छ । कोभिड–१९ फैलिएयता देशभरि औपचारिक रूपमा भौतिक कक्षा हुन सकेको छैन । मन्त्रालयले गत जेठमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेको थियो । परिमार्जित निर्देशिकाको आधारमा स्थानीय तहले अनुकुल परिस्थिति रहेका विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् ।
‘कोभिडको महाविपत्तिलाई सम्बोधन गर्न वैकल्पिक सिकाइका विभिन्न मोडेलहरू अपनाउँदै आइएका छन्,’ महामारीको बेला विद्यार्थीको न्युनतम सिकाइलाई निरन्तर राखिएको उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘यसैबीचमा हालैमात्र सीयुजी अवधारणालाई मन्त्री परिषद्को निर्णयले कार्ययोजना अघि बढाएको छ । प्रविधिमा समान पहुँच बढाउनुका साथै विद्यार्थी, शिक्षक र अभिभावकलाई यी माध्यमबाट लाभान्वित तुल्याउने प्रयास भएको छ ।’
मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भौतिक कक्षा सुचारु नहुँदाको अवस्थामा एपमा समेटिएका सामग्री राम्रो आधार भएको बताए । केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालका अनुसार एपमा यसअघि निर्मित अनलाइन शैक्षिक सामग्रीहरू, युट्युब, इबुक्स, पाठ्यपुस्तकमा समेटिएका प्रत्येक पाठ विद्यार्थीले पढ्न सक्नेछन् । ‘तत्काल कक्षा १० सम्मका सामग्री समेटिएका छन्,’ उनले भने, ‘अब कक्षा १२ सम्म थप्ने अभ्यासमा छौं ।’ हालसम्म रेडियो (एफएमहरूसमेत), टेलिभिजन, अनलाइन, युट्युबमार्फत् वैकल्पिक कक्षा सञ्चालन हुँदै आएका छन् ।
प्रकाशित : मंसिर २३, २०७७ १३:४५

दस कक्षासम्मकाे पाठ्यक्रममा आधारित ‘इ–क्लास नेपाल’ एप सार्वजनिक शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ देखि १० को पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित ‘इ–क्लास नेपाल’ एप निर...

स्नातकोत्तर तहमा दुई घण्टाको मात्रै परीक्षा 03/12/2020

स्नातकोत्तर तहमा दुई घण्टाको मात्रै परीक्षा
मंसिर १८, २०७७ बिहीबार
शेषकान्त पण्डित
काठमाडौँ, मङ्सिर १८ गते । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार दशक लामो अभ्यासलाई परिवर्तन गर्दै विश्वविद्यालयले परीक्षालाई
अब दुई घण्टामा सीमित पार्ने निर्णय गरेको हो ।
व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले विश्वविद्यालयको कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण अवधिमा परीक्षाको प्रावधान परिवर्तन गर्न सक्ने अधिकार दिएलगत्तै कार्यान्वयन सुरु गरिएको जानकारी दिनुभयो । प्राज्ञिक परिषद्बाट पारित गरी कार्यान्वयन गर्न लागिएको हो । मङ्सिर महिनामा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षाबाट यो प्रावधान कार्यान्वयनमा आउनेछ ।
विद्यार्थीको हितमा
डीन शर्माले सङ्क्रमणको जोखिम कायमै रहेकाले विद्यार्थीलाई लगातार चार घण्टा परीक्षा हलमा राख्दा सङ्क्रमण उच्च हुनेहुँदा यसलाई दुई घण्टामा सीमित गरिएको जानकारी दिनुभयो । विद्यार्थीलाई पानी पिउने, शौचालय, परीक्षाको व्यवस्थापनमा खटिनुपर्ने जनशक्ति लगायत सबै पक्षको विचार गर्दा परीक्षा दुई घण्टामा नै सीमित राख्नु उपयुक्त ठानिएको उहाँको भनाइ छ ।
राजधानीको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले अन्तर्राष्ट्रिय मान्यता अनुसार स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने गरिएको उल्लेख गर्दै विशेष
अवस्थाका लागि मात्र समय कम हुनुपर्ने बताउनुभयो ।
स्नातकको डेढ घण्टा
यसका साथै अब स्नातक तहको परीक्षा डेढ घण्टा मात्रै सञ्चालन गरिने भएको छ । विगतमा तीन घण्टामा स्नातक तहको परीक्षा सञ्चालन लिने गरिएकोमा अब कोरोना सङ्क्रमण अवधिभर परीक्षाको आधा समय घटाइएको हो । विद्यार्थीलाई कक्षा १२ को वार्षिक परीक्षामा पनि समय घटाइएका कारण विश्वविद्यालयले यो निर्णय गरेको
जनाइएको छ ।
अभ्यास सफल
यसपटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि डेढ घण्टा समय तोकेको थियो । परीक्षा मङ्सिर १६ गते मात्र सकिएको हो । यसअघि सय पूर्णाङ्कको लिखित परीक्षा हुने गरेकोमा यस पटक ४० पूर्णाङ्कको मात्र लिखित परीक्षा लिएकाले समय घटाएर डेढ घण्टा बनाएको जनाइएको छ ।

