Forestry Club

Forestry Club knowledge,
#नयाँ नयाँ कुराको खोज 🇳🇵

जाजरकोट । नेपालमा दुर्लभ मानिने सुनौलो बिरालो (Asiatic golden cat) पहिलो पटक जाजरकोटमा फेला परेको छ।यसअघि यो प्रजाति गौर...
02/09/2025

जाजरकोट । नेपालमा दुर्लभ मानिने सुनौलो बिरालो (Asiatic golden cat) पहिलो पटक जाजरकोटमा फेला परेको छ।

यसअघि यो प्रजाति गौरिशंकर संरक्षण क्षेत्रभन्दा पश्चिमतिर नदेखिएकोमा, जाजरकोटको बारेकोट गाउँपालिकामा क्यामेरा ट्र्यापमार्फत यसलाई प्रमाणित गरिएको हो।

29/08/2025

नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुग्यो
थप गरिएको रा. नि. :-
छायानाथ राष्ट्रिय निकुञ्ज,मुगु
-२०८२/५/१३

कर्णाली चौथो फरेष्टर
05/08/2025

कर्णाली चौथो फरेष्टर

Record of Siberian weasel in Jajarkot, Nepalजाजरकोटमा साइबेरियाली मलसाँप्रो सुचीकृत भएको छ । त्रिभुवन विश्व विद्यालयको क...
21/07/2025

Record of Siberian weasel in Jajarkot, Nepal

जाजरकोटमा साइबेरियाली मलसाँप्रो सुचीकृत भएको छ ।

त्रिभुवन विश्व विद्यालयको केन्द्रीय जीव विज्ञान विभागद्धारा नियमित प्रकाशित हुने नेप्लिज जर्नल अफ जुलोजीमा प्रकाशित लेख मार्फत पहिलो पटक जाजरकोट जिल्लामा साइबेरियाली मलसाँप्रो सुचीकृत गरेको छ ।
हालसम्म नेपालको गौरिशंकर संरक्षण क्षेत्र, लाङटाङ्ग राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, अपी–नम्पा संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र मकालु बारुण राष्ट्रिय निकुञ्जमा साइबेरियाली मलसाँप्रो सुचीकृत भएको थियो । राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्र बाहिर हुम्ला र मुगुमा सुचीकृत भएको थियो ।
त्रिभुवन विश्वविद्यालय, काठमाडौंको केन्द्रीय जीव विज्ञान विभागको नेप्लिज जर्नल अफ जुलोजीमा लेख प्रकाशित पछि पहिलो पटक जाजरकोटमा साइबेरियाली मलसाँप्रोको उपस्थिति औपचारिक रूपमा सुचीकृत भएको छ ।
प्रकृति संरक्षण अभियान नेपालले जाजरकोटको नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकाका विभिन्न जंगलमा ट्रयाप गरेको क्यामेरामा साइबेरियाली मलसाँप्रो कैद भएको कार्यक्रम संयोजक बद्री बरालले जानकारी दिए ।

Paper Link:
https://www.nepjol.info/index.php/njz/article/view/81405/62480

मधेस प्रदेश कडा:) मधेस प्रदेशले आर्थिक वर्ष ०८२/०८३ को पदपूर्तिको लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। √ पाचौं तह...
16/07/2025

मधेस प्रदेश कडा:) मधेस प्रदेशले आर्थिक वर्ष ०८२/०८३ को पदपूर्तिको लागि वार्षिक कार्यतालिका
सार्वजनिक गरेको छ।
√ पाचौं तहको: मङ्सिर महिनाको अन्तिम बिहिबार
√ चौथो तहको पौष महिनाको अन्तिम बिहिबार
√ तेस्रो तह वन रक्षक को विज्ञापन माघ अन्तिम बिहिवार मा खुल्ने

good work: दाङको लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वनको बस्ती नजिकैबाट केही दिन अगाडि अलपत्र अवस्थामा र...
22/06/2025

good work:
दाङको लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वनको बस्ती नजिकैबाट केही दिन अगाडि अलपत्र अवस्थामा रहेको चित्तलको बच्चालाई उद्दार गरिसकेपछि डिभिजन वन कार्यालयमा राखिएको छ। डिभिजन वन कार्यालय देउखुरी परिसर भित्र रहेको चित्तलको बच्चालाई दैनिक रूपमा रेखदेख तथा संरक्षण गर्नुहुदैँ पत्रकार एवम् वन्यजन्तु उद्दारकर्मी शिवु खनाल।

