SOS Hermann Gmeiner Secondary School Itahari

SOS Hermann Gmeiner Secondary School Itahari

Share

SOS Hermann Gmeiner Secondary School Itahari is located in the outskirts of Itahari Submetro in Suns

Our Roots
We take action for Children as an independent non- governmental social development organization. We respect varying religions and cultures, and we work in countries and communities where our mission can contribute to development. We work in the spirit of the United Nations Convention on the Rights of the Child. With the SOS Children's Village concept, our organization pioneered a family approach to the long term care of orphaned and abondoned children.

Photos from SOS Hermann Gmeiner Secondary School Itahari's post 22/08/2026

इमोसनली इन्टेलिजेन्ट शिक्षण (Emotionally Intelligent Teaching) तालिम कार्यशाला सम्पन्न! 🧠🤝
भाद्र ६, इटहरी।

​शिक्षण सिकाइलाई अझ प्रभावकारी र भावनात्मक रूपमा जोड्ने उद्देश्यले इटहरीमा 'Emotionally Intelligent Teaching' विषयक विशेष तालिम कार्यशाला भव्यतापूर्वक सम्पन्न भएको छ।
​कार्यक्रमका मुख्य विवरणहरू:
​मिति: भाद्र ६, २०८३
​स्थान: इटहरी
​सहभागी संस्थाहरू: SOS Hermann Gmeiner Secondary School Itahari का शिक्षक सहीत अन्य चार सामुदायीक विद्यालयका शिक्षकहरु र SOS Children's Village Itahari का काउन्सेलरहरू लगायत पाँच वटा शैक्षिक संस्था र एक बालकेन्द्रकाे सहभागिता।
​प्रशिक्षकहरू: सहायक प्राध्यापक श्री आरजु निरौला र सह-प्राध्यापक डा. पार्थ गुरागाईं (विराट मेडिकल कलेज, विराटनगर)
​कुल सहभागी: ३७ जना

​यस तालिमले शिक्षकहरूलाई विद्यार्थीहरूको भावनात्मक आवश्यकता बुझ्न र कक्षाकोठाको वातावरणलाई अझ सकारात्मक बनाउन ठूलो सहयोग पुग्ने विश्वास लिएका छौं। अमूल्य ज्ञान र समय प्रदान गर्नुहुने आदरणीय प्रशिक्षक ज्यूहरू तथा सम्पूर्ण सहभागीहरूमा हार्दिक धन्यवाद!


Photos from SOS Hermann Gmeiner Secondary School Itahari's post 22/08/2026

चित्रकला प्रतियोगिता २०८३ सम्पन्न! 🎨
भाद्र ५, इटहरी

विद्यालयमा सिर्जनात्मक सीप र कलाप्रतिको रुचीलाई उजागर गर्ने उद्देश्यले चित्रकला प्रतियोगिता २०८३ भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका मुख्य विवरणहरू:
मिति: भाद्र ५, २०८३
सहभागिता: कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरू
प्रारम्भिक चरण: भाद्र ४ गते प्रारम्भिक छनोट चरणबाट १६ जना चित्रकारकाे छनोट ।
छानिएका उत्कृष्ट १६ जना विद्यार्थी चित्रकार बीच अन्तिम प्रतिस्पर्धा भाद्र ५, २०८३ मा गराइएको थियो।
कार्यक्रम संयोजक: श्री अनिल भट्टराई
नतिजा: नतिजा आउन बाँकी छ (शीघ्र नै प्रकाशन गरिनेछ)।

विद्यार्थीहरूको अद्भुत कला र सिर्जनाले हामी सबैको मन जितेको छ। प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद तथा आगामी नतिजाका लागि शुभकामना!

Photos from SOS Hermann Gmeiner Secondary School Itahari's post 22/08/2026

साइबर सचेतना कार्यक्रम सम्पन्न! 🌐💻
भाद्र ५, इटहरी

​इटहरी उपमहानगरपालिका वडा नं. १६ स्थित नवज्योति टोल विकास संस्थाको सहकार्यमा कक्षा ९ र १० का प्राविधिक शिक्षा (Technical Education) तर्फका विद्यार्थीहरूले आफ्नो परियोजना कार्य (Project Work) अन्तर्गत साइबर सचेतना (Cyber Awareness) विषयक अन्तर्क्रिया तथा ज्ञान आदान-प्रदान कार्यक्रम सम्पन्न गरेका छन्।

​कार्यक्रमका मुख्य विशेषताहरू:
​उपस्थिति: ६० भन्दा बढी उत्साही सहभागीहरूको उपस्थिति।
​प्रमुख अतिथि: इटहरी उपमहानगरपालिका वडा नं. १६ की वडा सदस्य श्री खिना खतिवडाज्यू।
​सभाध्यक्षता: विद्यालयका प्रधानाध्यापक श्री शशि कुमार उपाध्याय।
​सञ्चालन: अतिरिक्त क्रियाकलाप (ECA) संयोजक श्री गणेश श्रेष्ठ।

​विद्यार्थीहरूको यस प्रकारको व्यावहारिक सिकाइले समाजमा प्रविधिको सुरक्षित र सही प्रयोगबारे जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। कार्यक्रम सफल बनाउनुहुने सम्पूर्ण अतिथिगण, टोल विकास संस्था तथा सहभागीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं!