स्नातकोत्तर तहमा दुई घण्टाको मात्रै परीक्षा त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भ.....

वार्षिक परीक्षाको औचित्य 02/12/2020

वार्षिक परीक्षाको औचित्य
समयमै परीक्षा सञ्चालन गर्न नसके त्यसले सम्पूर्ण शिक्षण गतिविधिमा प्रतिकूल प्रभाव पार्छ
मंसिर १७, २०७७ बुधबार
प्रा.डा. भीमदेव भट्ट
अतीतमा शिक्षण संस्थाको गैरउपस्थितिमा विद्यार्थीलाई सम्भव भएसम्म घर–आँगनमै र केही हदसम्म गुरुकुलमा शिक्षा प्रदान गरिने चलन थियो । त्यस समयमा गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई समेत तोकिएको परीक्षामा सम्मिलित गराई प्रमाणपत्र दिने व्यवस्था थियो । तर, कालान्तरमा यो कार्य सरकारद्वारा स्वीकृत शिक्षण संस्थालाई सुम्पिँदै आएको छ । यस्ता शिक्षण संस्थाले विभिन्न तह र विषयका पाठ्यक्रम निर्माण गरी शैक्षिक पात्रोअनुसार पठनपाठन सञ्चालन गर्नुपर्ने प्रावधान तय गरिएका छन् । यस सन्दर्भमा तोकिएको शैक्षिकस्तर पूरा गर्न विद्यार्थीले शैक्षिक वर्षको अन्त्यमा वार्षिक परीक्षामा सम्मिलित भई सफलता हासिल गर्नुपर्ने हुन्छ । वर्तमान समयमा नेपालमा करिब ९० लाख विद्यार्थी विभिन्न शिक्षण संस्थामा संलग्न रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । यसमध्ये करिब ८३ लाख विद्यार्थी स्कुल तहमा र बाँकी करिब सात लाख विद्यार्थी विश्वविद्यालयमा अध्ययनरत छन् । नेपालको संविधानमा गरिएको व्यवस्थाअनुरूप स्कुलतर्फ कक्षा ८ को परीक्षा स्थानीय तहले, कक्षा १० को परीक्षा प्रदेश सरकार र कक्षा १२ को परीक्षा सङ्घीय सरकारले लिनुपर्ने प्रावधान छ । विश्वविद्यालयतर्फ सम्बन्धित विश्वविद्यालयले आ–आफ्नो परीक्षा सञ्चालन गर्छन् । यसअनुरूप विक्रम संवत् २०७५ देखि एसईईको परीक्षा प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने भए तापनि केही प्राविधिक कठिनाइका कारण यो कार्य सङ्घीय सरकारबाट हुँदै आएको छ । भविष्यमा स्थानीय तह र प्रदेश सरकारले आफूलाई सुम्पिएको जिम्मेवारीअनुरूप कार्य गर्ने अपेक्षा राखिएको छ ।
तोकिएको तहको परीक्षा उत्तीर्ण नगरी माथिल्लो तहमा अध्ययनका लागि प्रवेश नपाइने भएकाले शिक्षण संस्थामा सञ्चालन गरिने परीक्षालाई निकै महŒवले हेरिएको छ । परीक्षाको कार्य तोकिएको समयमा सम्पादन नहुँदा, विद्यार्थीको अध्ययन समयमै पूरा नहुने, नयाँ भर्ना कार्यमा प्रतिकूल असर पर्ने, शैक्षिक सत्रले निरन्तरता नपाउने भएकाले यस कार्यलाई निर्धारित समयमै सम्पन्न गर्नु बाध्यता छ । विद्यार्थीले तोकिएको तह पार नगरी माथिल्लो तहमा प्रवेश नपाउने भएकाले उनीहरूले यस कार्यलाई आफ्नो वृत्तिविकासको सोपानका रूपमा ग्रहण गरेको पाइन्छ ।
