24/09/2026
सम्पूर्ण विद्यालयहरू
इटहरी उपमहानगरपालिका सुनसरी ।
विषय: बिदा सम्बन्धमा
प्रस्तुत विषयमा प्रतिकूल मौसमका कारण अत्यधिक हावाहुरी, मेघ गर्जन सहित अत्यधिक पानी पर्ने सम्भावना रहेको सूचना विभिन्न सञ्चार माध्यम तथा सरकारी सूचनाहरू प्रकाशित भएको हामी माझ जानकारी नै छ। अत्यधिक वर्षको कारण हुन सक्ने क्षतिलाई कम गर्न सतर्कता सहित विद्यार्थी, विद्यालय तथा शिक्षक कर्मचारीहरू सुरक्षित रहन शिक्षा मन्त्रालयले समेत सूचित गराएको अवस्थामा मिति २०८३/०६/०८ र ९ गते इटहरी उपमहानगरपालिका भित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू समेत मिन पचास बिदा(हिउँदे/वर्षे) बाट कट्टा हुने गरी बिदा गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।
शिक्षा अधिकृत
तीर्थ राज गौतम
इटहरी उपमहानगरपालिका
(नोट: आधिकारिक सूचना आउने नै छ यो सूचना विद्यालयहरूको सहजताका लागि सम्प्रेशन गरिएको छ।)