22/07/2026
Universal English Secondary School
The official page of Universal English Secondary School.
22/07/2026
22/07/2026
Please go with the notice given very closely ...
17/07/2026
~~~महत्त्वपूर्ण सूचना ~~~
#मिति :- २०८३-३-२९ गते सोमबार ,
आदरणीय अभिभावकज्युहरु ,
सादर नमस्कार ।
#आगामी असार ३१ गते देखि First Terminal Examination संचालन हुने हुँदा भोलि मिति २०८३-०३-३० गते मंगलबार बिद्यालय टिफिन पछि परीक्षाको तयारीका लागि बिदा दिइने जानकारी गराइन्छ ।
#शुल्क बुझाउन बाकि सम्पुर्ण अभिभावकज्युहरुलाई शुल्क बुझाइ प्रवेश पत्र ( Card) भोलि कार्यालय समय भित्र अनिवार्य रूपमा लिइदिनुहुन समेत विशेष अनुरोध छ ।
#नोट~~~विशेष जानकारी~~~
आदरणीय अभिभावकज्युहरुलाई यो पनि जानकारी गराइन्छ कि आगामी श्रावण १ देखि बुझाउन बाकि बक्यौता तथा अन्य सबै शुल्कमा नेपाल सरकारको निर्णय अनुसार थप अतिरिक्त ३% शिक्षा समता शुल्क बिल बिजक कै आधारमा लाग्ने भन्ने सूचना प्राप्त भएको समेत जानकारी गराइन्छ ।
#जसले गर्दा बाकि देखिएको सम्पुर्ण शुल्क यही असार महिना भित्र बुझाइ सहयोग गरिदिनुहुन विशेष अनुरोध गरिन्छ।
हार्दिक धन्यवाद ।
प्रिन्सिपल
युनिभर्सल इ. सेकेण्डरी स्कुल इटहरी -४, सुनसरी ।
अभिभावकज्युहरुका लागि बिशेष अनुरोध !!!
आदरणीय अभिभावकज्यू ,
हार्दिक नमस्कार !!!
आगामी प्रथम त्रैमासिक परीक्षा–२०८३ सफल, मर्यादित र उपलब्धिमूलक बनाउन यहाँहरूको सक्रिय सहयोग आवश्यक छ। त्यसैले निम्न कुराहरूमा विशेष ध्यान दिनुहुन अनुरोध छ ।
१. आफ्ना नानीबाबुहरुलाई नियमित रूपमा अध्ययन गर्न प्रोत्साहित गर्नुहोस् ।
२. घरमा शान्त, व्यवस्थित र अध्ययनका लागि उपयुक्त वातावरण सिर्जना गर्नुहोस्।
३. विद्यालयले दिएको गृहकार्य, कक्षा कार्य तथा पुनरावृत्तिलाई नियमित रूपमा पूरा गर्न सहयोग गर्नुहोस्।
४. मोबाइल, टेलिभिजन तथा अन्य अनावश्यक डिजिटल उपकरणहरूको प्रयोग परीक्षा अवधिमा सीमित गरिदिनुहोस्।
५. सन्तुलित भोजन, पर्याप्त आराम तथा समयमै सुत्ने–उठ्ने बानीको विकास गराउनुहोस्।
६. परीक्षा तालिका, आवश्यक सामग्री तथा विद्यालयका निर्देशनहरूको पालना गराउन सहयोग गर्नुहोस्।
७. बालबालिकालाई आत्मविश्वासका साथ परीक्षा दिन प्रेरित गर्नुहोस् र अनावश्यक दबाब नदिनुहोस्।
८. विद्यालयसँग नियमित सम्पर्कमा रही आवश्यक जानकारी प्राप्त
गर्नुहोस्।
९. समयमा नै प्रबेश पत्र ( Card) लिइ सहयोग गरिदिनुहुन समेत अनुरोध छ ।
#नोट:-
भोलि आइत्बार असार २८ गते बिहान ११:०० बजे देखि दिउसो २:०० सम्म Office खुल्ला रहने जानकारी
गराइन्छ ।
हामी अत्यन्तै विश्वास गर्दछौं कि विद्यालय र अभिभावकबीचको सहकार्यले प्रत्येक विद्यार्थीको शैक्षिक उपलब्धिलाई अझ प्रभावकारी बनाउनेछ।
धन्यवाद ।
युनिभर्सल इङ्ग्लिस सेकेण्डरी स्कुल ।
इटहरी–४, सुनसरी ।
:- 2083-03-27, Saturday
:Dear Parents/ Guardians,
Greetings !!!
are hereby kindly notified that School Administration and Account Office (लेखा कार्यालय )
will remain open tomorrow on ,28th of Ashadh,2083 from 11:00 AM to 2:00 PM for the Parents/ Guardians conveniencs as First Terminal Examination is approaching very soon.
from Wednesday, 31st of Ashadh,2083
, do manage your time and visit school for the fee payment and any others.
you very much.
Principal
UESS, Itahari-4,Sunsari
10/07/2026
It is all for your kind information please do kindly go through.........
09/07/2026
Routine for the First Terminal Examination-2083
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Halgada
Itahari
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 16:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 13:00 |
| Sunday | 09:00 - 17:00 |