गत वर्ष एसईईको परीक्षा ६ चैत २०७६ देखि सञ्चालन गर्ने प्रबन्ध मिलाइएको थियो । तर, सरकारबाट कोरोना १९ को सन्त्रासका कारण यो कार्य अन्तिम घडीमा स्थगित गरियो । यस कार्यलाई पूर्णता दिनेबारे सम्बन्धित स्कुलले विद्यार्थीलाई टेस्ट परीक्षामा दिएको नम्बरलाई नै आधार मानी सो परीक्षाको परिणाम १ भदौ २०७७ मा सार्वजनिक गरियो । नेपालको शैक्षिक इतिहासमा यो अपवाद नौलो रह्यो । एसईईको परीक्षाबारे माध्यमिक शिक्षा परिषद्ले यस्तो निर्णय गरे तापनि उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गर्नुपर्ने, कक्षा १२ को परीक्षासमेत यही कोरोना १९ का कारण प्रभावित हुन पुगेको र सो परीक्षा ९ मङ्सिर २०७७ देखि सञ्चालन गर्ने सूचना सार्वजनिक गरिएको छ । यस परीक्षामा लगभग चार लाख विद्यार्थी संलग्न रहने भएकाले विद्यार्थीको भीडभाड न्यून गर्न परीक्षा केन्द्रको सङ्ख्या दोब्बर गरिएको, विद्यार्थीले जुनसुकै जिल्लामा रहेको केन्द्रबाट पनि परीक्षा दिन पाउने, छुट भएका विद्यार्थीले पछि पनि परीक्षा दिन पाउने आदि व्यवस्था गरिएको बुझिएको छ । यो कार्य चुनौतीपूर्ण भए पनि यसको विकल्प देखिन्न ।
माध्यमिक र उच्च माध्यमिक शिक्षाको परीक्षाका साथै कोरोना कहरकै कारण विभिन्न विश्वविद्यालयले सञ्चालन गर्नुपर्ने विभिन्न तहका परीक्षासमेत प्रभावित भएका छन् । यीमध्ये न्यून विद्यार्थी सङ्ख्या भएका केही विश्वविद्यालयले यो कार्य वैकल्पिक माध्यम अपनाई सम्पन्न गरे तापनि त्रिभुवन विश्वविद्यालयले भर्खरमात्र यसबारे निर्णय लिई मङ्सिर महिनाको तेस्रो हप्ता उप्रान्त परीक्षा सञ्चालन गर्ने जानकारी गराएको छ । त्रिभुवन विश्वविद्यालयले सबै तहका गरी करिब चार लाख विद्यार्थीको परीक्षा लिनुपर्नेछ । स्नातक, स्नातकोत्तर स्तरमा पठाइने विषय धेरै रहेको, क्याम्पसहरूको उपस्थिति विभिन्न जिल्लामा रहेको, सम्बन्धनप्राप्त क्याम्पसका विद्यार्थीको समेत परीक्षा सञ्चालन गर्नुपर्ने आदि भएकाले यो कार्य आफैँमा जटिल छ । परीक्षा समय आधा घटाउने, पाठ्यक्रमअनुसार पूर्णाङ्क घटाउने आदिबारे विचार विमर्श भए पनि भोलिका दिनमा यस्तो निर्णयलाई विदेशी राष्ट्र र संस्थाले मान्यता नदिएमा थप समस्या सिर्जना हुन सक्ने भएकाले यसबारे व्यावहारिक निर्णयको खाँचो देखिन्छ । त्रिविस्थित प्राज्ञिक परिषद्ले यसबारे समयमै उचित निर्णय लिने अपेक्षा राखिएको छ । देशमा सञ्चालित विभिन्न शैक्षिक तहको मूल्याङ्कन पद्धतिमा पनि एकरूपता पाइँदैन । त्रिविभित्रै पनि वार्षिक र सेमेस्टर प्रणाली सञ्चालनमा छन् । विसं २०७२ देखि एसईई परीक्षामा सबै विद्यार्थी उत्तीर्ण हुने, श्रेणीका सट्टा अक्षराङ्कन पद्धति (लेटर ग्रेडिङ्ग) अनुसार मूल्याङ्कन गर्ने, ग्रेडको प्रकार ए, बी, सी, डी गर्ने, डी वा सोभन्दा कम ग्रेडमा पास गर्ने विद्यार्थीले बढीमा दुई विषयसम्मको परीक्षा तत्कालै दिन पाउने आदि व्यवस्था गरियो तर उच्च शिक्षा प्रदान गर्ने सबै शिक्षण संस्थामा सोअनुरूप भएको पाइँदैन ।