नेपालमा🇳🇵 पाइने विषालु सर्पहरूको बारेमा जानकारी र जनचेतना सन्देश🐍 नेपालमा पाइने प्रमुख विषालु सर्पहरू:नेपालमा करिब 90 प्...
21/06/2025

नेपालमा🇳🇵 पाइने विषालु सर्पहरूको बारेमा जानकारी र जनचेतना सन्देश

🐍 नेपालमा पाइने प्रमुख विषालु सर्पहरू:

नेपालमा करिब 90 प्रजातिका सर्पहरू पाइन्छन्, जसमध्ये 17 प्रजाति विषालु हुन्छन्। यीमध्ये मुख्य विषालु सर्पहरू:

⚠️ जनचेतना सन्देश (Awareness Message):

👉 सर्प देख्दा नजिक नजानुहोस्। मार्ने प्रयास गर्नुको सट्टा सुरक्षित दूरीमा बस्नुहोस्।
👉 सर्पले टोकेको खण्डमा तुरुन्त अस्पताल जानुहोस् l
(धामीझाँक्री, घरेलु उपचार वा कसमकस नगर्नुहोस्।)
👉 घर वरिपरि घाँस, झाडी, फोहर जम्मा हुन नदिनुहोस्।
👉 साँझपख घरबाहिर जाँदा जुत्ता लगाउनुहोस्, टर्च बोक्नुहोस्।
👉 सर्प विष नियन्त्रण केन्द्रको सम्पर्क नम्बर सुरक्षित राख्नुहोस्।

> 🧠 याद राखौं — सर्पले बिना कारण टोक्दैन्, तर हामीले सावधानी नअपनाउँदा जीवन गुम्न सक्छ। चेतना र सजगता नै सुरक्षा उपाय हो।

आज बर्दियाको गुलरिया–बालापुरबाट मान्छे खाने चितुवा नियन्त्रणमा !!लगातार त्रास फैलाइरहेको चितुवालाईवन डिभिजन कार्यालय, बर...
15/06/2025

आज बर्दियाको गुलरिया–बालापुरबाट मान्छे खाने चितुवा नियन्त्रणमा !!

लगातार त्रास फैलाइरहेको चितुवालाई
वन डिभिजन कार्यालय, बर्दिया ले आज बिहान सफलतापूर्वक नियन्त्रणमा लिएको हो।


26/05/2025

भोजपत्र (Betula utilis) बृक्षरेखामा पाइने प्रजाती 💐❤️ यसको बारेमा के के जानकारी छ सबैले Cmt गर्नुहोला।

फेला पर्‍यो नयाँ प्रजातिको बैजनी कोइली चरा❣️🙏☞इलाम सुखानीमा☞नयाँ प्रजातिको चरा–बैजनी कोइली फेला परेको☞अंग्रेजी नाम भ्याइ...
16/04/2025

फेला पर्‍यो नयाँ प्रजातिको बैजनी कोइली चरा❣️🙏
☞इलाम सुखानीमा
☞नयाँ प्रजातिको चरा–बैजनी कोइली फेला परेको
☞अंग्रेजी नाम भ्याइलेट कुक्कु रहेको सो चराको वैज्ञानिक नाम क्राइसोककस साइन्थोरिङ्कस हो ।
☞यो सँगै नेपालमा पाइने चराको प्रजातिको संख्या ८९९ पुगेको नेपाल पन्छीविद् संघको जनाएको छ।

👌_कर्णाली प्रदेश लाेक सेवा आयाेगले गर्याे भारी संख्यामा विज्ञापन गरेकाे छ_सुनाैलाे अवसर !!!
08/04/2025

👌_कर्णाली प्रदेश लाेक सेवा आयाेगले गर्याे भारी संख्यामा विज्ञापन गरेकाे छ_सुनाैलाे अवसर !!!

07/04/2025

हुम्ला ः हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा दुर्लभ लोपोन्मुख हिउँ चितुवा रहेको पाइएको छ । उकाली तथा तेस्...

Address

Jajarkot
21500

Telephone

+9779867963837

Website

Alerts

Be the first to know and let us send you an email when Forestry Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Forestry Club:

Shortcuts

Share

Category