एकता हाम्रो, सृजनशीलता राम्रो भन्ने मुल नाराका साथ एकताको माध्यमद्वारा बिधार्थीहरुमा लुकेर रहेका अन्तर्निहित छमताको पहिचान र उजागर गर्दै उनीहरुको ब्यक्तित्व साथै सृजनशील बिकास गराउने, सामाजिक भावना जागृत गराई समाज र राष्ट्र प्रति उत्तरदायी गराउने, अध्ययन प्रति अझ प्रगाढ र फराकिलो पार्दै लैजाने, साहित्य र सृजनाको बिकास गराउने लगायतका उदेश्यहरुका साथमा बिक्रम संवत २०७० साल भाद्र १ गते सुकुना बहुमुखी क्याम्पस , कोसीहरैंचामा अध्यनरत परिवर्तनका खातिर लगभग २०० बिधार्थिहरुको जमातले बिधार्थी समुदायमा आवश्यक संगठनको रुपमा महसुस गरि गठन गरिएको स्वतन्त्र सामाजिक सस्था नै एकता सृजनशील बिधार्थी समाजको उदय हो । यसले बिधार्थी एकताको शक्तिले बिधार्थी हक, हित, अधिकार प्राप्तिका लागि सबैलाई सचेत गरा