शिक्षण संस्थामा सञ्चालन गरिने परीक्षाका विधि पनि भिन्न छन् । प्रयोगमा ल्याइएका ती विधिमध्ये (क) लिखित परीक्षा (ख) प्रयोगात्मक परीक्षा (ग) मौखिक परीक्षा प्रचलनमा छन् । लिखित परीक्षालाई अत्यधिक भार दिएको हुन्छ भने प्रयोगात्मक र मौखिक परीक्षाको अङ्कभार न्यून रहन्छ । पछिल्लो समयमा तोकिएको केही विषयका विद्यार्थीले सम्बन्धित तहको प्रमाणपत्र प्राप्त गर्नुभन्दा पहिले कार्यक्षेत्रमा गई इन्टर्नसिपसमेत पूरा गर्नुपर्छ । यस्तो प्रावधानले विद्यार्थीलाई विषयवस्तुसित राम्ररी परिचित गराउने र सेवा प्रवेश गरेपछि आफूलाई सुम्पिएको कार्य जिम्मेवारीका साथ सम्पादन गर्न सक्ने तुल्याउँछ । व्यवस्थापन विषयको उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई यस्तो इन्टर्नसिपको अनुभव अनिवार्य गरिएको छ । तर, सम्बन्धित सबै कार्यालयले तोकिएको विद्यार्थी सङ्ख्यालाई एकैपटक यस प्रयोजनका लागि काम दिन नसक्ने अवस्थाबाट समेत विद्यार्थीले हैरानी बेहोर्नुपर्ने अवस्था सिर्जना भएको बुझिएको छ ।
शिक्षण संस्थाले समयमै परीक्षा सञ्चालन गर्न नसके त्यसले सम्पूर्ण शिक्षण गतिविधिमा प्रतिकूल प्रभाव पार्छ । त्यसैले प्रत्येक शिक्षण संस्थाले वार्षिक शैक्षिक पात्रो निर्माण गरी पठनपाठन सञ्चालन गर्छन् । वर्ष दिनमा कति दिन÷घण्टा कक्षा सञ्चालन गर्ने, पाठ्यक्रममा के विषय समावेश गर्ने र कति समयको अन्तरालमा परिमार्जन गर्ने, कति दिन हिउँदे÷वर्षे बिदा मनाउने, कति घण्टाको प्रयोगात्मक पढाइ गर्ने, परीक्षा कसरी र कहिले सञ्चालन गर्ने, परीक्षाको परिणाम कहिले सार्वजनिक गर्ने आदि विविध विषय शैक्षिक पात्रोमा नै उल्लेख
गरी कार्यसम्पादन गर्नुपर्छ ।
परीक्षा शैक्षिक चक्रको अन्तिम चरण हो । समयमै यो कार्य सम्पन्न हुन नसके यसले (१) बजारमा जनशक्तिको अभाव सिर्जना गर्छ (२) समाजमा बेरोजगारी बढाउँछ (३) शिक्षण संस्थामा तोकिएको माथिल्लो तहमा विद्यार्थीको आपूर्ति प्रभावित हुन्छ (४) शैक्षिक संस्थामा विद्यमान स्रोतको उच्चतम उपयोग हुँदैन (५) विद्यार्थीलाई अन्य अवसरबाट वञ्चित गराउँछ (६) जारी गरिएको प्रमाणपत्रमा समानान्तरणको प्रश्न उठ्छ (७) शैक्षिक सत्र प्रभावित हुन जान्छ । यी विविध पक्षलाई मनन गरी प्रत्येक शिक्षण संस्थाले पठनपाठनको साथै परीक्षाको कार्यसमेत तोकिएकै समयमा सम्पन्न गर्नुको विकल्प देखिन्न ।
नेपालमा विसं २००७ पश्चात् सबैभन्दा उल्लेखनीय प्रगति भएको क्षेत्र शिक्षा नै हो । तर, पछिल्लो समय यो क्षेत्र पनि राजनीतिको कोपभाजनमा पर्दै आएको छ । फलतः यसमा विभिन्न चुनौती देखापरिरहेछन् । यी चुनौतीलाई अवसरका रूपमा स्वीकार गरी देशमा स्तरीय शिक्षाको उन्नयनका लागि सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्य अपरिहार्य देखिन्छ ।
(लेखक वरिष्ठ प्रशासनविद् हुनुहुन्छ ।)

