01/08/2026
आज खनारमा भोलिको इटहरी र युथ इनोभेटिभ साइन्स सोसाइटीबीच रचनात्मक छलफल सम्पन्न भएको छ।
छलफलका क्रममा वडा नं. ११, १२ र १३ मा युथ इनोभेटिभ साइन्स सोसाइटीको सहकार्यमा विभिन्न विषयमा सर्वेक्षण सञ्चालन गर्ने निर्णय गरिएको छ। सर्वेक्षणबाट संकलित तथ्याङ्क र जनधारणालाई आधार बनाएर आगामी दिनमा इटहरीका विविध विषयमा गहन छलफल गर्दै व्यावहारिक तथा प्रभावकारी निष्कर्ष निकाल्ने उद्देश्य राखिएको छ।
तथ्यमा आधारित सोच, जनसहभागिता र सहकार्यमार्फत समृद्ध इटहरी निर्माणतर्फ यो पहल एउटा सकारात्मक सुरुआत हुने विश्वास गरिएको छ।