16/08/2026
August 22 शनिवार हुने J-cert Test को online Application लिने काम धमाधम भैरहेको सबैमा सहर्श जानकारी गराउदछौ ।
आज अन्तिम दिन हो कतै छुट्नु होला है !!! ............
समयमै परिक्षा फारम भरि ढुक्क हूनुहोस !!!
14/08/2026
पूर्वाञ्चल शाखा र ईक्यान केन्द्रबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
- विषय: शैक्षिक परामर्श, भाषा शिक्षण तथा पूर्व तयारी कक्षा ( सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ सम्बन्धमा।
- माध्यम: Zoom
- प्रमुख अतिथिको मन्तव्य : ईक्यान केन्द्रका सम्माननीय अध्यक्षज्यूबाट।
- विशेष अतिथिको मन्त्वव्य: ईक्यान केन्द्रका सम्माननीय महासचिवज्यूबाट ।
- अन्य उपस्थितिहरू:
- Branch coordinator ज्यू
- केन्द्रीय उपाध्यक्ष तथा सचिवज्यूहरू
- केन्द्रीय सदस्यज्यूहरू
- पूर्वाञ्चल शाखाका कार्यसमिति सदस्यज्यूहरू
- पूर्वाञ्चल शाखाका सदस्यज्यूहरू
अन्तरक्रियाका प्रमुख विषयहरू
- जारी शैक्षिक परामर्श सम्बन्धी नियमावलीका सम्बन्धमा कानुनी तथा प्रशासनिक पक्ष।
- नीति, नियम तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन।
- आगामी दिनका लागि आवश्यक रणनीति तथा कार्यदिशा।
- हालसम्म सरकारसमक्ष भएका छलफल तथा पहलहरू बाट प्राप्त उपलब्धिहरू।
- नियमावली कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा समाधानका उपायहरू।
12/08/2026
🇺🇸 DIRECTOR’S MEET & GREET 2026 | SUCCESSFULLY CONDUCTED
ECAN Purbanchal को आयोजनामा Monroe University, USA सँगको सहकार्यमा आयोजित Director’s Meet & Greet Program सफलतापूर्वक सम्पन्न भएको छ।
विशेष अतिथि तथा key speaker Ms. Shruty Amatya, Director – Asia SEVIS Compliance/DSO, Monroe University प्रति हार्दिक धन्यवाद। साथै उपस्थित
1. केन्द्रीय सदस्य तथा Test preparation Department Coordinator आदरणिय श्री अनन्त राज घिमिरे ज्यू
2. केन्द्रीय सदस्य तथा USA department coordinator , R & D Depart coordinator आदरणिय श्री सञ्जीव पाण्डे , केन्द्रीय सदस्य कमल प्रसाद तिम्सिना ज्यू, पूर्वाञ्चल शाखाका कार्यसमिति पदाधिकारी ज्यूहरु लगायत सम्पूर्ण सदस्य तथा सहभागीहरूमा आभार। 🙏🇺🇸🎓
कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुहुने सम्पूर्ण ECAN Purbanchal का पदाधिकारी, सदस्यज्यूहरू, Monroe University का प्रतिनिधि तथा सम्पूर्ण सहभागीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। 🙏
12/08/2026
Gentle Reminder:
📅 मिति: १२ अगस्ट २०२६, बुधबार | श्रावण २७, २०८३
🕚 समय: बिहान ११:०० बजे
📍 स्थान: Hotel Verandah, Itahari
🎯 कार्यक्रम: Director’s Meet & Greet
आयोजक: ECAN Purbanchal
सहकार्य: Monroe University, USA
विशेष उपस्थिति: Ms. Shruty Amatya
Director – Asia SEVIS Compliance / DSO, Monroe University
Thank you.
02/08/2026
आज नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चल शाखाको सहकार्य तथा समन्वयमा, Neapolis University, Pafos, Cyprus को निमन्त्रणामा Agent Meet & Greet कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण अतिथिगण, शैक्षिक परामर्शदाता तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद।
📸 कार्यक्रमका केही झलकहरू।
02/08/2026
नेपाल शैक्षिक परामर्श संघ (ECAN) पूर्वाञ्चलका सल्लाहकार तथा ECAN पूर्वाञ्चलद्वारा सञ्चालित J-CERT परीक्षाका परीक्षा संयोजक आदरणीय दिपक गौतम सरको ममतामयी आमाको ८१ वर्षको उमेरमा भारतको आसाममा आज बिहान ५:०० बजे भएको निधनको दुःखद् खबरले हामी सबैलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ।
यस दुःखद् घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परमेश्वरले उहाँको पवित्र आत्मालाई चिरशान्तिको बास प्रदान गरून् भनी प्रार्थना गर्दछौँ।
साथै, शोकाकुल आदरणीय दिपक गौतम सर तथा सम्पूर्ण परिवारजनमा धैर्य, संयम र यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै नेपाल शैक्षिक परामर्श संघ (ECAN) पूर्वाञ्चल परिवारको तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछौँ।
हार्दिक श्रद्धाञ्जली!
नेपाल शैक्षिक परामर्श संघ (ECAN) पूर्वाञ्चल परिवार
01/08/2026
हार्दिक श्रद्धाञ्जली तथा समवेदना। 🕊️
स्वर्गीय सन्त (सुमन) कुमार शर्मा कट्टेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। दिवंगत आत्माको चिरशान्तिको कामना। 🙏
नेपाल शैक्षिक परामर्श संघ (ECAN), पूर्वाञ्चल शाखा
23/07/2026
नेपाल शैक्षिक परामर्श संघ (ECAN) झापा शाखाका संस्थापक अध्यक्ष सुमन शर्मा जमकट्टेलको असामयिक निधन भएको खबरले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ। हृदयघात (Heart Attack) का कारण अचानक भएको उहाँको निधनले शैक्षिक परामर्श क्षेत्रले एक कुशल, निडर र अभिभावकत्व ग्रहण गर्ने व्यक्तित्व गुमाएको छ।
दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै ईश्वरले उहाँको आत्मालाई चिरशान्ति प्रदान गरून् भन्ने कामना गर्दछौँ। साथै, यस कठिन घडीमा शोकसन्तप्त परिवारजन, आफन्तजन सम्पूर्ण मा ECAN Purwanchal परिवार गहिरो समवेदना प्रकट गर्दछौँ।