वार्षिक परीक्षाको औचित्य अतीतमा शिक्षण संस्थाको गैरउपस्थितिमा विद्यार्थीलाई सम्भव भएसम्म घर–आँगनमै र केही हदसम्म गुरुकुलमा शिक्षा प्र.....

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) 02/12/2020

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन मंसिर १७, २०७७ बुधबार
१. नेपाल उद्योग वाणिज्य महासङ्घको २०७७ मङ्सिरमा सम्पन्न ५४ औँ साधारणसभाले अध्यक्षमा कसलाई चयन गरेको छ ?
 शेखर गोल्छा ।
– महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार शेखर गोल्छा अध्यक्ष हुनुभएको ।
– अध्यक्षबाहेकको निर्वाचन (२०७७ मङ्सिर १३) मा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचत हुनुभएको । त्यस्तै, उपाध्यक्ष (एसोसिएट्स) मा रामचन्द्र सङ्घई, उपाध्यक्ष (वस्तुगत) तर्फ अञ्जन श्रेष्ठ एवम् उपाध्यक्ष (जिल्ला÷नगर) तर्फ दिनेश श्रेष्ठ निर्वाचित हुनुभएको ।
२. ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले सातै प्रदेशमा एकैपटक तीन सयभन्दा बढी आधारभूत अस्पतालको शिलान्यास कहिले गरेको हो ?
 विक्रम संंवत् २०७७ मङ्सिर १५ ।
– सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको ।
– खासगरी, हालसम्म अस्पताल नभएका सबै स्थानीय तहमा पाँच, १० र १५ शøयाका आधारभूत अस्पताल बनाउने योजनाअनुरूप यो कार्यक्रम अघि बढाइएको ।
३. काठमाडौँ महानगरसँग हालै (२०७७ मङ्सिर) भगिनी सम्बन्ध कायम भएको नगरपालिका कुन हो ?
 रामग्राम नगरपालिका ।
४. विसं २०७५ भदौमा भएको नेपाल नगरपालिका सङ्घको निर्वाचनमा अध्यक्ष पदमा चयन को भए ?
 अशोककुमार व्यान्जू (श्रेष्ठ)
५. विमानमा जडित ‘ब्ल्याक बक्स’को रङ कस्तो हुन्छ ?
 सुन्तला रङ ।
६. सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको पहिलो भेला कहिले र कहाँ सम्पन्न भएको हो ?
 विसं २०७५ भदौ २१, पोखरा (गण्डकी प्रदेश), नौबुँदे साझा धारणा तय गरिएको ।
७. हरित् गृह ग्यासको विश्वव्यापी उत्सर्जनमध्ये नेपालबाट कति प्रतिशत हुने गर्छ ?
 करिब ०.०२७ प्रतिशत ।
८. वातावरण संरक्षणसम्बन्धमा विविध योजना समेट्दै ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ कार्यक्रमको घोषणा कहिले गरिएको हो ?
 विसं २०७५ जेठ २२ ।
– (यस अभियानमा वृक्षरोपण, फोहोरमैला व्यवस्थापन, नदीनाला सरसफाइ, प्रदूषण नियन्त्रणलगायतका कार्यक्रम समेटिएको ।)
९. जीटुजी अवधारणा केसँग सम्बन्धित छ ?
 वैदशिक रोजगार ।
१०. सन् २००९ अक्टोबर १६ मा माल्दिभ्समा पानीमुनि भएको मन्त्रिपरिषद्को बैठकको मुख्य अभिप्राय के थियो ?
 कार्बन ग्यास कटौतीमा योगदान ।

