Itahari Nobel Academy

Itahari Nobel Academy "Quality and discipline education"

मिति: २०८३/०६/०८विषय: विद्यालय बिदा सम्बन्धी अत्यन्त जरुरी सूचनाआदरणीय अभिभावकज्यूहरुमा नमस्कार।मौसमको प्रतिकुलता (हावाह...
24/09/2026

मिति: २०८३/०६/०८
विषय: विद्यालय बिदा सम्बन्धी अत्यन्त जरुरी सूचना

आदरणीय अभिभावकज्यूहरुमा
नमस्कार।
मौसमको प्रतिकुलता (हावाहुरी, चट्याङ तथा भारी वर्षाको सम्भावना) का कारण इटहरी उपमहानगरपालिका, शिक्षा, युवा तथा खेलकुद महाशाखाको निर्णय अनुसार यस विद्यालयमा मिति २०८३ असोज ८ र ९ गते (२ दिन) पठनपाठन बन्द रहने जानकारी गराउँदछौँ।
मौसम प्रतिकूल नरहेकाले बालबालिकाहरूलाई घरमै सुरक्षित राख्नुहुन र आवश्यक सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध छ।
विद्यालय मिति २०८३ असोज १२ गते सोमबार देखि नियमित रूपमा पुनः सञ्चालन हुनेछ।

धन्यवाद ।।
बिधालय प्रशासन

निर्माण, प्रविधि र सिर्जनाका देवता भगवान् श्री विश्वकर्मा पूजाको यस पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अ...
17/09/2026

निर्माण, प्रविधि र सिर्जनाका देवता भगवान् श्री विश्वकर्मा पूजाको यस पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावक वर्गमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। विद्यालय परिसरमा हर्षोल्लासका साथ सम्पन्न गरिएको विश्वकर्मा पूजाका केही झलकहरू! 🛠️✨
゚viralシ

"बुबाको माया, समर्पण र मार्गदर्शन नै बालबालिकाको उज्ज्वल भविष्यको आधार हो। 👨‍👧‍👦🌸             ゚viralシ
12/09/2026

"बुबाको माया, समर्पण र मार्गदर्शन नै बालबालिकाको उज्ज्वल भविष्यको आधार हो। 👨‍👧‍👦🌸

゚viralシ

"बुबा— जसको सायामा हामी सुरक्षित महसुस गर्छौँ। ❤️कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको पावन अवसरमा हाम्रा साना नानीहरूले...
11/09/2026

"बुबा— जसको सायामा हामी सुरक्षित महसुस गर्छौँ। ❤️

कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको पावन अवसरमा हाम्रा साना नानीहरूले आफ्ना बुबाहरूका लागि मायापूर्वक तयार पारेका कार्डहरूसहितको केही अविस्मरणीय क्षणहरू। 🎨🎉

सम्पूर्ण पिताहरूमा हार्दिक नमन तथा शुभकामना! 💐

आदरणीय  अभिभावकज्यूहरुमा                       नमस्कार 🙏🙏                       बिषय :     बिदा सम्बन्धमा ।      भोलि मि...
10/09/2026

आदरणीय अभिभावकज्यूहरुमा
नमस्कार 🙏🙏

बिषय : बिदा सम्बन्धमा ।

भोलि मिति २०८३ भाद्र २६ गते शुक्रबार बुबाको मुख हेर्ने दिन (कुशे औंसी) र मिति २०८३ भाद्र २९ गते सोमबार हरितालिका तीजको अवसरमा इटहरी प्याब्सनको निर्णय अनुसार बिदा दिने निर्णय भएको हुँदा उक्त २ दिनका लागि यस विद्यालयकाे सम्पुर्ण कक्षाको पठनपाठन बिदा रहने जानकारी
गर्दछाै ।
साथै विद्यालय मिति २०८३ भाद्र ३० गते मंगलबारबाट पुनः सूचारु हुने जानकारी गराउँदछाैँ ।

नोट: कोचिङ कक्षा भने आईतबारकाे दिन सञ्चालन हुने जानकारी
गराउदछाै ।

धन्यवाद !!
विद्यालय प्रशासन

आदरणीय  अभिभावकज्यूहरुमा                नमस्कार🙏🙏,      भोलि मिति २०८३ साल भदाै २३ गते मङ्गलबार "जेन-जी सहिद दिवस" को अव...
07/09/2026

आदरणीय अभिभावकज्यूहरुमा
नमस्कार🙏🙏,
भोलि मिति २०८३ साल भदाै २३ गते मङ्गलबार "जेन-जी सहिद दिवस" को अवसरमा नेपाल सरकारद्वारा सार्वजनिक बिदा दिने घोषणा गरेको हुनाले, साथै इटहरी प्याब्सनको निर्णयअनुसार भाेलि एक दिनका लागि विद्यालय बन्द रहने जानकारी गराउँन चाहान्छाैं ।
बिद्यालय पुनः मिति २०८३/०५/२४ गते बुधबारबाट सूचारु हुने कुराको पनि जानकारी गराउन चाहन्छौं ।

नाेट :
१) काेचिङ्ग कक्षा ८ , ९ र १० काे भने यथावत समयमा सञ्चालन हुने समेत जानकारी गर्दछाै ।

२) कक्षा (१ देखि ५) सम्मका सम्पूर्ण बिषय शिक्षक - शिक्षिका ज्यू हरु भने बिहान ९:३० बजे तालिम सुरु हुने भएकाले अनिवार्य समयमा उपस्थित भईदिनुहुन समेत जानकारी गर्दछाै ।

धन्यवाद !!
बिद्यालय प्रशासन

07/09/2026

मौनधारण र प्रार्थना। 🙏🕊️

मौनधारण र प्रार्थना। आज बिहानको प्रार्थना सभामा हाम्रो विद्यालयका विद्यार्थीहरूले हालैको बाढीपहिरोमा ज्यान गुमाएका मृतकह...
07/09/2026

मौनधारण र प्रार्थना। आज बिहानको प्रार्थना सभामा हाम्रो विद्यालयका विद्यार्थीहरूले हालैको बाढीपहिरोमा ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै २३ गतेको 'जेन जी शहीद दिवस' को दिन एक मिनेट मौनधारण गरेका छन्। शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा सबैमा धैर्य धारण गर्ने शक्ति मिलोस्। 🙏🕊️

Address

Itahari

Telephone

9811312345

Website

Alerts

Be the first to know and let us send you an email when Itahari Nobel Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Itahari Nobel Academy:

Shortcuts

Share

Category