24/09/2026
विषय: बिदा सम्बन्धमा |
आदरणीय अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारी ज्यूहरु,
उपर्युक्त सम्बन्धमा इटहरी उपमहानगरपालिकाले प्रतिकूल मौसमका कारण अत्यधिक हावाहुरी, मेघ गर्जन सहित अत्यधिक पानी पर्ने सम्भावना रहेको भनी मिति २०८३ असोज ०८ र ९ गते इटहरी उपमहानगरपालिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरू बिदा गरेको हुनाले यस लिटल फ्लावर्स सेकेण्डरी इंगलिस बोर्डिंग स्कूल इटहरी ५, सुनसरीमा पनि मिति २०८३ असोज ८ र ९ गते सम्पूर्ण कक्षाहरु (नियमित, कोचिंग तथा ट्युसन) संचालन नहुने व्यहोरा जानकारी गर्दछौ | मिति २०८३ असोज १२ गते सोमबारदेखि सम्पूर्ण कक्षाहरु निर्धारित समयानुसार नै संचलान गरिने छ |
यस प्रतिकुल अवस्थामा विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकज्यूहरुलाई विशेष सतर्कता सहित सुरक्षित रहनुहुन् हार्दिक अनुरोध समेत गर्दछौं |