११. नेपालमा तीव्र गतिको वायरलेस इन्टरनेट सेवा ‘वाइम्याक्स’ को सुरुवात कहिलेदेखि भएको हो ?
 विसं २०६९ कात्तिक २७ ।
१२. सिंहदरबारलाई नेपाल सरकारको कार्यालयका रूपमा कहिलेदेखि प्रयोग गर्न थालिएको हो ?
 विसं २००७ ।
– (सिंहदरबार तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासका रूपमा विसं १९६० मा निर्माण गरेका । नवशास्त्रीय वास्तुकला (नियोक्लासिकल वास्तुकला) को नमुना मानिने सो दरबारमा स्टेट हल र ग्यालरी बैठक मुख्य आकर्षणका रूपमा रहेका । युरोपेली शैली–संरचनामा निर्मित यस भवनलाई त्यतिबेला एसियाकै सबैभन्दा ठूलो दरबार मानिन्थ्यो । राणा शासन अन्त्यपछि सो भवनलाई नेपाल सरकारको कार्यालयका रूपमा २००७ सालबाट प्रयोग गर्न थालिएको हो । २०३० मा आगलागी हुँदा यो भवनको केही भाग नष्ट भयो र केही पुनः निर्माण पनि गरियो ।)
१३. माछा मासुका अतिरिक्त दही, घ्यु, छाली (तर), पनिरजस्ता दुग्धजन्य पदार्थसमेत सेवन नगर्ने मानिसलाई के भनिन्छ ?
 भेगन ।
१४. तेक्वान्दो खेल खेल्दा लगाउने लुगालाई के भनिन्छ ?
 डोबोक ।
१५. सरकारद्वारा वैदेशिक रोजगारमा जाने कामदारको सहजताका लागि प्रत्येक प्रदेशबाटै श्रम स्वीकृति दिने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?
 विसं २०७५ पुस १५ ।
१६. सेनामा कुकुरको सट्टा न्याउरी प्रयोग गर्ने देश कुन हो ?
 श्रीलङ्का ।
१७. राउटे समुदायलाई स्थायी परिचयपत्र प्रदान गर्न कहिलेदेखि सुरु गरिएको हो ?
 विसं २०७५ असार ३०, गुराँस गाउँपालिका, दैलेख ।
१८. नेपालमा क्रिकेट खेलको सुरुवात गर्ने व्यक्ति भनी कसलाई चिनिन्छ ?
 मदनशमशेर जबरा ।
१९. विश्वमा हालसम्मकै लामो नाकाबन्दी कुन हो ?
 अमेरिकाद्वारा क्युबामाथि लगाइएको (सन् १९६१–२०१५) करिब साढे पाँच दशक लामो नाकाबन्दी ।
२०. आफ्नो घडीलाई सूर्योदय र सूर्यास्तसँगै अनुकूल गराउने पद्धतिलाई के भनिन्छ ?
 डीएलएसटी (डे लाइट सेभिङ टाइम) ।
२१. पृथ्वीको नाप नक्सा तयार गर्ने र त्यसलाई तथ्याङ्कगत तथा चित्रमय रूपमा प्रस्तुत गर्ने विधिलाई के भनिन्छ ?
 कार्टोग्राफी ।
२२. फिफा विश्वकपको सुरुवात (सन् १९३०) मा कति टिम सहभागी थिए ?
 १३ टिम ।
– पछि सन् १९८२ मा २४ टिम र सन् १९९८ मा ३२ टिम पु¥याइएको थियो ।
– सन् २०२६ को विश्वकपबाट ४८ टिम सहभागी बनाइने भएको । फिफाले सन् २०१७ जनवरी १० मा यससम्बन्धी निर्णय गरेको ।
२३. राष्ट्रसङ्घीय विकास नीति समितिको सन् २०१८ मार्च १२–१६ सम्म सम्पन्न बैठकले कति राष्ट्रलाई विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको थियो ?
– चार (भुटान, किरिवाटी, साओटोम एन्ड प्रिन्सेप र सोलोमन आइल्यान्ड) ।