Photos from SOS Hermann Gmeiner Secondary School Itahari's post 06/08/2026

🇳🇵 सि.सं. ५२ जुनियर डिभिजन संस्थागत तालिम निरीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न 🇳🇵

आज हाम्रो विद्यालयमा सि.सं. ५२ जुनियर डिभिजन संस्थागत तालिम निरीक्षण कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथि लेफ्टिनेन्ट जनरल श्री सुरेश कुमार श्रेष्ठज्यू तथा सभाध्यक्ष श्री देव चरण चौधरीज्यू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं एसओएस बालग्राम इटहरीका परियोजना निर्देशकज्यू को गरिमामय उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक श्री शशिकुमार उपाध्यायले सम्पूर्ण उपास्थित महानुभावहरूलाई स्वागत गर्नु भएको थियो ।

राष्ट्रिय सेवा दलका क्याडेटहरूले ३६ दिनसम्म हासिल गरेका ज्ञान, सीप, अनुशासन र नेतृत्व क्षमताको उत्कृष्ट प्रदर्शन गर्दै परेड, खुकुरी ड्रिल, ताइक्वान्डो तथा एरोबिक्स प्रस्तुत गरेका थिए। क्याडेटहरूको आत्मविश्वास, अनुशासन र समर्पणले उपस्थित सम्पूर्ण अभिभावक तथा अतिथिहरूलाई प्रभावित बनाएको थियो।

कार्यक्रममा सहभागी क्याडेटहरूका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा प्रमुख अतिथि लेफ्टिनेन्ट जनरल श्रेष्ठज्यूले अभिभावकहरूसँग अन्तरक्रिया गर्दै राष्ट्रिय सेवा दलले विद्यार्थीहरूमा नेतृत्व, अनुशासन, आत्मनिर्भरता र राष्ट्रप्रेमको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो।

कार्यक्रमको सफल सञ्चालन विद्यालयका शिक्षक संयोजक श्री अभि नारायण भण्डारीज्यू ले गर्नुभएको थियो।

यस कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउनु हुने सम्पूर्ण अतिथि महानुभावहरू, अभिभावकहरू, प्रशिक्षकहरू, शिक्षकहरू तथा क्याडेट विद्यार्थीहरूमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

अनुशासन, नेतृत्व र राष्ट्रसेवाको भावनासहित अगाडि बढ्ने प्रतिबद्धताका साथ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

04/08/2026

Photos from SOS Hermann Gmeiner Secondary School Itahari's post 04/08/2026

📢 विद्यालयमा वाद्यवादन हस्तान्तरण!
आज बिहानको प्रार्थना सभामा विद्यालयले विभिन्न वाद्यवादनहरू विद्यार्थी प्रिफेक्ट प्रमुख श्री दिव्यम ढकाललाई हस्तान्तरण गर्यो।
हस्तान्तरण गरिएका वाद्यवादनहरूमा पियानो, व्यान्जो, गिटार तथा मादल रहेका छन्। कार्यक्रममा कार्यालय सहायक श्री दयानन्द चौधरी ले पियानोमा सुन्दर भजनको संगीत प्रस्तुत गर्नुभयो। त्यसैगरी विद्यार्थी श्री प्रमिस तिम्सिना ले देशभक्तिपूर्ण धुन बजाएर आफ्नो प्रतिभा प्रदर्शन गर्नुभयो भने शिक्षिका श्रीमती पुष्पा पौडेल ले मादलमा आकर्षक ताल प्रस्तुत गर्नुभयो।

नयाँ वाद्यवादन प्राप्त भएपछि विद्यार्थीहरू अत्यन्त हर्षित एवं उत्साहित देखिएका थिए। यी सामग्रीहरूले विद्यालयमा संगीत शिक्षाको विकास तथा विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

🎹🎸🪕🥁 संगीतमार्फत प्रतिभा प्रस्फुटनका थप अवसरहरू सिर्जना हुँदै जानेमा सम्पूर्ण विद्यालय परिवार खुशी र उत्साहित छ।

Photos from SOS Hermann Gmeiner Secondary School Itahari's post 27/07/2026

📢 सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

SOS Hermann Gmeiner Secondary School Itahari को आयोजनामा, क्षेत्रीय प्रहरी कार्यालय, इटहरी तथा इटहरी उपमहानगरपालिका वडा नं. ९ को सहकार्यमा वडा नं. ९ का समुदाय सदस्यहरूलाई लक्षित गरी सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग र साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ४३ जन- समुदायकाे सहभागिता रहेको थियो। कार्यक्रमका स्रोत व्यक्ति प्रहरी निरीक्षक दुर्गा खनाल ले सामाजिक सञ्जालको सकारात्मक प्रयोग, साइबर अपराधका विभिन्न स्वरूप, त्यसका जोखिम तथा सुरक्षित डिजिटल व्यवहारका विषयमा महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो।
कार्यक्रमको अध्यक्षता SOS Hermann Gmeiner Secondary School Itahari का प्रधानाध्यापक श्री शशिकुमार उपाध्याय ले गर्नुभएको थियो। साथै, वडा नम्बर ९ का वडा सदस्य श्री कपिल घिमिरे, श्री जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री काशीनाथ दंगाल तथा प्रधानाध्यापक श्री खिलानाथ गौतम को अर्थपूर्ण उपस्थिति रहेको थियो।
श्री जनता माध्यमिक विद्यालय, इटहरी–९ ले कार्यक्रम सञ्चालनका लागि स्थल उपलब्ध गराएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले संयुक्त रूपमा प्रस्तुति दिएका थिए भने कार्यक्रम सञ्चालन शिक्षक श्री महेश धितालले गर्नुभएको थियो।
यस महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनुहुने सबै सहभागी, साझेदार संस्था तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछौं। यस्ता सचेतनामूलक कार्यक्रमहरूले सुरक्षित डिजिटल समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं।

20/07/2026

We are looking for a Social Studies Teacher.

Join our team in SOS Hermann Gmeiner Secondary School Itahari

For details and application form, visit our website: www.soshgsitahari.edu.np

Apply today!

Want your school to be the top-listed School/college in Itahari?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


L
Itahari
977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:15
Sunday 10:00 - 16:00