२४. सबैभन्दा कम उमेरमा नोबल पुरस्कार पाउने व्यक्ति को हुन् ?
 मलाला युसुफ जाई, (सन् २०१४) ।
२५. ९०–९०–९० रणनीति केसँग सम्बन्धित छ ?
 एड्स रोग ।
– युएन एड्सलगायत विभिन्न संस्थाले एड्सविरुद्ध सो रणनीति सञ्चालन गरेका, जसअनुसार सन् २०२० सम्ममा एचआईभी सङ्क्रमितमध्ये ९० प्रतिशतले आफ्नो अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतलाई औषधि उपचारको पहुँच हुने र औषधि उपचारमा पहुँच हुनेमध्ये ९० प्रतिशतको शरीरमा सङ्क्रमण नियन्त्रण गर्ने लक्ष्य निर्धारण गरिएको ।
– सन् २०१७ सम्ममा विश्वभर तीन करोड ७० लाख नागरिकमा एचआईभी÷एड्सको सङ्क्रमण रहेको अनुमान ।
– ८० को दशकमा महामारीकै रूपमा रहेको यो रोग नियन्त्रणमा केही उपलब्धि हासिल भएको । सन् २०१० देखि २०१७ सम्मको अवधिमा विश्वमा नयाँ सङ्क्रमण १६ प्रतिशतले, बच्चामा हुने सङ्क्रमण ३५ प्रतिशत र एड्सका कारणले मृत्यु हुनेको सङ्ख्या ५१ प्रतिशतले घटेको ।
– संयुक्त राष्ट्रसङ्घीय दिगो विकास एजेन्डाले सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने लक्ष्य राखेको ।

२६. नेपालको अन्तरसरकारी वित्त परिषद्को पहिलो बैठक कहिले बसेको थियो ?
 विसं २०७५ वैशाख २४ ।

२७. जनताको नाम सरकारले जुराउने परिपाटी भएको राष्ट्र कुन हो ?
 हँगेरी ।
– (हँगेरीमा सरकारले नै निश्चित नामहरू तोकेर राख्ने र यी नामहरूभन्दा बाहिर गएर कसैले पनि आफ्नो बच्चाको नाम राख्न नसकिने चलन रहेको ।)

२८. आइकाओको सुरक्षा सूचीबाट नेपाल कहिले हट्न सफल भएको हो ?
 विसं २०७४ साउन ६ (सन् २०१७ जुलाई २१) ।
– (नेपाल सन् २०१३ देखि सो सूचीमा परेको थियो ।)

२९. नेपाल गुणस्तर तथा नापतौल विभागले ‘ट्याङ्कर क्यालिब्रेसन टावर’ को निर्माण कहाँ गरेको छ ?
 हेटौँडा ।
– गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्याङ्करमा रहेका ट्याङ्कीको क्षमता तथा गुणस्तरीयता जाँच गरी प्रमाणीकरण गर्न नेपालमा नै पहिलो ट्याङ्कर क्यालिब्रेसन टावर निर्माण गरी २०७६ असार २० देखि सञ्चालनमा ल्याएको ।
– दैनिक १५ वटा ट्याङ्कर जाँच क्षमता भएको ट्याङ्कर क्यालिब्रेसन टावर एक करोड ५० लाख रुपियाँ लागतमा स्थापना गरिएको ।
– यसले चुहावट नियन्त्रण एवम् उपभोक्ता हितमा सहयोग पुग्ने विश्वास गरिएको ।

३०. नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?
 छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय ।
– सन् १९६९ जुलाई २० मा पहिलोपटक चन्द्रमामा पुगेका अमेरिकी अन्तरीक्ष यात्रीहरूले ल्याएका चन्द्र चट्टानमध्ये केही टुक्रा नेपालमा पनि ल्याइएको र ती टुक्रा राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रह गरिएको ।
– तीन अमेरिकी अन्तरीक्ष यात्री निल आर्मस्ट्रङ, एडबिन अल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ जुलाई १६ मा एपोलो ११ नामक यानमार्फत चन्द्रमाका लागि प्रस्थान गरेका र जुलाई २० मा चन्द्र धरातलमा पुगेका ।
– यानबाट पहिलोपटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ तथा दोस्रोमा अल्ड्रिन थिए ।
– एपोलो ११ ले ल्याएका चट्टानका चारवटा टुक्रा विसं २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
– सोपश्चात् नासाको एपोलो १७ मार्फत ल्याइएको एक टुक्रा चट्टान पनि राष्ट्रिय सङ्ग्रहलायमा प्रदर्शनीमा
राखिएको छ ।
प्रस्तुतकर्ता : टङ्क केसी

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) १. नेपाल उद्योग वाणिज्य महासङ्घको २०७७ मङ्सिरमा सम्पन्न ५४ औँ साधारणसभाले अध्यक्षमा कसलाई चयन गरेको छ ?  शेखर गोल...

Want your school to be the top-listed School/college in Jaleshwar?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Matihani/07
Jaleshwar